Thursday, November 26

समाचार

३२ सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन
पर्यटन, समाचार

३२ सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

नेपालअखबार,कास्की । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको जानकारी दिए। चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न रु ४० लाख बजेट विनियोजन भएको छ । ...
प्रमुख स्वकीय सचिवलाई नियुक्तिहरुमा अनावश्यक जोडियो : प्रधानमन्त्रीको सचिवालय
राजनीति, समाचार

प्रमुख स्वकीय सचिवलाई नियुक्तिहरुमा अनावश्यक जोडियो : प्रधानमन्त्रीको सचिवालय

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई नियुक्त गरेको विषयमा मुख खोलेको छ । प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको जिकिर गरेको छ । चौतर्फी आचोचनापछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ ।’ ‘यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ...
जनेजी मभुमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा
राजनीति, समाचार

जनेजी मभुमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

नेपालअखबार,काठमाडौँ । जनेजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको तथा सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा गढिएको भन्दै बहिस्कार गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब विक्री गरेको तथा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति दिएको र गृहमन्त्री ओमप्रकाश अर्यालले काकालाई डीआइजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर संगठित दुराचारमा लागेको आरोप लगाएको छ । जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जन...
जेनजीका न्यायोचित माग पूरा गर्न जसपा नेपालको माग
राजनीति, समाचार

जेनजीका न्यायोचित माग पूरा गर्न जसपा नेपालको माग

नेपालअखबार,काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गरेको छ । जसपा नेपालले संविधान संशोधन, संघीय प्रणालीको सिद्धान्तका आधारमा प्रदेशहरुलाई अधिकार सम्पन्न गर्नुपर्नेदेखि जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरु सरकारले पुरा गर्नुपर्ने माग उठाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । जसपा नेपालले भनेको छ, संविधन संशोधन अथवा पुनरर्लेखन गरी राष्ट्रिय समास्याहरूको समाधान गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय÷जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ को आधारमा (१०+१) हुने गरी राज्यको पुनः पुनर्संरचना गरिनुपर्दछ ।’ जसपा नेपालले जेन जी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गर्न तथा जेन जी विद्रोह...
एक हजार किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालक र सहचालक पक्राउ
अपराध, प्रशासन, समाचार

एक हजार किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालक र सहचालक पक्राउ

नेपालअखबार,लहान । सिराहा प्रहरीले लहानबाट एक हजार किलोभन्दा बढी गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ । आइतबार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ३२०९ नम्बरको ट्रकलाई लहान–१, ट्रफिक चोकबाट एक हजार १५ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित ट्रकका चालक  संखुवासभा, धर्मदेवी नगरपालिका–९, छिपिधाराका २४ वर्षीय टंक विश्वकर्मा र सहचालक धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ का २२ वर्षीय खेम राना मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी रमेश बहादुर पालले जानकारी दिए इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाइ छ । पक्राउ परेका...
रूसलाई फाइदा पुग्ने गरी ट्रम्पले बनाएको शान्ति योजना संशोधन, नयाँ प्रस्ताव तयार
राजनीति, विश्व, समाचार

रूसलाई फाइदा पुग्ने गरी ट्रम्पले बनाएको शान्ति योजना संशोधन, नयाँ प्रस्ताव तयार

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग परामर्श गरेर बनाएको भनिएको २८ बुँदे शान्ति योजना संशोधन भएको छ। जेनेभामा आइतबार अमेरिकी र युक्रेनी उच्चस्तरीय प्रतिनिधिहरूको छलफलले रूस-युक्रेन शान्ति सम्झौताको नयाँ खाका तयार भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जेनेभामा सम्पन्न वार्तालाई दुवै देशले सकारात्मक र उत्पादनमूलक भएको भनेका छन्। साथै वार्तालाई आगामी दिनमा पनि निरन्तरता दिइने भनिएको छ। संशोधित शान्ति योजनामा युक्रेनको सुरक्षा ज्ञारेन्टी अझै मजबुत बनाइएको र सेनाको आकार तथा दुई देशको सीमाबारे पनि युक्रेनलाई नोक्सान नहुनेगरी बनाइएको भनिएको छ। वार्तामा अमेरकी विदेशमन्त्री मार्को रूबिओ, रक्षामन्त्री पिट हेगसेथसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी थिए। विदेशमन्त्री रूबिओले नेटोको भूमिका, रूस युक्रेनको सीमाना र सुरक्षा संयन्त्रबारे अझै सम...
प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदै जेनजी समूह
राजनीति, समाचार

प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदै जेनजी समूह

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउँदै छन् । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । सुदन गुरुङ समूहका सदस्य अनिल बानियाँले भने, ‘आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौं । तर १० बजे जाने कि कतिबेला भन्ने टुंगो लागिसकेको छैन । जेहोस्, आज जान्छौं ।’ श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन...
कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या
कृषि, समाचार, समाज

कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

नेपालअखबार,तनहुँ । देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको कृषक रणबहादुर मगरले जानकारी दिए । सुन्तला बजारसम्म पु-याउन भने सधैं समस्या झेल्नुपरेको उनको गुनासो छ । उनले भने, “यहाँका कृषकको मुख्य आम्दानी सुन्तला खेती नै हो । कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको उक्त वडामा जान कुनै पनि नदीमा पक्की पुल बनेको छैन । पक्की पुल नहुँदा उक्त उत्पादित करोडौं मूल्यको सुन्तला बजारसम्म पु-याउन सकस हुने गरेको छ ।” सुन्तलाको बोटमा रोग लागेर यसवर्ष उत्पादनमा कमी भएपनि आम्दानी भने गत वर्ष भन...
लेबननको राजधानीमा इसराइलले गर्‍यो हवाई हमला, मारिए हिजबुल्लाह नेता
राजनीति, विश्व, समाचार

लेबननको राजधानीमा इसराइलले गर्‍यो हवाई हमला, मारिए हिजबुल्लाह नेता

नेपालअखबार,काठमाडौं । इसराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको छ। एक वर्षअघि भएको युद्धविराम उल्लंघन गर्दै इसराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। राजधानी बेरूतको दक्षिणी क्षेत्रमा हमला गरी हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी इसराइलले गरेको छ। लेबननमा महिनौंपछि राजधानी नजिकै भएको यो पहिलो आक्रमण हो। हिजबुल्लाहले पनि आफ्नो नेता ताब्ताबाईको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि, संगठनले उनको भूमिकाबारे विस्तृत जानकारी दिएको छैन। हिजबुल्लाहले यसको प्रतिवाद गर्ने घोषणा गर्दै त्यसको निर्णय वरिष्ठ नेतृत्वले गर्ने बताएको छ। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको छ। आक्रमण एउटा बहुतले भवनमा भएको थियो। त्यहाँ भएको विस्फोटले सडकमा सवारी साधनमा समे...
जेनजी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ
प्रशासन, समाचार

जेनजी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।...