Saturday, November 21

समाचार

वीरगञ्जमा पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि,  वीरगञ्ज  ।  वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार सोमबार अबेर राती संक्रमण पुष्टि भएका ३४ मा वीरगन्ज ब्यारेकका २८ देखि ३४ बर्षका ३ जना नेपाली सेना, पर्सा वीरगन्जका २२ बर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका २० बर्षका १ जना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका १÷१ जना डाक्टर रहेको मेसु उपाध्यायले जानकारी दिए । त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २१ बर्ष ५६ बर्षका १५ जन...
गोरखा पालुङटारका वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ
समाचार, समाज

गोरखा पालुङटारका वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ

नेपाल अखबार, गोरखा। प्रहरीले सोमबार साँझ गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा निवासबाट पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे । एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए । रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए  ।...
कास्कीमा जीप दुर्घटना हुँदा एकको मृत्यु
दुर्घटना, समाचार

कास्कीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

नेपाल अखबार, पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकामा आज दिउँसो भएको जीप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । पोखरा बाग्लुङ राजमार्गको नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग२च २८१७ नंको बोलेरो जीप दिउँसो १ः३० बजेको समयमा वडा नं १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३ सय  मिटर तल खसेको बताइन्छ । घटनास्थलबाट शवपरीक्षणका लागि पोखरा ल्याउने तयारी भइरहेको प्रनाउ हमालले जानकारी दिए । रासस...
गण्डकी प्रदेशमा थप ६ मा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ६ मा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । कास्कीका १ जनासहित गण्डकी प्रदेशमा सोमबार साँझ थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार प्रदेशअन्तर्गत कास्कीकी १ महिला, स्याङ्जाका २ पुरुष र १ महिला तथा लमजुङ र पर्वतका १-१ पुरुष गरी जम्मा ६ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ४८ जना निको भएर घर फर्किएका छन् ।...
काठमाडौंमा ४३ सहित उपत्यकामा थपिए ५१ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौंमा ४३ सहित उपत्यकामा थपिए ५१ कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४३ सहित ललितपुरका ३ तथा भक्तपुरका ५ जनामा कोरोना संक्रमण भेटिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा काठमाडौंका १७ जनामा, पाटन अस्पताल प्रयोगशाला ललितपुरमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै वीर अस्पताल प्रयोगशाला काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २ जना,  स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका ५ जना र ललितपुरका १ जन...
तनहुँमा गाईमा देखियो नयाँ भाइरस
समाचार

तनहुँमा गाईमा देखियो नयाँ भाइरस

नेपाल अखबार, तनहुँ । तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका कृष्ण दरैले पाल्दै आएको गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो । नेपालको पूर्वी जिल्लामा व्यापकरूपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । “पक्स समूहको काप्रिपक्स भाइरसबाट देखिने यो रोग तनहुँमा पनि फेला परेको छ”, डा.श्रेष्ठले भने, “नमूना सङ्कलन गरेर ल्याएका छौँ, परीक्षणपछि थप पत्ता लाग्छ, तर सामान्यरूपमा हेर्दा यो लम्पी स्क्रिन डिजिज नै हो ।” जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परे खबर गर्न सम्बन्धित स्थानीय तहको पशु शाखामार्फत् आग्रह गरिएको छ । “जिल्लाका अन्य ठाउँबाट यो रोगको बारेमा किसानले हालसम्म जानकारी नगराए पनि यो रोग नफैलिएला भन्न सकिन्न”, श्रेष्ठले भने । डा श्रेष्ठक...
नेपालमा थप ४ सय १८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या ५ हजार ७ सय ३२
समाचार, स्वास्थ्य

नेपालमा थप ४ सय १८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या ५ हजार ७ सय ३२

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा फेरि ४ सय १८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संक्रमितहरु थपिएको बताए। नेपालमा सक्रिय संक्रमित ५ हजार ७ सय ३२ (२७.६ प्रतिशत) जना रहेका छन्। त्यस्तै हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज (७२.१ प्रतिशत) भएको गौतमले जानकारी दिए। नेपालमा हालसम्म ५७ जना (०.२८ प्रतिशत)को मृत्यु भइसकेको छ। त्यस्तै हालसम्म ३ लाख ९८ हजार ९ सय ७ (१.३ प्रतिशत) जनाको आरटी पीसीआर नमूना संकलन भएको छ। त्यसमध्ये कुल २० हजार ७ सय ५० जनामा कोरोना पोजिटिभ देखिएको छ।...
सेती नदीमा बेपत्ता दुई स्वास्थ्यकर्मीमध्ये एकजनाको शव भेटियो
समाचार

सेती नदीमा बेपत्ता दुई स्वास्थ्यकर्मीमध्ये एकजनाको शव भेटियो

नेपाल अखबार,  डोटी । डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका–५ को बुवातडा भन्ने स्थानमा फेला परेको हो । नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उनको शव फेला परेको प्रहरी प्रमुख पाण्डेले बताए । उनले भने, “नदीले बगाउँदै गरेको अवस्थामा एकजनाको शव भेटिएको छ, शव परीक्षणका लागि जिल्ला पुर्‍याइएको छ ।” शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा बझाङ घर भई सो अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेण्ट) विनयबहादुर सिंह र जोशी नदीमा बेपत्ता भएका थिए । नेपाल प्र...
भारत कर्नाटकका मुख्यमन्त्रीपछि उनकी छोरीलाई पनि कोरोना संक्रमण, दुवै एउटै अस्पतालमा
विदेश, समाचार, स्वास्थ्य

भारत कर्नाटकका मुख्यमन्त्रीपछि उनकी छोरीलाई पनि कोरोना संक्रमण, दुवै एउटै अस्पतालमा

नेपाल अखबार, एजेन्सि। भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पापछि उनकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। बेंगलरुस्थित मणिपाल अस्पताल स्रोतलाई उधृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको खबरअनुसार उनलाई अस्पताल भर्ना गरिएको छ। ७७ वर्षीय मुख्यमन्त्रीय यसअघि नै त्यस अस्पतालमा भर्ना भइसकेका छन्। अस्पतालका अनुसार उनको अवस्था स्थिर छ।...
विराटनगरमा १५ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

विराटनगरमा १५ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार,  विराटनगर । विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् । संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ । यसैगरी वडा नम्बर ६ काका २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।...