Friday, August 7

समाज

देशका यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
समाचार, समाज

देशका यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

नेपालअखबार,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। यसका साथै, आज देशका विभिन्न जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार, कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ। तर, आगामी तीन दिन यी नदीहरूको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। कमला र बागमती नदीमा भने आज र भोलि बहाव सामान्य बढ्ने र पर्सी उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ। महाशाखाले आज ससाना नदीहरूमा बाढीको जोखिम औँल्याएको छ। पूर्वानुमान अनुसार, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ,...
मानव बेचबिखन मुद्दामा फरार महिला आठ वर्षपछि पक्राउ
समाचार, समाज, सुरक्षा-अपराध

मानव बेचबिखन मुद्दामा फरार महिला आठ वर्षपछि पक्राउ

नेपालअखबार,काठमाडौं । महिलाहरूलाई कुवेत लैजाने भन्दै बेचबिखनका लागि भारत पुर्‍याएको आरोपपछि फरार रहेकी एक महिला आठ वर्षपछि पक्राउ परेकी छन्। २०७४ साल वैशाख ७ गते रूपन्देहीका २ जना र एकजना प्यूठानकी महिलालाई कुवेत लैजाने भन्दै भारत पु¥याएकी बुटवल उपमहानगरपालिका वडा नम्बर ११ न्यु दुर्गा नगर बस्ने ४६ वर्षीय विष्णुमाया शर्मा परियारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। आठ वर्षसम्म फरार रहेकी परियारलाई सोमबार दुर्गा नगर घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। राम्रो कामको लागि कुवेत पठाउने भन्दै फकाइ फुलाई भारत पुर्‍याएपछि ती महिलाहरूले परियारमाथि आशंका गरेका थिए। परियारले नेपालबाट भन्दा भारतबाट कुवेत जान सहज हुने भन्दै महिलाहरूलाई आश्वस्त पारेकी थिइन्। तर भारतमा पुगेपछि आफूहरूलाई बेचबिखन वा गलत क्रियाकलापका लागि ल्याइएको आशंक...
पशुमा पनि बाँझोपनको समस्या बढ्यो
कृषि, समाचार, समाज

पशुमा पनि बाँझोपनको समस्या बढ्यो

नेपालअखबार,चितवन  । गाई र भैँसीमा बाँझोपना (बाली नजाने) समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो । गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गरिएको अध्ययनले ३६ दशमलव ८८ प्रतिशत बाँझोपना रहेको देखाएको हो । अध्ययनमा सहभागी पशु चिकित्सक डा रविन वस्ताकोटीका अनुसार ३८ भैँसी र एक सय २२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको छ । पशुमा सङ्क्रामक रोगका कारणले बाँझोपना आउने गर्दछ । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखापर्ने बस्यालले बताए । उनले भने, “यस्ता समस्या भएका पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सकलाई समेत जोखिम हुनसक्छ । प्रजननमा विकृतिहरू देखिन सक्छ ।” यस्तै अध्ययनका क्रममा पशुको पाठेघरको सामान्य सङ्क्रमण २८ दशमलव १२ प्रतिशत, पठेघर सुनि...
३३ वर्षमा पूरा पनि भएन दमक–चिसोपानी सडक
समाचार, समाज

३३ वर्षमा पूरा पनि भएन दमक–चिसोपानी सडक

नेपालअखबार,फिक्कल  ।  झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुननन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । सडक निर्माणका लागि अबौँं लगानी भइसक्यो । तर, सडक निर्माणले पूर्णता पाउन भने सकेको छैन । स्थानीयवासीले पटक–पटक माग र दबाब गरे पनि सडकको अवस्था अझै दयनीय छ । ३३ किलोमिटरको यो सडकको अहिले रतुवा नदीको तिरैतिर ट्र्याक खोलिएको छ । जहाँ हिउँदमा धुलो र वर्षामा हिलोले यातायात र जनजीवन दुवै अस्तव्यस्त बनाइरहेको छ । सडक कालोपत्र नहुँदा बर्खामा मुस्किलले दमकदेखि चिसोपानीसम्मको यात्रा गर्नुपर्ने बाध्यता छ । दमक–चिसापनी सडक झापा र इलामलाई जोड्ने महत्वपूर्ण पहुँच मार्ग हो । झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले दैनिक आवतजावत गर्ने र कृषि उत्पादनलाई बजासम्म पुर्याउने यो सडक निर्माण ढिलाइले स्थानीयवासी आक्रोशित छन् । पूर्वप्रधानमन्त्री एवम...
पुलमा प्वाल परेपछि पृथ्वी राजमार्ग एकतर्फी
समाचार, समाज

