Sunday, August 9

समाज

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना
समाचार, समाज

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

नेपालअखबार,काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा नमोबुद्ध नगरपालिका–१मा केन्द्र स्थापना गरिएको हो । केन्द्रमार्फत नमोबुद्ध क्षेत्र एवं नगरका बारेमा जिज्ञासुलाई जानकारी दिइने छ । केन्द्र निर्माणका लागि कोइकाले रु २६ लाख र नमोबुद्ध नगरपालिकाले रु १० लाख लगानी गरेका नगरप्रमुख कुन्साङ लामाले बताए । केन्द्रसँगै स्थानीयस्तरमा उत्पादित जैविक सागसब्जी बिक्रीकक्ष पनि स्थापना गरिएको छ ।...
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
समाचार, समाज

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

नेपालअखबार,गुवाहाटी (भारत) । नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । १३ मार्च अर्थात् फागुन २९ गते राति १०:१० बजे आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा उनको निधन भएको पारिवारिक सदस्य रुद्र बरालले बताए । सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीमा जन्मेका उनी ९२ वर्षका थिए । १६ वर्षको उमेरमा प्रकाशित पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्य जगतमा उदाएका उनको पहिलो उपन्यास ‘बसाइँ’  वि.सं. २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो जुन उपन्यास उनको लेखकीय जीवनकै कोसेढुंगा सावित भयो । पछि साझा प्रकाशनबाट प्रकाशन हुन थालेपछि यो कृति सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल भयो । पाठ्यक्रममा समेत रहेको यो उपन्यासको अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद भएको छ भने यस उपन्यासको चलचित्र समेत बनेको छ । त्यसपछि पनि उ...
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
समाचार, समाज

अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’

नेपालअखबार,काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भएको छ । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गरेको हो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उनले भने, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।” त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ चार फन्को मारेपछि भर्खरै काठमाडौँमा अवतरण भएको फ्लाइट राडर्डले जनाएको छ । सँगै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केह...
आज फागु पूर्णिमा मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज फागु पूर्णिमा मनाइँदै

नेपालअखबार,काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व बिहीबार मनाइँदैछ। आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ। सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। यस पर्वका अवसरमा आइतबार काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। चीरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मयलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीर...
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
अर्थ, कृषि, समाचार, समाज

सागसब्जी बेचेर मासिक एक लाख आर्जन

नेपालअखबार,सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन् भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुनुहुन्छ रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आउएका छन् । विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहेका छन् । सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताए । उनको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् । उनको बारीमा दैनिक ज्यालादारीमा  तीन जना कार्यरत छन् । उनले भने, “अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार राखेको छ...
आज विश्वकै दोस्रो बढी प्रदूषित देश नेपाल
समाचार, समाज

आज विश्वकै दोस्रो बढी प्रदूषित देश नेपाल

नेपालअखबार,काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ । पहिलो स्थानमा भारत छ । वातावरण विभागका अनुसार आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब छ । त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको छ । त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैंसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ । यसैगरी चितवनको भरतपुर र धनकुटाको वायुको गुणस्तर पनि अति खराब स्तरमा छ । अहिले काभ्रेको धुलिखेल, इलाम र बाँकेको नेपालगञ्ज क्षेत्रको हावाको गुणस्तर पनि खराब स्तरमा रहेको विभागको वेबसाइटमा देखिन्छ ।...
होलीमा फेवाताल किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश निशुल्क
समाचार, समाज

होलीमा फेवाताल किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश निशुल्क

नेपालअखबार,पोखरा । पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन गत वर्षजस्तै यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम 'होलिल्याण्ड' हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट चौरमा फागुन २९ गते बिहीबार 'होलिल्याण्ड' कार्यक्रम हुने भएको हो । होलिल्याण्डको दोस्रो संस्करणमा पनि प्रवेश निशुल्क रहेको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । कार्यक्रममा डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहने उनले बताए । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक (विवेक गुरुङ) रहेका छन् । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् । कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहने स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले जानकारी दिए । । साथै होली...
प्रदेश खेलकुद परिषद गण्डकीले थाल्यो दशौं राष्ट्रिय खेलकुदको तयारी
समाचार, समाज

प्रदेश खेलकुद परिषद गण्डकीले थाल्यो दशौं राष्ट्रिय खेलकुदको तयारी

नेपालअखबार,पोखरा  । प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ । परिषदले मंगलबार प्रदेश खेलकुद संघहरुका बीच एक छलफल कार्यक्रम गरी तयारी सुरू गरेको हो । आगामी वर्ष २०८२ को जेठ ३ देखि १० गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि दर्ता छुट भएका खेलाडीहरुलाई चैत्र ५ गते सम्म दर्ताका लागि खुल्ला गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् । परिषदले पालिकातहबाटै खेलाडी छनौटका लागि तयारी सुरू गरिएको बताउँदै सदस्य सचिब शर्माले पालिका खेलकुद विकास समितिको समन्वयमा चैत्र १५ गते देखि २० गते भित्र पालिका छनौट गर्ने तथा चैत्र २५ गते भित्र जिल्ला छनौट सम्पन्न गर्ने गरी सबै जिल्ला खेलकुद विकास समिति र खेल संघहरुलाई पत्रचार गरिएको बताए । त्यसै गरी प्रदेशस्तरीय छनौट प्रतियोगिता चैत्र २६ गते देख...
पाकिस्तानमा हतियारधारी समूहद्वारा यात्रुवाहक रेल ‘हाइज्याक’
अपराध, विदेश, समाचार, समाज

पाकिस्तानमा हतियारधारी समूहद्वारा यात्रुवाहक रेल ‘हाइज्याक’

नेपालअखबार,इस्लामावाद । पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएको छ । समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो ।उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । उक्त रेल क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ । प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीहरूले जनाएका छन् । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले लडाकु समूहले रेलमा हमला गरेको पुष्टि गरे । यद्यपि, यस विषयमा उनले थप विवरण आउन बाँकी रहेको जनाएका छन् भौगोलिक विकटताका कारण सो क्षेत्रमा सरकारी अधिकारी तथा सुरक्षाकर्मी पुग्न समय लाग्ने उनको भनाइ छ । रेलवे विभागले सो क्षेत्रमा उ...
सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा
समाचार, समाज

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा

नेपालअखबार, मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन् । मोरङको बेलबारीस्थित बेतना सिमसारमा दुई वर्षअघि सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको थियो । हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् । सिमसारमा रहने कछुवा संरक्षणमा कम महत्व दिँदा कछुवा जोखिममा पर्न सक्ने सम्भावना बढ्दै गएको  प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए । विगतका वर्षहरूमा प्रशस्त मात्रामा सिमसारमा देखिने कछुवा, पछिल्ला वर्षहरूमा देख्न कम हुँदै गएको बेलबारी–११ का राजन पोख्रेल बताउछन् । राष्ट्रिय प्रकृति संरक्...