Friday, September 11

समाचार

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकामा पोहिलो चोटि चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबार गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले जानकारी दिए । संक्रमित हुनेहरुमा एक महिला र तीजना पुरुष रहेका छन्। उनीहरु चारै जना भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेन्टिनका बस्दै आएका थिए। उनीहरु मध्य एक जना २८ वर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीन जना भारतबाट आएका हुन्। कोरोना संक्रमण पुष्टि भएका ४ जना मसेल, वगुवा र अश्राङका वासिन्दा रहेका छन्। एक महिला र एक पुरुष अश्राङका, मसेल र वगुवा घर भएका एक-एक जनामा संक्रमण देखिएको भिमसेन थापा गाउँपालिकाले जनाएको छ। संक्रमित अश्राङका पुरुष होम क्वारेन्टाइनमा छन,भने अरु कनकामना आधारभुत विद्यालय मसेल,एकिकृत मिलनवस्ती वगुवा र चण्डेश्...
जंगीअड्डाले भन्यो – सेनालाई विवादमा ल्याउने प्रयास भयो
समाचार

जंगीअड्डाले भन्यो – सेनालाई विवादमा ल्याउने प्रयास भयो

नेपाल अखबार, काठमाडौं । जंगीअड्डाले नेपाली सेनालाई विवादमा ल्याउने प्रयास भएको बताएको छ । कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट भएको स्वास्थ्य सामग्री खरिदमा  सेनालाई विवादमा मुछ्ने प्रयास भएको जंगीअड्डाले जनाएको हो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘होल अफ नेसन एप्रोच अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भिर विषय हो ।’सरकारले दिएको जिम्मेवारी बमोजिम तत्कालीन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीको चरम अभाव भएको परिस्थितिमा समेत पारदर्शिताका साथै उच्च स्...
२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (तथ्यांकसहित)
समाचार, स्वास्थ्य

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (तथ्यांकसहित)

नेपाल अखबार, काठमाडौं । गत २४ घण्टामा नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ र उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा...
कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना भाइरस (कोभिड–१) को रोकथाम तथा नियन्त्रण रणनीति र योजना सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमण नेपालमा फैलिन नदिन सरकारले गरेका तयारी र योजनाबारे जानकारी गराएका हुन। कोरोना संक्रमण नियन्त्रणका लागि प्रादेशिक अस्पतालहरुमा समेत आइसोलेन वार्ड र सघन उपचार कक्षको स्थापना, सबै अस्पतालमा शंकास्पद बिरामी जाँच गर्न छुट्टै कक्षको व्यवस्था, हब तथा सेटलाइट अस्पतालहरुमा पनि आइसोलेसन वार्डको व्यवस्था, आवश्यकता अनुसार खरिपाटी र नगरकोट क्वारेन्टाइनलाई निरन्तरता दिने, दैनिक जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन जारी गर्नेलगायत व्यवस्था गरिएको जानकारी देवकोटाले गराए।...
काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो
धर्म/संस्कृति, प्रदेश ३, समाचार, हाइलाइट-समाचार

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो

काठमाडाैँ - चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक  धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ। गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ। पछिल्लो समय काठ अभाव भएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए। उनका अनुसार मन्दिर जीर्ण भएपछि गत असारदेखि जगैबाट भत्काइ  पुनःनिर्माण थालिएको थियो।  काठ अभाव भएपछि विसं २०७६ असोज महिनादेखि काम ठप्प रहेको छ।  उनले भने असोज महिनादेखि काठ उपलब्ध  नभएपछि मन्दिर निर्माणको काम ठप्प भएको छ, अब काठ  ल्याउनका लागि प्रक्रिया अघि बढिसकेको छ, चाँडै काम पुनः  सञ्चालन हुनेछ। गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले काठ अभावका कारण काम रोकिएको बताइन। उनले काठ उपलब्ध गराउन गाउँपालिकाले समन्वय र सहयोग गरिराखेको  जानकारी दिइन।   मन्दिर निर्म...
आज मेघ गर्जनसहित हावाहुरी चल्ने र पानी पर्ने
समाचार, हाइलाइट-समाचार

