५ महिनामा १२ वटा गैंडा मृत भेटिए
नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा पोथी रहेका छन् । तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो । मृत भेटिएका गैँडामध्ये तीन वटाको लिङ्ग पहिचान हुन नसकेको उनले बताए ।
यस्तै सोही अवधिमा एक वटा बाघ मृतावस्थामा भेटिएको छ । गत मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नन्दपुर घाटमा बाघसँग जुधेर अन्दाजी छ वर्षको बाघ मरेको उनले जानकारी दिए । यसैगरी पाँच महिनाको अवधिमा गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु भएका दुवै जना नवलपुर बर्दघाट सुस्तापूर्वका रहेको उनले बताए ।
निकुञ्जभित्रको अवैध गतिविधि नियन्त्रण गर्ने क्रममा एक सय ५०...










