Saturday, November 21

समाचार

ओली–प्रचण्डबीच तीन घण्टा वार्ता, स्थायी कमिटी अनिश्चित
राजनीति, समाचार, हाइलाइट-समाचार

ओली–प्रचण्डबीच तीन घण्टा वार्ता, स्थायी कमिटी अनिश्चित

१८ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ । साउन १३ को ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरुसहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका थिए भने ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई सहभागी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ-आफ्ना अडानमा कायमै रहेकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । नेताहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठेका छन् । प्रचण्डको अध्यक्षमा बसेको स्थायी कमिटी बैठकले अर्का अध्यक्ष ओलीसँग सम्वाद गरी बैठकको नयाँ मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । यसबीचमा प्रचण्डले महासचिव बिष्णु पौडेलललाई ...
तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते
समाचार

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

नेपाल अखबार,तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। १० वर्षीया अमिषा थापा चितुवको आक्रमणबाट घाइते भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। घरको आँगनमा बसिरहेको बेला उनलाई चितुवाले आक्रमण गरेको हो। घाइते बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको वन अधिकृत प्रमुख केदार बरालले जानकारी दिए। बालिकाको घाँटीमा चोट लागेको छ। हजुरबुवा धनबहादुर पन्तको घरमा बस्दै आएकी ती बालिका सोही ठाउँको चन्द्रोदय माविमा कक्षा ३ मा अध्ययनरत छिन्। ‘रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ। राति चितुवालाई आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ,’ बरालले भने। २०७४ फागुनयता चितुवाको आक्रमणमा परि तनहुँमा नौ बालबालिकाले ज्यान गुमाइसकेका छन्। पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका-४ चुँदीमा चितुव...
शनिको सौन्दर्य
प्रविधि, समाचार

शनिको सौन्दर्य

नेपाल अखबार, पाेखरा। हिन्दू धार्मिक आस्थामा शनि कोपको देउता हो । यो देउताको कोप परेपछि मानिसलाई दशा लाग्छ । रोमन मिथकमा चाहिँ शनि धनसम्पत्ति र कृषिको देउता मानिन्छ । विश्वास आस्थाहरुले शनिलाई देउता मानेपनि विज्ञानको आँखामा शनि हाम्रो सौर्यमण्डलको एउटा ग्रह मात्रै हो । सौर्यमण्डलका आठ ग्रहहरुमध्ये रिंगभएको एउटा अद्भूत र सुन्दर ग्रहको नाम हो  शनि । प्रस्तुत तस्विर हब्बल टेलिस्कोपले हालसालै खिचेको शनि ग्रहको तस्बिर हो । पृथ्वीको सतहबाट ५४७ किलोमटिर माथि घुमिरहेको हब्बल टेलिस्कोपले खिचेको यो तस्बिरमा शनिको अति सुन्दर र विस्तृत तस्विर देखिन्छ । शनि हाम्रो सौर्यमण्डलको छैठौं ग्रह हो भने यो बृहस्पतिपछिको सबैभन्दा ठूलो ग्रह हो । ग्याँसको विशाल गोलाको रुपमा रहेको यो ग्रह पृथ्वीबाट १ अरब तीस करोड किलोमिटर टाढा छ भने माउ ग्रह सूर्यबाट १ अरब ४९ करोड ४६ लाख किलोमिटर टाढा । शनि ग्रहको ८२ वटा उपग्रहहरु र...
तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग, स्थिती गम्भीर
विश्व, समाचार

तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग, स्थिती गम्भीर

नेपाल अखबार, एजेन्सि। भारतको बिहारस्थिती भोजपुर जिल्लामा मानवतालाई लज्जित गर्ने घटना सार्वजनिक भएको छ । यहाँ तीन युवकले ९ वर्षीय अपाङ्गता भएका बालकको यौनाङ्ग काटिदिएका छन् । बालकलाई गम्भीर रुपमा अस्पताल पुर्याइएको छ । सुरुमा बालकलाई उपचारका लागि पिएचसी कोइलवर पुर्याएका थिए तर स्थिती गम्भीर भएकोले सदर अस्पताल रिफर गरिएको थियो । बालकको यौनाङ्गमा करिब एक दर्जन बढी टाँका लगाउनुपरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । बालककी आमाले कोइलवर थानामा तीन व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बालकका आमाका अनुसार उनको छोरा बोल्न र सुन्न सक्दैनन् । बालकलाई आरोपीले फकाईफुल्याइ खेतमा लगेको र धारिलो हतियारले यौनाङ्ग काटिदिएको बालककी आमाको आरोप छ। ती बालक रुँदै चिच्याउँदै रगत लत्पत्तिको अवस्थामा घर पुगेको र इशारामा आमालाई घटनाबारे पूरा जानकारी दिएको बालककी आमाले स्रोतलाई बताइन् ।...
बाँकेमा निषेधाज्ञा जारी
प्रशासन, समाचार, हाइलाइट-समाचार

बाँकेमा निषेधाज्ञा जारी

नेपाल अखबार, बाँके। कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ  । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले  तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ । निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर...
पर्सामा थप ४५ जनामा कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण

इफान अलि, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिकादेखि ६२ वर्षका पुरूषसमेत रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार शनिबार राति संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएकाहरु रहेका छन् । मास  ट्रेसिङमा पिसिआर जाँच गराएका २९ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना रहेको मेसु उपाध्यायले जानकारी दिए । साउन १२ गते देखि १६ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण...
पछिल्लो २४ घण्टामा थप३१५ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप३१५ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार,  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ कति संक्रमित थपिए ? सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।...
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
समाचार

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

नेपाल अखबार,  तनहुँ । पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरो झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो । पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । राजमार्ग दुईतर्फी बनाउन पहिरो पन्छ्याउने काम भइरहेको छ ।...
सभामुखको अगुवा गाडीका चालक प्रहरीमा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

सभामुखको अगुवा गाडीका चालक प्रहरीमा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएको छ र, साँझसम्म रिपोर्ट आउने बताइएको छ ।...
मुख्यमन्त्री गुरुङद्वारा बकर इदको शुभकामना
प्रदेश ४, समाचार

मुख्यमन्त्री गुरुङद्वारा बकर इदको शुभकामना

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्ने बताएका छन  । मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल अज्हा, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको बताएका छन । इद उल अज्हा पर्व इस्लामिक क्यालेण्डरको १२ औँ तथा अन्तिम महिना जुलहिज्जाहको १० औँ दिनमा मनाइन्छ । मुस्लिम समुदायले यस दिन इदगाह (खुल्ला चौर)मा सामूहिक नवाज पढेर एकअर्कालाई अंकमाल गर्दै खुशी साटासाट गरेर पर्व मनाउने गर्छन् । यस पर्वलाई बकर इद वा कुर्वानीसमेत भनिन्छ । यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता...