समानुपातिकमा बस्न नमान्नेका ठाउँमा अर्को व्यक्ति कसरी पठाउने ?
नेपालअखबार,काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रहेका कतिपयले उम्मेदवार बन्न अस्वीकार गरेका छन् । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकाहरूले उम्मेदवारी फिर्ताको घोषणा गरिरहेका छन् ।
हालसम्म रास्वपाबाट समानुपातिक सूचीमा रहेका ११० जनामध्ये ६ जनाले नाम फिर्ता लिएको घोषणा गरेका छन् । जसमा डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती र मिलन लिम्बूले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।
अहिले घोषणा गरेर मात्रै नाम फिर्ता नहुने निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए । उनका अनुसार समानुपातिक सूचीमा रहेका नाम परिवर्तनका लागि तीन वटा तरिका छन् ।
पहिलो : क्लस्टर नमिलेको हकमा निर्वाचन आयोगले औंल्याएअनुसार सम्बन्धित दलले नाम परिवर्तन गर्न सक्न...










