Tuesday, September 15

समाचार

पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि, बोर्डले क्षमा मागे
प्रशासन, समाचार, समाज

पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि, बोर्डले क्षमा मागे

नेपाल अखबार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा असामान्य परिस्थिति सिर्जना भएको र कार्यक्रम बीचमै अन्त्य गर्नुपरेकोमा क्षमा मागेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम बीचमै अन्त्य गर्नुपरेको भन्दै क्षमा याचना गरेको हो । यस विषयमा बोर्डले छानविनका लागि कार्वाही प्रक्रियालाई समेत अघि बढाइसकेको जानकारी दिएको छ । के भएको थियो भर्चुअल बैठकमा ? कोभिड १९ को रोकथामका लागि पर्यटन सम्बबद्ध निर्देशिका जारी गर्न बोर्डले भर्चुअल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी थिए । जुममा आयोजित भर्चुअल कार्यक्रम सुरु भएको केहीबेरमै पोर्न भिडियो बज्न थाल्यो । एकाएक अश्लिल भिडियो बज्न थालेपछि सबैजना केहीबेर अलमलमा परे । तर आयोजक पक्षले तत्काल बैठक रोक्यो । मन्त्री भट्टराई बोल्न सुरु गर्नासाथ अश्लिल भिडि...
सजना खातुन द्वारा राधाकृष्ण वृद्धाआश्रमलाई खाद्यन र फलफुल बितरण
समाचार

सजना खातुन द्वारा राधाकृष्ण वृद्धाआश्रमलाई खाद्यन र फलफुल बितरण

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिका वडा १३ निवासी सजना खातुन द्वारा राधाकृष्ण  वृद्धाआश्रमलाई खाद्यन र फलफुल बितरण  गर्दै   मानव सेवा नै धर्म   भएकाले  आज  वृद्धाआश्रमकाे सेवा गर्न पाउदा सुखि भएकी खातुनले आगामी दिनमा पनि आफ्नो    सहयोग रहने बताइन ।   पोखरा महानगरपालिका वडा ३३ राधाकृष्ण  मन्दिर र राधाकृष्ण  वृद्धाआश्रममा हाल ५१ जना वृद्धाहरू रहेकाछन् ।...
पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज, निको हुने संख्या २१ सय ४२ पुग्यो
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज, निको हुने संख्या २१ सय ४२ पुग्यो

नेपाल अखबार, काठमाडाैंं। पछिल्लो २४ घण्टामा ३ सय ७० जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोनाबाट निको भएको बताए। उनका अनुसार हालसम्म निको हुने संख्या २ हजार १ सय ४२ पुगेको छ। त्यस्तै, क्वारेन्टिनमा ९० हजार ७ सय ३०, आइसोलेसनमा ७ हजार ७ सय ८९ जना रहेका छन्। रसुवाबाहेक नेपालका ७६ जिल्लामा कोरोनाका बिरामी भेटिएका छन् भने आज कुनै पनि मृत्यु नभएको उनले बताए। त्यस्तै सरकारले १ लाख ८१ हजार ३ सय ७१ पीसीआर परीक्षण भएको जनाएको छ। त्यस्तै, २ लाख ६८ हजार १ सय ३ आरडीटी परीक्षण भएको छ।...
नेपालमा थप ५ सय ३५ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा थप ५ सय ३५ जनामा कोरोना पुष्टि

नेपाल अखबार , काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ३५ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ५ सय ३५ संक्रमित भेटिएको जानकारी दिएका हुन। यो सँगै नेपालमा कोरोना संक्रमिको संख्या ९ हजार ५ सय ६१  पुगेको छ । गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको हो । नेपालमा संक्रमित मध्ये २  हजार १ सय ४२  जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ  गर्नेको संख्या ३ सय ७० रहेको छ  । नेपालमा कोरोना भाइरसबाट हालसम्म  २३ जनाको ज्यान गएको  छ ।...
पोखरामा सफल कौसी खेती
समाचार, समाज

पोखरामा सफल कौसी खेती

जमुनावर्षा शर्मा, पाेखरा । पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उनी पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थालेकी छिन् । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बनेकी छन् । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर उनी भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उनको सफलताले अहिले चर्चा पनि पाउने गरेको छ । बिहान जुरुक्क उठ्दा उनको घर अगाडिबाट कैयौँ मानिस बिहानको हिँडाई (मर्निङ वाक) मा देखिन्छन् । तर उनको बिहान भने कौसीमा तरकारीसँगै बित्ने गर्दछ । उनी सामान्य व्यायामपछि तरकारीको हेरचाहमा व्यस्त हुन्छिन् । मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौँला, लौका, स...
दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा
प्रदेश ४, राजनीति, समाचार

दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा

नेपाल अखबार, पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उनले  बताए । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाजमात्र लाग्यो,’ गुरुङले भने, जता हेर्‍यो उतै भ्रस्टाचार छ । न काम गर्ने अधिकार छ । न समितिले अनुगमन गरेर केही गर्न सक्छ ।’ समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उनले बताए । ‘विकास समितिले बाटो, पुल, क्रसरलगायतको अनुगमन गर्ने र निर्देशन मात्र दिने रहेछ । कारबाही गर्ने अधिकार छैन,’ प्रदेशसभा सदस्य गुरुङले भने, ‘कारबाही गर्ने निकायलाई ल यहाँ यसो भएको छ भनेर भन्यो, केही गर्दैन ।’ क्रसर र ठेक्कापट्टामा सबैको म...
पाल्पाका अधिकांश स्थान ३ दिनदेखि अन्धकार
समाचार

पाल्पाका अधिकांश स्थान ३ दिनदेखि अन्धकार

नेपाल अखबार, पाल्पा । अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ । अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युत्को खम्बा बगाएको र अन्य सात  ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ । बतासेमा खम्बा ढलेसँगै रिब्दीकोटका तीन वडा र रैनादेवी छहरा गाउँपालिकाका आठ वडा तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा समेत विद्युत् आपूर्ति हुनसकेको छैन । जिल्लाको बगनासकाली गाउँपालिकाको खानीछापमा समेत एउटा खम्बा ढलेपछि सो क्षेत्र विद्युत्विहीन भएको छ । रैनादेवी छहरा गाउँपालिका– ४ अम्लाबाँसका राजेन्द्र पोखरेलले विद्युत् नहुँदा सामाजिक सञ्जाल, रेडियो, टिभी र अत्यावश्यक काम गर्नबाट वञ्चित हुनुपरेको बताए । रातमा बिजुली नहुँदा अन्धकारमा रात बिताउनुपर्ने अवस्था छ । वर्षाका...
एमसीसीको विरोधमा ११ दलद्वारा संघर्षको कार्यक्रम घोषणा
राजनीति, समाचार

एमसीसीको विरोधमा ११ दलद्वारा संघर्षको कार्यक्रम घोषणा

नेपाल अखबार, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विभिन्न ११ दलले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । ११ दलले सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै सो सम्झौता राष्ट्रघाती रहेपनि प्रधानमन्त्री केपी शर्मा ओली संसदको चालु अधिवेशनबाटै पारित गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा ओली यसलाई पारित गराउने दाउमा लागेको भन्दै यसविरुद्ध संघर्षको कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार सोमबार नयाँ सडकमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम गर्ने, असार ९ गते माइतीघरमा संयुक्त प्रदर्शन गर्ने तथा सोही दिन देशभर पनि प्रदर्शन गर्ने घोषणा गरिएको छ । संघर्षलाई केन्द्रीत र घनिभूत बनाउनका लागि अन्य सबै विषयलाई थाति राखी यो संसदको कार्यसूचिबाट यसलाई नहटाउँदासम्म ‘एम्सीसीको खारेजी’ मागलाई सूत्रीय बनाउ...
छोरी जन्मिए १० हजार उपहार
प्रशासन, समाचार

छोरी जन्मिए १० हजार उपहार

नेपाल अखबार, जाजरकोट  । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताए । यसपाला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गरेको उनले बताइन् । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिएको समेत शाहीले बताइन् । “सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी रु एक हजार ५००, स्थानीय तोरीको तेलका लागि रु ५०० र बच्चाको कपडा किन्नका लागि रु ५०० दिनुभयो”, श...
देशभर फैलियो मनसुनी वायु, अझै दुई दिनसम्म वर्षा हुन्छ : मौसमविद
समाचार

देशभर फैलियो मनसुनी वायु, अझै दुई दिनसम्म वर्षा हुन्छ : मौसमविद

नेपाल अखबार, काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भएको छ । कतिपय स्थानमा बाढी र पहिरोसमेत आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १२ देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन आइतबार सुदूर प्रदेशसम्म फैलिएको छ । मनसुन अवधिभर पश्चिमी वायुको प्रभावलाई मनसुनी वायुले विस्थापित गर्दछ र वर्षा हुन्छ । मौसमविद मिन कुमार अर्यालले मनसुनी गतिविधि सक्रिय भएकाले देशभर मध्यम वर्षा भइरहेको बताए । अझै दुई दिनसम्म काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने उनले बताए । ‘मनसुनी हावा प्रशस्त छ । त्यसकारण अझै कम्तीमा दुई दिन देशभर वर्षा हुने नै देखिन्छ,’ उनले भने, ‘अहिले केही ठाउँमा रोकिए पनि फेरि पानी पर्छ ।’ देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिनभर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अर्यालले बताए । काठमाडौं, दाङ र बाँकेमा बढी वर्षा  प्रदेश १...