आज मेघ गर्जनसहित हावाहुरी चल्ने र पानी पर्ने

देशभर शुक्रबारको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । महाशाखाका अनुसार देशभर शुक्रबार राति सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भूभाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन ३० गते (शुक्रबार) दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित बर्षा...
गोरखाको मझुवा देउरालीमा बेबारिसे शव भेटियो
प्रदेश ४, समाचार, समाज

गोरखाको मझुवा देउरालीमा बेबारिसे शव भेटियो

गोरखा नगरपालिका–१३ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मझुवा देउरालीको कुडुले भिरमा अन्दाजी ४० वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । दारी पालेको, कालो कालो वर्णका तराई मुलका जस्तो देखिने व्यक्तिको शव देखिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । उनको शव जिल्ला अस्पताल गोरखामा ल्याएर राखेको थियो । मृत्युको परिचय र कारण दुबै खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
सवारी चालक र यात्रुलाई मास्क वितरण
प्रदेश ४, समाचार, समाज

सवारी चालक र यात्रुलाई मास्क वितरण

गोरखाका सवारी चालक र यात्रुलाई निशुल्क मास्क वितरण गरिएको छ । ‘कोभिड १९’ अर्थात कोराना भाइरस बारे सचेतना जगाउने उदेश्यले बुधबार बिहान गोरखा बसपार्कमा एक कार्यक्रम गरी मास्क वितरण गरिएको हो । ‘अहिले कोरानाको डरले सबैलाई सताएको छ,’ आयोजक गोरखा मनकामना यातायात प्रालीका अध्यक्ष ताराबहादुर खड्काले भने, ‘यसबाट बच्न हामी आफैले सावधानी अपनाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम गरेका हौं ।’ गोरखा मनकामना यातायात प्रालिको आयोजना तथा सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा सचेतनामुलक कार्यक्रम गरी निशुल्क रुपमा माक्स वितरण गरिएको हो । माक्ससँगै कोराना लाग्नबाट बच्ने उपाय सहितको प्रचार समाग्री समेत सर्वसाधरण उपलब्ध गराइएको छ । ‘कोरानाको जोखिम हुन नदिन राज्य नै लागि परेको छ । आम नागरिक पनि सचेत हुनुभएको छ’ सवारी चालकलाई माक्स हस्तान्तरण गर्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ...
समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ : मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन्।  नेकपा पोखरा-२४ ले आयोजना गरेको कार्यक्रममा उनले नेकपा नेतृत्वको तीन तहका सरकारले जनताका चाहनालाई सम्बोधन गर्ने गरी अघि बढेकाले समृद्धिको अभियानलाई सबै मिलेर साकार पार्नुपर्ने बताए।       नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टी देशकै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी भएको बताउँदै कांग्रेसलगायतका अन्य राजनीतिक पार्टीले समेत कम्युनिष्ट पार्टीको सिको गर्नुपर्नेमा जोड दिए।  छिमेकी राष्ट्रसँगको सम्बन्ध सन्तुलित परराष्ट्र नीतिका आधारमा अघि बढाएको उल्लेख गर्दै उनले मानवअधिकार, आवधिक निर्वाचन र देशभक्तिको विकासमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।      मुख्यमन्त्री गुरुङले आगामी २५ व...
विश्व स्वास्थ्य संगठनद्वारा कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा
विदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

विश्व स्वास्थ्य संगठनद्वारा कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचअो) ले कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग (कोभिन-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख निर्देशक डा. टेड्रोस अधानोम गेब्रीयससले अन्तिम दुई सातामा चीन भन्दाबाहिर संक्रमितको संख्या १३ गुणाले बढेको बताए। उनले संक्रमणले खतराको घण्टी बजाइरहेको अहिलेको अवस्थाप्रति आफू गहिरो चिन्तामा रहेको उल्लेख गरे।  कुनै रोग एकै समयमा धेरै देशमा फैलिएमा डब्लुएचअोले विश्वव्यापी महामारी घोषणा गर्छ।  डा. टेड्रोसले कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा गरे पनि यसको नियन्त्रणका लागि देशहरूले गर्नुपर्ने कामबारे डब्लुएचअोले दिएका सुझावलाई कुनै परिवर्तन नगर्ने बताए। ...