Saturday, November 21

समाचार

नौ दिनसम्म पनि फेला नपरेपछि परिवार चिन्तामा
समाचार, समाज

नौ दिनसम्म पनि फेला नपरेपछि परिवार चिन्तामा

नेपाल अखबार, पोखरा ।  मादी गाउँपालिका वडा नं ९ मुग्रीबेसी स्थायी बसोबास भई पोखरा–२९ भण्ढारढिक आदर्श चोक बस्दै आउनुभएका ६६ वर्षीय गिरीधारी दवाडी हराएको नौ दिनसम्म पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तामा छन् । यही साउन ८ गते बिहान ४.०० बजेदेखि परिवार एवम् आफन्तजनको सम्पर्कमा नरहेका दवाडीको खोजी गरिराखिए पनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उहाँका छोरा सुरेन्द्र दवाडीले जानकारी दिनुभयो । परिवार एवम् आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको उहाँले बताउनुभयो । कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।...
पोखरामा वृक्षरोपण
समाचार, समाज

पोखरामा वृक्षरोपण

नेपाल अखबार, पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीले स्थापनाको २३ वर्ष पुगेको अवसरमा शुक्रबार पोखरामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले पोखरा–१० रामघाट लक्ष्मीनारायण मन्दिर परिसरमा बृहद वृक्षरोपण गरेको कार्यक्रम संयोजक अशोक श्रेष्ठले जानकारी दिए । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गरिएको वृक्षरोपण कार्यक्रममा अमला, बर, पिपल, राजवृक्ष, अशोक, गुलमोहर, निम, कल्की फुल लगायतका एक सय थान विरुवा रोपिएको उनले जानकारी दिए । कार्यक्रमको मल्टिपल कोर्डिनेटर (एफडब्ल्यूसी) दीपक श्रेष्ठले उद्घाटन गर्दै वातावरण संरक्षणमा वृक्षको महत्व भएकोमा जोड दिँदै उनले रोपिएका विरुवाहरुकोे संरक्षणमा क्लव तथा स्थानियले पहल गर्नुपर्ने बताए । कार्यक्रम क्लवका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक सिनियर (एओजी) डी.आर पोखरेल, क्लवका पूर्व अध्यक्ष अर्जुन बञ्जरा, निर्वतमान अध्यक्ष मोहनबाब...
स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित २ जना पक्राउ
अर्थ, समाचार

स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित २ जना पक्राउ

नेपाल अखबार, जनकपुर । प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित शुक्रबार २ जनालाई नियन्त्रणमा लिएको छ । सदरमुकाम जलेश्वर नगरपालिका २ जिरोमाइलबाट मोटसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए । पक्राउ पर्नेमा प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीकै लोहापट्टी नगरपालिका १ बगडा बस्ने २४ वर्षीय रविन यादव र सोही ठाउँका २८ वर्षीय राम ईश्वर यादव छन् । जलेश्वरबाट जनकपुरधामतर्फ जाँदै गरेका उनीहरुलाई नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाइकल चालक रविनको साथबाट रू. १००० को १६ सय ७५ वटा नोट र रू. ५०० को ५५० वटा नोट गरी रू.१९ लाख ५० हजार बरामद भएको प्रबक्ता बिष्टले बताए । उनका अनुसार दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।...
अजिज दफाली मेमोरियल ट्रस्टकाे अनुराेध एवम् ईद-उल-अजहा मुबारक
समाचार, समाज

अजिज दफाली मेमोरियल ट्रस्टकाे अनुराेध एवम् ईद-उल-अजहा मुबारक

नेपाल अखबार, सिराहा । ईद-उल-अजहा [ ईद ] संयमता , धैर्यता , विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड पर्वका  रूपमा लिएकाे  अजिज दफाली मेमोरियल ट्रस्टका मो.नूरमोहम्मद दफालीले बताए ।   विश्वभरिका मुस्लिम समुदायले मनाउने महान चाड ईद-उल-अजहा [ कुर्बानी ] साउन १७ गतेका दिन नेपाल भरी मनाउने भएकोले विश्वभर छरिएर रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा ईद-उल-अजहा [ बकर ईद ]को  मुबारकबाद [ शुभकामना ] व्यक्त गर्दै प्रेस विज्ञप्तिमा अनुराेध गरीएकाे छ ।   कोरोना भाइरसका कारण लामो समय देखि समाज बचाउन सदभाव सहितको सामाजिक दुरी कायम गरी साविक देखिनै दैनिक रूपमा मस्जिदमा पाँच टाइमको नमाज र जुम्माको नमाजमा जसरी हामी नेपाल सरकारको निर्देशनको पालन गरेका छौ त्यस्तै अझ बढी जिम्मेदार भइ ईद-उल-अजहामा पनि सबैले पालना गरौं । ईद-उल-अजहा को नमाज कसरी सम्पन्न गर्ने विषय त्यसको लागि आ-आफ्नो जिल्ला को परिस...
पछिल्लो २४ घन्टामा थपिए २ सय २४ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

