Sunday, November 29

समाचार

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
समाचार, समाज

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

नेपालअखबार,काठमाडौँ । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
अर्थ, समाचार

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

नेपालअखबार,काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । यसको साँवाब्याज आगामी १५ भदौमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउँछन् ।...
एकीकृत समाजवादीको बैठक १९ गते बस्ने गरी स्थगित
राजनीति, समाचार

एकीकृत समाजवादीको बैठक १९ गते बस्ने गरी स्थगित

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक असार १९ गते बस्ने गरी स्थगित भएको छ । शुक्रवार र शनिबार बसेको सचिवालय बैठक आज आइतबार दिउँसो १ बजे बसेर समापन गर्ने तयारी थियो । ‘आजका लागि तय भएको बैठक बस्न सकेन । अब अर्को बैठक असार १९ गते बस्छ’, सचिव सोमप्रसाद पाण्डेले भने, ‘अन्य कार्यक्रमले नेताहरू व्यस्त बनेकाले बैठक सरेको हो ।’ सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक अन्य नेताहरूले बोल्ने क्रम शनिबारै सकिएको छ । खनाल, भुसाल बोलेपछि अध्यक्षले समापन सम्बोधन गरेर बैठक सक्ने तयारी रहेको थियो ।...
बढ्यो महाकालीमा पानीको बहाब, चारपांग्रे सवारीसाधन आवतजावतमा रोक
समाचार, समाज

बढ्यो महाकालीमा पानीको बहाब, चारपांग्रे सवारीसाधन आवतजावतमा रोक

नेपालअखबार, कञ्चनपुर ।  महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपांग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। ‘महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,’ उनले भने, ‘शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारीसाधनमा रोक लगाइएको हो।’ यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ।...
धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न राष्ट्रपतिकाे आग्रह
कृषि, समाचार, समाज

धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न राष्ट्रपतिकाे आग्रह

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै  उनले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको बताए ।  राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी  प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याए । शुभकामनामा भनिएको छ, “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछ...
गाजामा इजरायली आक्रमण : कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते
विश्व, समाचार

गाजामा इजरायली आक्रमण : कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते

नेपालअखबार,गाजा । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्। गाजा सहरको एक रंगशाला नजिकै भएको यस्तै एक आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल-शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्। बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ। यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन्। संयुक्त राज्य अमेरिकाको दबाबले युद्धविराम सम्झौता हुन सक्ने कतारी मध्यस्थकर्ताहरूले आशा व्यक्त गरेका छन्। यसअघि मार्च महिनामा इजरायलले गाजामा पुनः आक्रमण गरेपछि दुई महिनाको युद्धविराम विफल भएको थियो। १९ जनवरीदेखि सुरु भएको उक्त युद्धविराम सम्झ...
आज राष्ट्रिय धान दिवस मनाइँदै
कृषि, समाचार, समाज

आज राष्ट्रिय धान दिवस मनाइँदै

नेपालअखबार,काठमाडौं । आज राष्ट्रिय धान दिवस मनाइँदैछ। विस २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ देखि १५ असारलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा...
प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले पारित गरेर प...
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
राजनीति, समाचार

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

नेपालअखबार,काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।जसलाई सभाले पारित गरेर अगाडि बढाएको हो ।
मदन भण्डारीको ७४ औं जन्मजयन्ती मनाउँदै एमाले
राजनीति, समाचार

मदन भण्डारीको ७४ औं जन्मजयन्ती मनाउँदै एमाले

नेपालअखबार,काठमाडौं ।आज तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। एमाले र मदन भण्डारी फाउण्डेशनले आज विविध कार्यक्रम गरी जननेता भण्डारीको जन्मजयन्ती मनाउन थालेको हो। एमाले सम्पर्क समन्वय कमिटीले आज जयन्तीकै अवसरमा पदयात्रा गरेको छ । कमिटीको आयोजनामा आज ७:३० बजेदेखि ८:३० बजेसम्म त्रिपुरेश्वरदेखि दशरथरङ्गशालादेखि तीनकुनेसम्म पदयात्रा गरिएको कमिटीका सचिव आरसी लामिछानेले जानकारी दिए। पदयात्रामा पार्टी महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित सहभागी थिए। यस्तै आज दिवस फाउण्डेशनका आयोजनामा राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषयक अन्तरक्रिया कार्यक्रम राखेको छ। अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनेछन्। एमालेले मदन भण्डारीले प्रतिपादन ग...