Tuesday, August 4

समाचार

काठमाडौँको थानकोट त्रिभुवन पार्कमा पत्रकारमाथि दुर्व्यवहार, रिपोर्टिङमा अवरोध
समाचार, समाज, हाइलाइट-समाचार

काठमाडौँको थानकोट त्रिभुवन पार्कमा पत्रकारमाथि दुर्व्यवहार, रिपोर्टिङमा अवरोध

नेपालअखबार, काठमाडौं ।आज चन्द्रागिरीस्थित थानकोटमा रहेको त्रिभुवन पार्कमा समष्टि नेपाल मिडियाका फोटो पत्रकारमाथि दुर्व्यवहार भएको छ। फोटो पत्रकार उत्तम तामाङमाथि पार्कका टिकट चेकरले अभद्र व्यवहार गरेको हो। नयाँ वर्षको अवसरमा पिकनिक मनाउन आएका सर्वसाधारणहरूले त्रिभुवन पार्कले साना बालबालिका तथा जेष्ठ नागरिकहरूलाई समेत टिकटमा छुट नदिएको गुनासो गरेपछि सो विषयमा रिपोर्टिङ गर्न पत्रकार तामाङ पार्क पुगेका थिए। रिपोर्टिङका क्रममा पार्कभित्र प्रवेश गर्न खोज्दा टिकट चेकरले टिकट अनिवार्य भएको भन्दै उनलाई अवरोध गरेको हो। पत्रकार तामाङले आफू पत्रकार भएको र रिपोर्टिङका लागि आएको स्पष्ट पार्दै आफ्नो परिचयपत्र (आईडी कार्ड) देखाउनुका साथै हातमा बुम बोकेको अवस्थामै भए पनि टिकट चेकरले सो कुरा बेवास्ता गर्दै अभद्र व्यवहार गरेको तामाङले बताए । पत्रकारले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न खोज्दा यस्तो...
भक्तपुर थिमिमा आज बिस्केट जात्राको रौनक
धर्म/संस्कृति, समाचार, समाज

भक्तपुर थिमिमा आज बिस्केट जात्राको रौनक

नेपालअखबार,काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौंको घुइँचो लागेको छ। परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ। भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ। पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिंगो जात्रा हेरे शत्रु नास हुने सहकाल आउने जनविश्वास रहेको छ। चैत मसान्तमा इन्द्रध्वजा सहितको लिंगो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिंगो ढाल्ने गरिन्छ। यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ। आजै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। चरखण्...
इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई
विश्व, समाचार, हाइलाइट-समाचार

इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई

नेपालअखबार,काठमाडौं । इरानले आफ्ना छिमेकी देशहरू साउदी अरब, युएई, कतार, बहराइन र कुवेतसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ। इरानका तर्फबाट संयुक्त राष्ट्रसङ्घका राजदूत अमिर सइद इरावानीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई एउटा पत्र पठाएका छन्। पत्रमा यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेका र अब उनीहरूले इरानलाई भएको क्षतिको पूर्ण भरपाई गर्नुपर्ने उल्लेख छ । बीबीसीका अनुसार, इरानी राजदूत अमिर सइद इरावानीले लेखेको पत्रलाई समाचार एजेन्सी आईआरएनएले प्रकाशित गरेको छ। पत्रमा लेखिएको छ, ‘यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेका छन् र इरानप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेका छैनन्। त्यसैले अब उनीहरूको अन्तर्राष्ट्रिय जिम्मेवारी तय भइसकेको छ। उनीहरूले इरानलाई भएको सम्पूर्ण क्षतिको पूर्ण रूपमा भरपाई गर्नुपर्छ, जसमा भौतिक र मानसिक दुवै प...
सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै, टाढिएका सम्बन्ध जोड्ने
धर्म/संस्कृति, समाचार, समाज

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै, टाढिएका सम्बन्ध जोड्ने

नेपालअखबार,कञ्चनपुर। ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ। वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ। सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ। जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका बासिन्दाको संख्या उल्लेख्य छ। नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ। रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको स्थानीय बताउँछन्। बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफ...
नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने: राष्ट्रपति पौडेल
राजनीति, समाचार

नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने: राष्ट्रपति पौडेल

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताएका छन् । नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प र साधना आवश्यक पर्ने धारणा राखे । उनले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात् गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले मुलुकमा प्रचलनमा रहेका संवत्हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने बताए । ‘हामी नेपालीले नववर्षलाई विशेष दिन...
प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल
राजनीति, समाचार

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

नेपालअखबार,काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ । सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सार्नुभएको थियो । छलफलमा धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले सिसडोल र बन्चरेडाँडामा आधुनिक फोहर व्यवस्थापन प्रणाली लागू गर्न, सवारी प्रदूषण नियन्त्रणका लागि ‘ग्रिन स्टिकर’को प्रभावकारी अनुगमन तथा चेपाङ र तामाङ समुदायका लागि विशेष शिक्षा ...
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
राजनीति, समाचार

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समिति बैठक बोलाएको छ । वैशाख २ गते बस्ने गरी अनुशासन समिति बैठक बोलाइएको हो । ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८२ वैशाख २ गते बुधबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ सोमबार समितिका सचिव दिनेश थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गर्ने तथा विशेष महाधिवेशनबाट आएको समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेपछि पनि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्ने पूर्णबहादुर खड्काबारे छलफल गर्न बैठक आह्वान गरिएको नेताहरूले बताएका छन्।...
इरानी सेनाको चेतावनी : अमेरिकाले नाकाबन्दी गरे खाडीका कुनै बन्दरगाह सुरक्षित रहन्नन्
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इरानी सेनाको चेतावनी : अमेरिकाले नाकाबन्दी गरे खाडीका कुनै बन्दरगाह सुरक्षित रहन्नन्

नेपालअखबार,काठमाडौं । इरान र अमेरिकाबीचको विवादले फेरि एकपटक उग्र रूप लिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेट अफ होर्मुजबाट हुने इरानी ढुवानीलाई रोक्ने धम्की दिएपछि इरानी सेनाले कडा प्रतिकारको चेतावनी दिएको हो । इरानी सञ्चारमाध्यम आईआरआईबीमार्फत जारी गरिएको आधिकारिक बयानमा अमेरिकाको यो धम्कीलाई ‘गैरकानुनी’ र ‘समुद्री डकैती’जस्तो व्यवहार भनिएको छ । इरानले आफ्ना बन्दरगाहमाथि कुनै पनि प्रकारको नाकाबन्दी वा आक्रमण भए त्यसको नतिजा अमेरिका मात्र नभई समग्र खाडी क्षेत्रले भोग्नुपर्ने संकेत गरेको छ । इरानी सेनाले छिमेकी खाडी राष्ट्रलाई समेत लक्षित गर्दै यस क्षेत्रका बन्दरगाहहरूको सुरक्षा या त सबैका लागि हुने वा कसैका लागि पनि नहुने स्पष्ट पारेको छ । यदि अमेरिकी सेनाले इरानी बन्दरगाहलाई निशाना बनाए फारसको खाडी र ओमान सागरका कुनै पनि बन्दरगाह सुरक्षित नरहने उसले चेतावनी दिएको...
डिउटी सकेर फर्किंएका इन्स्पेक्टरलाई ट्रकले ठक्कर दियो, सख्त घाइते
दुर्घटना, समाचार

डिउटी सकेर फर्किंएका इन्स्पेक्टरलाई ट्रकले ठक्कर दियो, सख्त घाइते

नेपालअखबार,काठमाडौं । डिउटी सकेर फर्किँदै गरेका एक ट्राफिक प्रहरी अधिकृत दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा फर्किँदै गर्दा राति सवा ११ बजे ट्रकले ठक्कर दिंदा ३२ वर्षीय ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा गम्भीर घाइते भएका हुन् । लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटना लामा तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा भएको हो । नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएको प्रहरीले जनाएको छ । घाइते भएका इन्सपेक्टर लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत छन् । रामेछाप घर भएका उनी तार्केश्वरक...
दक्षिणकालीको केराबारीमा कार दुर्घटना, चालकको मृत्यु
दुर्घटना, समाचार

दक्षिणकालीको केराबारीमा कार दुर्घटना, चालकको मृत्यु

नेपालअखबार,काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५०० मिटर तल खसेको हो । कारका चालक काठमाडौं महानगरपालिका-७ का ३४ वर्षीय सुरज खड्काको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...