रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन
नेपालअखबार,किभ । रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युतविहीन भएका छन् । रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ । यद्यपि, युक्रेनले भने रूसले बारम्बार ऊर्जा संरचनामा प्रहार गरिरहेको आरोप लगाएको छ ।
‘आज बिहान, अर्को रूसी आक्रमणले खेरसोनको विद्युत ध्वस्त पार्दा ४५ हजार मानिस अन्धकारमा परेका छन्,’ युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिगाले पत्रकार सम्मेलनमा बताए । फेब्रुअरी सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनी ऊर्जा प्रणाली र विद्युत गृहहरूमा निरन्तर हवाई आक्रमण गरिरहेको छ ।
त्यसैगरी, रूसले पनि युक्रेनलाई रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । मस्कोका अनुसार, मङ्गलबार रुसको बेलगोरोद क्षेत्र र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी...