पुलमा प्वाल परेपछि पृथ्वी राजमार्ग एकतर्फी

नेपालअखबार,काठमाडौँ ।  धादिङमा हुग्दीखोला पुलमा प्वाल परेको छ। पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-१० रहेको हुग्दीखोलाको पुलमा प्वाल परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार पुलमा प्वाल परेपछि राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा छ। प्राविधिकहरूले सडक मर्मतको काम सुरू गरिसकेका छन्।...
युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने प्रेस काउन्सिलको निर्णय
समाचार, समाज

युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने प्रेस काउन्सिलको निर्णय

नेपालअखबार,काठमाडौँ । प्रेस काउन्सिल नेपालले युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने निर्णय गरेको छ। काउन्सिलको शुक्रबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलमा हाल अध्यक्ष नियुक्त भएका छैनन्। शुक्रबार बसेको बैठक सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा बसेको थियो। बैठकले पत्रकार र प्रेसका विषयमा अदालतमा पुगेका विषय, कतिपय पत्रकारबाट भएका प्रेस स्वतन्त्रता दुरुपयोगका गतिविधि र प्रेसमा देखिएका आर्थिकलगायत विभिन्न सङ्कटका विषयमा छलफल भएको थियो। बैठकले संविधानका प्रावधानविपरीत पत्रकार र सञ्चार माध्यमप्रति कहींकतैबाट हुने प्रेस स्वतन्त्रताविरोधी कुनै पनि कार्यमा प्रेस काउन्सिल सहमत नहुने निष्कर्ष निकालेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिए। त्यस्तै, पत्रकार र सञ्चार माध्यमलाई आचारसंहिता पालना र प्रेस स्वतन...
कफीको बिरुवा बेचेर मालामाल
कृषि, समाचार, समाज

कफीको बिरुवा बेचेर मालामाल

नेपालअखबार,इलाम । माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५० हजार आम्दानी गरेका छन् । पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित छन् । उनले फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । जसअनुसार यस वर्ष आफूले ४५ हजार कफीका बिरुवा बिक्री गरेकाे उनले बताए । कफीको बिरुवा इलामकासँगै पूर्वको सङ्खुवासभा र भोजपुर जिल्ला तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेका छन् । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कानुसार इलाममा एक सय ३५ हेक्टर क्षेत्रम...
पहिले एक घन्टा लाग्थ्यो, अब पुगिन्छ १५ मिनेटमै
समाचार, समाज

पहिले एक घन्टा लाग्थ्यो, अब पुगिन्छ १५ मिनेटमै

नेपालअखबार,म्याग्दी । धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो। धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले पुलबाट धवलागिरि –६ का साथै वडा नं ५ मल्कवाङ र मालिका गाउँपालिका–७ बिमका बासिन्दा लाभान्वित भएका जानकारी दिए। 'मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माविमा पुग्नका लागि अर्बाङ, घण्टीवाङका बासिन्दालाई यात्राअवधि छोटिएको छ,' उनले भने, 'अर्वाङ, घण्टीवाङ, रिखका बासिन्दालाई मराङबेँसीमा झरेर वडा कार्यालय, स्वास्थ्यचौकी, माध्यमिक विद्यालय भएको ठाउँमा पुग्न करिब एक घण्टा पैदलयात्रा गर्नुपर्नेमा पुल बनेपछि यात्राअवधि १५ मिनेटमा छोटिएको छ।' उक्त पुल निर्माणका लागि २०८१ साल असारमा बेनी नगर...
चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा
समाचार, समाज

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

नेपालअखबार,काठमाडौं । वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौं स्थान पहिराको जोखिममा परेका छन्। यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन्। यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताए। उच्च जोखिम मानिएका तीन वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ। गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो। ‘नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लाष्टिक पठाइएको छ,’ अर्यालले भने। वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी दिए। खास गरी विकास न...
महाकाली नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
समाचार, समाज

महाकाली नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नेपालअखबार,कञ्चनपुर । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले महाकाली नदीमा जलसतह बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो। विभागले सूचना जारी गर्दै महाकाली नदीको जलसतह बढ्ने जनाउँदै आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो। त्यसैगरि धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ। पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको एनएचपीसीले जनाएको छ।...