Monday, August 10

समाज

हुम्लामा हिमपात, जनजीवन प्रभावित
समाचार, समाज

हुम्लामा हिमपात, जनजीवन प्रभावित

नेपालअखबार,सिमकोट (हुम्ला) । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको जानकारी दिए । सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रम...
चुरियामाई सुरुङमार्ग आजबाट हेटौंडा उपमहानगरलाई जिम्मा
प्रशासन, समाचार, समाज

चुरियामाई सुरुङमार्ग आजबाट हेटौंडा उपमहानगरलाई जिम्मा

नेपालअखबार, हेटौंडा । दक्षिण एसियाकै पहिलो मानिने मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदैछ । हस्तान्तरणपछि सुरुङलाई पर्यटकीय स्थलको रुपमा सञ्चालन गर्ने उपमहानगरपालिकाले जनाएको छ । वर्षौंदेखि जीर्ण सुरुङको पुनर्निर्माणपछि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सोमबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गर्न लागेको निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोख्रेलले जानकारी दिए । सुरुङको पुनर्निर्माण सम्पन्न एक वर्षअघि नै भइसकेको थियो । तर, प्राविधिक कारण देखाएर निर्देशनालयले उपमहानगरलाई हस्तान्तरण गर्न सकेको थिएन । ‘हामीले एक वर्ष अगाडि नै पुनर्निर्माण गरिसकेका थियौं । प्राविधिक कारणले हस्तान्तरण हुन नसकी ढोका बन्द गरेर राख्नुपरेको थियो,’ पोख्रेलले भने । निर्देशक पोख्रेलले उपमहानगर र निर्देशनालयबीच सहमति भएअनुसार मर्मतसम्भार प्रद...
धनगढीको शहीद गेटका पसलमा आगलागी
समाचार, समाज

धनगढीको शहीद गेटका पसलमा आगलागी

नेपालअखबार,धनगढी । धनगढीको शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड मूल्य बराबरको क्षति भएको छ । आइतबार साँझ शहीद गेटमा टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको आगो सँगैका अन्य पसलमा समेत फैलिएर बढी क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले विद्युतको तार सर्ट भएर लागेको आगो धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलको सहायताले राति नै नियन्त्रणमा लिइएको बताए । उनका अनुसार समीर मोबाइल ग्यालरीको मात्रै अन्दाजी ९/१० लाख बराबर क्षति भएको छ भने सुरेश पाठकले सञ्चालन गरेको श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।यस्तै, दिपेन्द्रप्रसाद पन्तले सञ्चालन गरेको अर्जुन आर्ट्समा अन्दाजी ८/९ लाख र मजिबुल अन्सारीले सञ्चालन गरेको लबली टेलरमा ४/५ लाख रुपैयाँ बराबरको क्षति भएको प्र...
ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु
विदेश, समाचार, समाज

ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि आगो लागेको थियो । प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय मिडियाहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको एक शहरबाट साओ पाउलो राज्यतर्फ गइरहेका थिए । ब्राजिलको सेरा गोचा पहाडमा अवस्थित ग्रामाडो शहर पर्यटकहरुबीच लोकप्रिय छ । यो शहर चिसो मौसम, लामो पैदलयात्रा र पारम्परिक वास्तकुलाका लागि प्रसिद्ध छ । क्रिसमसको बिदामा यो श...
हिउँद लागिसक्दा पनि मनाङमा परेन हिउँ
समाचार, समाज

हिउँद लागिसक्दा पनि मनाङमा परेन हिउँ

नेपालअखबार, मनाङ।  हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ। हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ। यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन। मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन्। स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन्। मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरूङ भन्छन्, ‘हामी खेती किसानी र पशुपालन गरेर जीविकोपार्जन गर्ने मान्छेलाई समस्या भएको छ। हिउँ नपरेपछि पानी हुँदैन, पानी नभए खेती। खै, के भएर होला! आजकल समयमा हिउँ पर्न छोड्यो।’ समयमा हिउँ नपर्दा सिँचाइको अभावमा मुख्यगरी किसानलाई समस्या भएको गुरूङको भनाइ छ।  ‘हिउँ परेको भए खेती पनि सप्रिन्थ्यो, त पानी नै पुग्दैन। किसानलाई त प्रकृतिले पनि ठग्न थाल्यो,’ उनले भने। केही वर्ष पहिलेसम्म हिउँ परेर यहाँका हिम...
सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी
समाचार, समाज

सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी

नेपालअखबार,दाङ।  केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो। वर्षौदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन्। पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो। अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ। 'वर्षामा घरभित्रै पानी आउथ्यो, पटक–पटक वडालाई भने, यसपटक भने सुनुवाइ भयो, अब घरभित्रै पानी पस्ने अवस्था आउने छैन,' विकले भने। वडाले तीन लाख बजेटमा कचेलीदेखि लामिडाँडासम्म ३३५ मिटर नाला निर्माण गरेको छ। यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङी विगतको वर्षादमा डुबानमा पथ्र्यो । गाउँको पानी निकास नहुँदा यसरी डुबान हुने गर्थ्यो। यहाँ पनि ‘पनफकुवा’ नाला निर्माण भएपछि त्यो समस्या पनि हटेको स्थानीय नदीमा चौधरीले बताए। 'पहिले वर्षा भयो की डुबानमा पर्थ्यो। अब निकासका...
बाँकेमा धान खेत घट्यो, उत्पादन बढ्यो
कृषि, समाचार, समाज

बाँकेमा धान खेत घट्यो, उत्पादन बढ्यो

नेपालअखबार,बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ । यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा बर्खे धानखेती गरिएकोमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकेमा यस वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व चार दशमलव चार मेट्रिकटन रहेको थियो । गत वर्ष बर्खे र चैते धान गरी ३४ हजार छ सय ७५ हेक्टर जमिनमा धानखेती गरिएको थियो । जसबाट एकलाख ४५ हजार छ सय ५३ मेट्रिकटन धान उत्पादन भएको थियो । गतवर्षको चैते र बर्खे धानभन्दा यस वर्ष चैतेबाहेक बर्खेधानको उत्पादननै एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन भएको छ ।  गत आवभन्दा यसवर्ष चार दशमलव २४ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका...
आइतबारदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन
समाचार, समाज

आइतबारदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन

नेपालअखबार,काठमाडौँ । काठमाडौँमा भोलिदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन २०२४ हुने भएको छ ।  त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो । सम्मेलन विभागको क्यामेरा भवन बल्खुमा हुनेछ । सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत हुने विभागले जनाएको छ । विभागका प्रमुख डा कुन्दन अर्यालले पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । सम्मेलनमा भारत, बङ्गलादेश र श्रीलङ्काका विज्ञहरूको प्रस्तुति रहेको छ । प्राध्यापक पी खरेलको ‘बहुच्यालन ...
श्रीमतीलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गर्ने, गराउने फ्रान्सका पुरूषसहित ५० जनालाई सजाय
अपराध, विदेश, समाचार, समाज

श्रीमतीलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गर्ने, गराउने फ्रान्सका पुरूषसहित ५० जनालाई सजाय

नेपालअखबार,काठमाडौँ । श्रीमतीलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गरेका र दर्जनौं अरू पुरूषलाई समेत बोलाएर बलात्कार गराउन लगाएका एक फ्रान्सेली पुरूषलाई बीस वर्ष कैद सजाय सुनाइएको छ। फ्रान्सेली नागरिक ७२ वर्षीय डोमिनिक पेलिकोलाई बिहीबार दक्षिण फ्रान्सको एभिन्यो सहरको अदालतले यो सजाय तोकेको हो। डोमिनिकको आमन्त्रणमा आएर उनकी श्रीमतीलाई बलात्कार र यौन दुर्व्यवहार गर्ने ५० जना अरू पुरूषलाई पनि तीनदेखि १५ वर्षसम्म कैद सजाय सुनाइएको छ। अदालतले तीमध्ये ४६ जनाले बलात्कार गरेको ठहर गरेको छ। त्यस्तै दुई जनालाई बलात्कार प्रयास गरेको र अरू दुई जनाले यौन उत्पीडन गरेकोमा दोषी ठहर गरेको छ। डोमिनिक अवकाशप्राप्त इलेक्ट्रिसियन र जग्गाको कारोबार गर्ने व्यक्ति हुन्। उनले श्रीमती जिजेल पेलिकोलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गरेका थिए। समान उमेरका उनीहरूले सन् १९७३ मा बिहे गरेका थिए। आर्थिक कारण...
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
विदेश, समाचार, समाज

जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु

नेपालअखबार,टोकियो । जापानमा शनिबार  आगलागीमा परी आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । टोकियोको दक्षिणी भागमा रहेको योकोसुकामा रहेको दुई तले घरमा बिहान आगलागी भएपछि ९२ वर्षीय पुरुष र उनकी ८९ वर्षीया श्रीमतीको मृत्यु भएको क्योडो न्यूजले जनाएको छ । सोही सहरको दुई तले अपार्टमेन्टमा आगलागी हुँदा ६८ वर्षीया महिलाको मृत्यु भएको छ । दक्षिणपश्चिम जापानको फुकुओकामा रहेको एउटा घरमा बिहानै अर्को आगलागी भएको थियो, जहाँ दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घरका पाँच जनामध्ये तीन जना फरार र दुई जना घाइते भएको प्रहरीले बताए ।...