पछिल्लो २४ घन्टामा थपिए २ सय २४ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा शुक्रबार २ सय २४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ५१ जना निको भइ घर फर्किएका छन् । यससँगै १४ हजार ३ सय ९९ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ रहेको छ।‍...
काठमाडौँका ३२ सहित उपत्यकामा थपिए ३८ संक्रमित
Uncategorized, समाचार, स्वास्थ्य

काठमाडौँका ३२ सहित उपत्यकामा थपिए ३८ संक्रमित

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्याकाका थप ३८ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ३२, ललितपुरमा ५ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३, पाटन अस्पतालमा २, वीर अस्पतालमा १ र नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १८ जनाको रिपोट पा्जिटिभ आएको हो। त्यस्तै शुक्रराज ट्रपिकलमा ललितपुरका २, पाटन अस्पतालमा २, नेपाल प्रहरी अस्पतालमा १ र नेपाल कोरियामत्री अस्पताल भक्तपुरमा भक्तपुरका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो। याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भ...
कोरोना महामारी छ, इद घरमै मनाउनू : मुस्लिम आयोग
समाचार, समाज

कोरोना महामारी छ, इद घरमै मनाउनू : मुस्लिम आयोग

नेपाल अखबार,  काठमाडाै। कोरोना महामारी कायमै रहेकाले यसपालिको इद घरमै बसेर मनाउन मुस्लिम आयोगले सम्बन्धित समुदायलाई आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार विज्ञप्ति प्रकाशन गरी यही साउन १७ गते परेको मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा घरमै नमाज पढेर मनाउन आग्रह गरेको हो। ‘कोरोाना भाइरसका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविक रूपमा दैनिक मस्जिदमा पाँच टाइमको नमाज, जुम्मा नमाज पाँच जनासम्मले पढ्दै आइरहनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ, ‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरू, मुफ्तीहरू, नेपाली जामे मस्जिद पञ्च कस्मिरी ताकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाहबमोजिम अन्य सबै आआफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु।’...
रौतहटमा डुबेर युवकको मृत्यु
समाचार

रौतहटमा डुबेर युवकको मृत्यु

नेपाल अखबार, रौतहट । खोला तरेर भारत प्रवेश गर्न खोज्ने एक युवकको डुबेर मृत्यु भएको छ । रौतहटको गौर नगरपालिकाका एकजना युवकको सिमाना क्षेत्रमा पानीमा डुबेर मृत्यु भएको हो । गौर नगरपालिकावडा नं. २ घर भएका पंकज भारतीको कान्छो छोरा १६ वर्षीय कुनाल भारतीको गौर २ महादेवपट्टीमा रहेको दशगजाको खोलामा डुबेर मृत्यु भएको हो ।  एक महिना नबित्दै उक्त खोलामा डुबेर हाल सम्म २ जनाको मृत्यु भइसकेको छ । जिल्ला सदरमुकाम गौर र आसपासका मानिस घरायसी प्रयोजनका सामग्री खरिद गर्न सिमा पारी भारतको बैरगनियामा  जाने गर्दछन । उनी सामान खरिदकै लागि  गइरहेको बेला आज डुबेर मृत्यु भएको स्थानीयहरुको भनाई रहेको छ ।...
एकैदिन ४ जनाको मृत्यु कोरोना भाइरसबाट
समाचार, स्वास्थ्य

एकैदिन ४ जनाको मृत्यु कोरोना भाइरसबाट

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन ४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो । यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए ।...
कैलालीमा बाढीले बेपत्ता २ जनाको शव फेला
समाचार

कैलालीमा बाढीले बेपत्ता २ जनाको शव फेला

नेपाल अखबार,  कैलाली ।  कैलालीमा अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता बनाएको २ जनाको शब फेला पारेको छ । बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शब शुक्रबार फेला परेको हो भने बिहिबार स्केल चौधरीको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरिक्षक प्रतिक बिस्टले  जानकारी दिए । अझै भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता नै रहेको र खोजी कार्य जारी रहेको उनले बताए ।...