Tuesday, September 15

समाचार

पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण

नेपाल अखबार,  काठमाडाैंं। नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा उक्त संख्यामा नयाँ संक्रमित देखिएको जनाएको हो। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०५ जना महिला र ३५८ जना पुरुष छन। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। पछिल्लो २४ घण्टामा १७९ जना डिस्चार्ज भइ घर फर्किएका छन। हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ३ हजार १३ पुगेको मन्त्रालयले जनाएको छ।...
बाजुराको बुढीगंगामा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

बाजुराको बुढीगंगामा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार,   काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस (कोभीड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए । टेकुको प्रयोगशालामा नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका २४४ जनाको स्वाब असार ३ गते संकलन गरी पठाइएको थियो । तीमध्ये अझै सबैको रिपोर्ट आइनसकेको मेयर शाहले बताए । यस्तै, वडानम्बर ७ देखि १० सम्मका ३३८ जनाको स्वाब पनि गत ३ गते नै जुम्ला पठाएको आइतबार नै ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पुष्टि भएका सबै भारतबाट आएर विभिन्न क्वारेन्टिनमा बसेकाहरु हुन् । भारतबाट आएको एक महिना बितिसकेपछि मात्रै उनीहरुको परीक्षण भएको म...
पेट दुखेर अस्पताल लगिएकी बालिकामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पेट दुखेर अस्पताल लगिएकी बालिकामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो । शनिबार रिपोर्ठ आउँदा बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । संक्रमित बालिकालाई अस्पताल लगिएको छ भने परिवारका सदस्यहरुलाई होम क्वारेन्टिनमा राखिएको छ । ‘उहाँहरुको केही दिनपछि स्वाब संकलन गर्छौं’ मिजारले भने, ‘त्यसको रिपोर्टले बालिकामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता लगाउन केही सहज होला ।’...
लगातारको वर्षाका कारण तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा
समाचार

लगातारको वर्षाका कारण तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

नेपाल अखबार, राजविराज । तीनचार दिनदेखि पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ । यस वर्ष पनि वर्षा शुरु भइसकेकाले दक्षिणी भेगका तिलाठी, कोइलाडी, लोनियाँ, सकरपुरा, रम्पुरा र मल्हनियासहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा रहेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । सप्तरीमा चुरे क्षेत्र हुँदै बग्ने खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौँ खोलामा आउने बाढीकै कारण हरेक वर्ष अधिकांश गाउँ डुबानमा परेर ठूलो धनजनको क्षति हुने गरेको छ । ती खोलामा बाढीको प्रवाह रोक्ने गरी दुवै किनारमा मजबुत तटबन्ध आवश्यक भए पनि कोरोना भाइरसका कारण  तीन महिनादेखि काम नभएका कारण बाढी आउने खतरा रहेको स्थानीयवासी बताउँछन् । लकडाउनका कारण खाँडो नदीमा निर्माण हुने तटबन्ध समयमा नि...
क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु
समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

नेपाल अखबार, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२  दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए । उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । उनले मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताए । त्यस्तै रामपुर नगरपालिका–४ सदावर्तमा करिव ५५ वर्षीय पुरुष मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।  कार्यालय प्रहरी निरीक्षक भीमबहादुर कार्कीको नेतृत्वको टोलीले सो ...
आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा प्रधानमन्त्रीबाट हटाउन खोजियो : ओली
राजनीति, समाचार

आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा प्रधानमन्त्रीबाट हटाउन खोजियो : ओली

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको भन्दै नेपाली राष्ट्रियता त्यति कमजोर नरहेको बताएका छन् । उनले लिम्पियाधुरासहितको नयाँ नक्सा  जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै तर त्यो प्रयास सफल हुन नदिने बताए । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए । उनले नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै  यतिवेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर नठान्न आग्रह गरे । यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ...
कर्णालीमा ३६ प्रतिशत रोपाइँ सकियो
प्रदेश ६, समाचार

