मोटरसाइकल र साइकल चल्न पाउने, निजि सवारीलाई जोरबिजोर
नेपाल अखबार, काठमाण्डौ। सरकारले लकडाउन साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो बनाउँदै साइकल चल्न दिने र् मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।
सबै प्रकारका ढुवानी सहित व्यक्तिहरुको पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले पैदल आवागमनका क्रममा भिडभाड नगर्न र सुरक्षा अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने निर्णय समेत सरकारले गरेको छ । यसरी जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले जनाए । निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छ...
