Wednesday, September 16

समाचार

दुई दिन पर सर्‍यो नेकपा बैठक
राजनीति, समाचार

दुई दिन पर सर्‍यो नेकपा बैठक

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिए । उनका अनुसार भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका छन् । बैठकमा बोल्ने स्थायी समिति सदस्यहरु वार्ताको माध्यमबाट भारतसँगको सीम...
कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु
समाचार

कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु

नेपाल अखबार चितवन, । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा  आज बिहान मृत्यु भएको बताए । उनका  अनुसार ती पुरुष  क्यान्सरका उपचारका सिलसिलामा  भारतबाट फर्किएका थिए ।  पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो । रासस...
‘मेरो गणना, मेरो सहभागिता’
प्रदेश ३, समाचार

‘मेरो गणना, मेरो सहभागिता’

नेपाल अखबार, हेटौंडा । राष्ट्रिय जनगणना २०७८ को पूर्वतयारी अन्तर्गत मकवानपुरमा ‘नमुना  जनगणना’ शुरु भएको छ । गत चैतमा सम्पन्न हुनुपर्ने सो काम  कोभिड–१९ का कारण जारी लकडाउनले गर्दा तीनमहिना ढिलो गरी अहिले शुरु गरिएको यहाँस्थित तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए । सो कार्यका लागि भौतिक दूरी कायम गरी कर्मचारी, गणक र सुपरीवेक्षक खटाइएको उनको भनाइ छ । राष्ट्रिय जनगणनाको एक वर्ष अघि नमुना जनगणना गर्ने प्रचलनअनुसार जनगणना गरिएको उनले बताए । आगामी जेठ २५ गतेबाट ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना गणना गरी अगामी असार ८ गते सम्पन्न गरिने उनले जानकारी दिए । उनका अनुसार अघिल्ला जनगणनामा लगत–१ र लगत–२ गरी दुईखाले प्रश्नावली फरक ढङ्गले सोधिएको थियो । तर, अहिले तीदुवै मिलाएर एकीकृत प्रश्नावली निर्माण गरिएको छ । एकीकृत प्रश्नावलीका आधारमा पूर्ण जनगणना गर्नुपर्ने भ...
सलह कीरा नेपाल प्रवेश गर्‍यो, बाराका विभिन्न स्थानमा देखियो
समाचार

सलह कीरा नेपाल प्रवेश गर्‍यो, बाराका विभिन्न स्थानमा देखियो

नेपाल अखबार, काठमाडौं । भारत हुँदै नेपालमा सलह कीरा प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवले पुष्टि गरे । उनका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण लिने काम भइरहेकाे छ । सलह नेपालमा प्रवेश गरेसँगै किसान त्रसित बनेका छन् । यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो । फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आ...
बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप
समाचार

बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप

नेपाल अखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरका  बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाउँदै आएको छ । जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका बालबालिकालाई विशेषरुपमा  खोपको व्यवस्था गरिएको हो । गत वैशाख महिनामा नै लगाउनुपर्ने उक्त खोप कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको थियो । विशेष सावधानी अपनाएर बिहीबारदेखि  बालबालिकालाई दादुरा रुवेलाविरुद्ध खोपको व्यवस्था  गरिएको महानगरपालिकाले जनाएको छ । आफूलाई सहज हुने स्वास्थ्य केन्द्र र वडा कार्यलयबाट यो खोप सेवा लिन सकिने कामपा–८ का सदस्य इन्दिरा भण्डारीले जानकारी दिइन् । उनका अनुसार खोप लगाउन बिहीबार र शुक्रबारको समय निर्धारण गरिएकामा ती दिन छुटेकाहरुलाई  सम्बन्धित वडा कार्यालयबाट शनिबार पनि लगाउने व्यवस्था गरिएको  छ । ‘नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा–रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ । मुलुकमा सन् २००४ ...
नेकपा बैठकमा आज पनि बसेनन् ओली
राजनीति, समाचार