कर्णालीमा ३६ प्रतिशत रोपाइँ सकियो

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशमा ३६ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको ३८ हजार तीन सय ८५ हेक्टर जमिनमा धान रोपाइँ गरिन्छ  । प्रदेशका दशवटै जिल्लामा कतै रोपाइँ सकिनै लागेको छ भने कतै भर्खरै रोप्न सुरु गरिएको छ । गत वर्षको तुलनामा यो वर्ष छिटो रोपाइँ सकिने कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत यामबहादुर रानाका बताए । उनका अनुसार किसानले अघिल्ला वर्षहरूभन्दा यो वर्ष छिटो रोपाइँ सक्नेछन । ‘यो वर्ष वर्षाले साथ दिएको छ’, उनले भने ‘त्यसैले किसानहरूले समयमै धानको बीउ राख्न पाए । रोप्ने काम पनि बेलैमा सकिन्छ ।’ कर्णालीको खेती प्रणाली आकाशे पानीको भरमा छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा रोपाइँका लागि मनसुन नै कुर्नुपर्ने बाध्यता छ । यो पटक समयमै मनसुन सक्रिय हुँदा रोपाइँ धमाधम भइरहेको अधिकृत रानाले बताए । प्रदेशका कतिपय क्षेत्रमा चैत–वैशाखदेखि नै थालिने रोपाइँ साउन अन्तिमसम्म चल्छ । ...
जाजरकोट : दैनिक भारी वर्षा, विपतबाट जोगिन छैन तयारी
समाचार, हाइलाइट-समाचार

जाजरकोट : दैनिक भारी वर्षा, विपतबाट जोगिन छैन तयारी

नेपाल अखबार, जाजरकोट । देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मे–हम्मे परेको समयमा वर्षायाम शुरु भएको छ । कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन । जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपत् व्यवस्थापनको मुख्य भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालय समन्वयको अभावमा अलमलमा परेको छ । विपत् व्यवस्थापका लागि सामान्य छलफल भए पनि परिणाम आउने गरी काम नभएको यस क्षेत्रका सर्वसाधारण बताउँछन् । शुरुमा लकडाउनका कारण काम गर्न पाइएन, अहिले केही खुकुलो हुँदै गर्दा समय घर्कीसकेको भन्दै काम गर्न मुस्किल भएको स्थानीय तहका अधिकारीको भनाइ छ । वर्षाको भेलसँगै उर्लँदै आएका नदी, खोला नियन्त्रणका गर्नका लागि तार, जाली खरिद गरेर जोखिमपूर्ण ठाउँमा लगाउनुपर...
स्याङ्जा पहिरोमा पुरिएर एक जनाको मृत्यु
दुर्घटना, समाचार

स्याङ्जा पहिरोमा पुरिएर एक जनाको मृत्यु

नेपाल अखबार, स्याङ्जा । गएराति जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो भने उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए । छोराको अवस्था सामान्य छ । अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पुर्‍याउन नसकिएको स्थानीयले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रह...
बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध
समाचार

बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध

नेपाल अखबार, बागलुङ। पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ । यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन् । सक्नेले महँगोमा ‘जार’ को पानीले खाँचो टारेपनि सबैको स्थिति उही छैन । पानीको जोहोका लागि बजार छेउछाउका मूल र धारामा सर्वसाधारणको भीड देखिन्छ । कतिपयले बलेनीको पानी जोगाएर नुहाइधुवाइ गर्छन् । शौचालय बस्ने पानीसम्म नभएको उपभोक्ताको गुनासो छ । बागलुङ नगरपालिका–२ की दीपा पौडेलले लुगा धुन छिमेकी गाउँ रात्माटा पुगेको सुनाउनुभयो । तिर्खा जेनतेन मेटेपनि भान्सा र सरसफाइमा पानीको अभाव छ । आजभोलि नै खानेपानी नआए हाहाकार निम्तने अवस्था छ । खानेपानी आउने भुदी खोलाको मुहान, दोविल्ला र रेशमा पहिराले क्षति पु-याएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । तीन दिनअघि मर्मत सकेलगत्तै दोविल्लामा पुनःपहिरो...