Sunday, August 9

समाज

नारायणघाट– बुटवल सडक: पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
अर्थ, समाचार, समाज

नारायणघाट– बुटवल सडक: पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

नेपालअखबार,नवलपुर।  चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ। नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा  ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ। गैंडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ। यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन्। निर्माण पूरा भएका पुलमा लिंकरोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए। विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ। केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन्। सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइ...
पाँच प्रदेशमा वर्षाको सम्भावना
समाचार, समाज

पाँच प्रदेशमा वर्षाको सम्भावना

नेपालअखबार,काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ। दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ। त्यस्तै  देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।...
आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै
समाचार, समाज

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै

नेपालअखबार,काठमाडौँ ।आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेकोमा त्यसयता हरेक वर्ष २१ मार्चलाई विश्वभर विविध कार्यक्रम गरी जातीय विभेद उन्मुलन दिवसकोरुपमा मनाउने गरिन्छ। नेपाल पनि उक्त महासन्धिको पक्ष राष्ट्र हो। दिवसको सन्दर्भमा नेपालमा पनि दलित नागरिक समाज र संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी जातीय विभेदको अवस्था र उन्मूलनका विषयमा छलफल गर्दैछन्। जातका आधारमा ठुलो असमानता र विभेदव्याप्त नेपालमा अहिले पनि जातीय विभेद र अत्याचारका असामान्य घटनाहरू भइरहेकै छन्। तर नेपालले सन् १९७१ मै उक्त महासन्धिलाई अनुमोदन गरेको थियो। नेपालले कानुन बनाएरै जातीय विभेद र छुवाछुतलाई दण्डनीय हुने व्यवस्था गरेको छ भने २०६३ सालमा पुन:स्थापित संसद्‌ले जातीय भेदभावमुक्त राष्ट्र घोषणा समेत गरे...
भँगेराको सङख्या बर्सेनि घट्दो
समाचार, समाज

भँगेराको सङख्या बर्सेनि घट्दो

नेपालअखबार,कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको संख्या घट्दै गएको पाइएको छ। पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो। भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो। ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए। अहिले ती सबै विगत भइसके,’ शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन्।’ आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन्। तीव्र रूपमा भइरहेको सहरीकरणलाई उनी भँगेरा विनासको कारण मान्छन्। भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि संख्या घट्दै जानु स्वाभाविक भएको उनको भनाइ छ। भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको उनी बताउँछन्। चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँग...
आज अन्तर्राष्ट्रिय खुसियाली दिवस
समाचार, समाज

आज अन्तर्राष्ट्रिय खुसियाली दिवस

नेपालअखबार,काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो । संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो। यो दिवस मनाउने सङ्कल्प भुटानले सुरु गरेको हो। भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो।...
सिन्धुपाल्चोकमा ठूलो परिमाणमा भेप बरामद
समाचार, समाज

सिन्धुपाल्चोकमा ठूलो परिमाणमा भेप बरामद

नेपालअखबार,काठमाडौं । सिन्धुपाल्चोक प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै भित्रिएको गाडीबाट ७४० पिस भेप बरामद भएको हो । बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले गएराति गाडी चेकजाँचको क्रममा भेप बरामद गरेको हो । ‘साना–ठूला बट्टामा प्याकिङ गरेको अवस्थामा ७४० पिस भेप छ, तर सिल लगाइएकाले हामीले खोल्न मिल्दैन’ प्रहरी स्रोतले भन्यो । उक्त भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।...
च्याउको मूल्य घट्यो
कृषि, समाचार, समाज

च्याउको मूल्य घट्यो

नेपालअखबार,काठमाडौं ।बजारमा डल्ले च्याउको मूल्य घटेको छ। उत्पादन बढी भएकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्। अहिले बजारमा च्याउ डल्ले, कन्य, राजा र सिताके गरी चार प्रकारका च्याउ पाइन्छन्। च्याउको प्रकार अनुसार मूल्य फरक हुन्छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बुधबारको तथ्यांक हेर्दा एक साताको तुलनामा डल्ले च्याउको मूल्य बढेको छ भने कन्य च्याउको मूल्य घटेको छ। बुधबार कालीमाटीमा डल्ले च्याउ प्रतिथोक मूल्य दुई सय ७० देखि तीन सय २०, कन्य च्याउ एक सय २० देखि एक सय ४० रूपैयाँमा कारोबार भएको छ। एक साता अघि कन्य च्याउ प्रतिकिलो थोक मूल्य न्यूनतम एक सयदेखि अधिकतम एक सय २० रूपैयाँ र डल्ले च्याउ तीन सयदेखि तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो। अहिले बजारमा डल्ले च्याउको उत्पादन बढी भएकाले च्याउको मूल्य घटेको च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए...
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
समाचार, समाज

बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

नेपालअखबार,मुस्ताङ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो ।बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजन आर्थिक वर्ष २०७३/७४ देखि निर्माण सुरु भएको उनले उल्लेख गरे । आयोजनाअन्तर्गत सञ्चालनमा रहेका सडक कालोपत्रतर्फ सानाठूला गरी सात र सडक ग्राभेलतर्फ ६ वटा सडक निर्माण सम्पन्न भएको आयोजनाका सूचना अधिकारी चापागाईंले जानकारी दिए । उनका अनुसार सडक कालोपत्रतर्फ म्याग्दीको बेनी कालीपुल, बेनी गलेश्वर, तातोपानीबाट कैकु, कैकुबाट कोवाङ, जोमसोम कागबेनी खण...
छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन
समाचार, समाज

छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

नेपालअखबार, पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३ गते चैत्राष्टमीको अवसरमा नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दिप प्रज्वलन कार्यक्रम गरिने भएकोछ । मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३ गते चैत्राष्टमीको अवसरमा जगतको शान्ति र सम्वृद्धि, लोककल्याण, नवग्रह शान्ति, पितृ उद्धार एवं दुर्गा मन्दिर शक्तिपीठ धामको श्रीवृद्धिको लागि विन्दवासिन मन्दिरका व्यासासिन पण्डित डा. भोला नारायण रेग्मी मुख्य वाचक र अन्य गुरुहरुद्वारा सहस्र सप्तचण्डी मन्त्रजाप, सहस्रवन, नवचण्डीपाठ, वेदपाठ, देवी महिमा प्रवचन, नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दिप प्रज्वलन एवं प्रसाद वितरण कार्यक्रम आयोजना गरिने भएको पत्रकार सम्मेलनमा वताइएको छ । कोटी दिप प्रज्ज्वलनको पूर्व सन्ध्यामा वाजा गाजा, भजन कृतन सहित शिव पार्वती झाँक...
च्याउ खाँदा दस जना बिरामी
समाचार, समाज

च्याउ खाँदा दस जना बिरामी

नेपालअखबार, तनहुँ। च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्ति टोलका दश जना बिरामी भएका छन्। म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दश जना बिरामी भएका हुन्। बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए। उनका अनुसार शुक्राबार साँझ उनीहरूले च्याउ खाएका थिए। बिमार सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ।...