संघीय निजामती सेवा ऐन निजामती सेवाको मर्म विपरित रहेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण(विज्ञप्ति सहित)
नेपाल अखबार, काठमाडौ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट हिजो पारित भएको संघीय निजामती सेवा ऐन आम कर्मचारीका हित विपरित रहेको भन्दै पेसागत महासंघले गम्भिर ध्यानकर्षण भएको बताएको छ ।
“लामो छलफल पछि अहिले संघीय निजामती सेवा ऐन जारी हुन लागेको र त्यसमा गरिएका व्यवस्था बारे विभिन्न सञ्चारमाध्यमबाट टिप्पणी भईरहेको र सञ्चारमाध्यममा आएका कुराहरु आम कर्मचारीका हित विपरित प्रगिगमनकारी तथा संघीय निजामती सेवाको मर्म विपरित समेत देखिएको हुँदा यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
” महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलद्धारा हताक्षरीत विज्ञप्तिमा भनिएको छ । निजामती सेवा ऐनलाई जनमुखी,कामकाजी तथा आम कर्मचारीको उत्प्रेरणा हुने र मनोबल बढाउने गरी जारी गर्न राज्य व्यवस्था समितिलाई भनिएको, सभापतीले महासंघको सुझाबलाई गम्भीरतापूर्वक लिइने र कर्मचारीका हित विपरित हुनै पनि व्यवस्था नगरिने आश्वासन भए पन...