नेकपा बैठकमा आज पनि बसेनन् ओली

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली एकैछिन सहभागी भएर हिँडेका छन् । ‘एकै छिन आउनुभयो, मुख देखाएर हिँड्नुभयो हामी त छक्क पर्यौ’ एक स्थायी समिति सदस्यले बताए । दोस्रो दिनको बैठकमा ओली नआएको भन्दै नेताहरुले चर्को आलाचना गर्नुका साथै बैठकस्थल नै सार्न माग गरेका थिए । शुक्रबारबाट एजेण्डागत रुपमा छलफल थालिएको नेकपा बैठकमा सीमा समस्याबारे १८ सदस्यहरुले धारणा राखेका थिए । बाँकी सदस्यहरुले आज सोेही विषयमा धारणा राख्नेछन् । प्रत्येक सदस्यलाई बोल्न १० मिनेटको समय तोकिएको छ । यसअघि पहिलो दिन बुधबारको बैठकले सातवटा एजेण्डामा छलफल गर्न कार्यसूची तय भएको थियो । पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल...
शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि

नेपाल अखबार, बुटवल । पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण देखिएको छ । नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पुष्टि गरे । उनीहरु दुईजनासँगै शव व्यवस्थापन कार्यमा संलग्न अर्का एकजना पुरुषको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको पन्थीले जानकारी दिए । शव व्यवस्थापन गरेको दिनदेखि नै उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । ‘शव व्यवस्थापन गर्ने बेला भारी वर्षा भएको हुँदा र्‍याल चुहिएर संक्रमण फैलिएको हुनसक्छ,’ सूचना...
स्याङ्जाका १२ महिने संक्रमित शिशु बुवा-आमासँगै दिल्लीबाट आएका थिए
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जाका १२ महिने संक्रमित शिशु बुवा-आमासँगै दिल्लीबाट आएका थिए

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा शनिबार बिहानमात्रै ३२ जना काेराेना संक्रमण थपिए ।   कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी स्याङ्जाका थिए । उनीहरुमा १२ महिने शिशुसहित २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएका शिशु अर्जुनचौपारी गाउँपालिकाका हुन् । उनी अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमित १२ महिने शिशु बुवा-आमासहित जेठ ३१ गते दिल्लीबाट नेपाल आएको पाइएको छ । गाउँ आएकै दिनबाट क्वारेन्टिन बसेकाले बाह्य सम्पर्क भने नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार शिशुको अवस्था अहिले सामान्य छ । ‘गाउँपालिकाले सीमामा रहेका आफ्ना नागरिकलाई उद्धार गरेको थियो । अहिले संक्रमित सबै भारतबाट आएका नै हुन्,’ उनले भने । संक्रमित शिशुको बुवा-आमालाई संक्रमण भए/नभएको भन्नेब...
थपिए ३२ नयाँ संक्रमित, कुल संक्रमित संख्या ८३८ पुग्यो
समाचार, स्वास्थ्य

थपिए ३२ नयाँ संक्रमित, कुल संक्रमित संख्या ८३८ पुग्यो

नेपाल अखबार, पोखरा । शनिबार बिहान गण्डकीमा ३२ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङ्जा, बागललुङ र नवलपुरमा गरि ३२ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये बागलुङको ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकाका ७ पुरुष गरि बागलुङमा ८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरि स्याङ्जामा पुष्टि भएका संक्रमितमध्ये पुतलीबजार नगरपालिकामा र बिरुवा गाउँपालिकामा एक एक जना पुरुष । अर्जुनचौपारी गाउँपालिकामा १२ महिनो शिशु सहित १३ पुरुष र ६ महिला, बालिङमा एक पुरुया गरि २२ नयाँ संक्रमित स्याङ्जामा थपिएका छन् । नवलपुरको हुप्सेकोट गाउँपालिकामा २ जना पुरुष संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ८३८ पुगेको छ । नवलपुरको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला कठमाडौंमा, वालिङका संक्रमितको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्यको स्वा...
उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट
समाचार

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

नेपाल अखबार, काठमाडाैं । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सङ्घीय संसद् सचिवालय र नेपाल कानून आयोगलाई विपक्षी बनाएर अधिवक्ता तुलसी सिम्खडाले रिट निवेदन दायर गरेक हुन् ।संविधानअनुसार उपसभामुखको पद एक महिनाभन्दा बढी रिक्त राख्न नहुने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै निवेदनमा उक्त पदको निर्वाचनका निम्ति सम्बन्धित निकायका नाममा परमादेशको आदेश जारी गर्न आग्रह गरिएको छ । यही असार ९ गते दायर भएको उक्त रिटमा असार ११ गते प्रथम सुनावाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले निवेदनमाथि अग्राधिकारको आदेश दिएक...