Tuesday, August 11

समाज

विपदमा जीविकोपार्जनका माध्यम गुमाएकालाई न राहत न क्षतिपूर्ति
समाचार, समाज

विपदमा जीविकोपार्जनका माध्यम गुमाएकालाई न राहत न क्षतिपूर्ति

नेपालअखबार,पाँचथर। प्राकृतिक विपद्मा जीविकोपार्जनका माध्यम गुमाएका सर्वसाधारणले सरकारबाट राहत वा क्षतिपूर्ति केही नपाउँदा दैनिकी चलाउन मुस्किल परेको गुनासो गरेका छन्। विगत तीन वर्षदेखि निरन्तर बाढीपहिराको सामना गर्दै आएका यहाँका नागरिकले खेती लगाइएको जमिन, बालीनाली, पशुचौपाया तथा पशुपक्षी गुमाउनुपरेको छ। जीविकोपार्जनका माध्यम नै बाढीपहिराले नष्ट गरेपछि समस्यामा परेका सर्वसाधारण सरकारले सहयोग गर्ने अपेक्षामा बसिरहेका छन्। याङवरक गाउँपालिका–१ खोलाघारीमा जन्मे हुर्केका पञ्चध्वज राईको परिवारको बसोबास भने नजिकैको च्याङथापू बजारमा छ। खोलाघारीका दुई स्थानमा सात रोपनी जमिनमा रहेको अलैँची बगान राईको परिवार चलाउने आधार थियो। गत वर्ष अलैँचीमा रोग कीराको खासै समस्या पनि थिएन। अलैँचीको मूल्य उकालो लाग्दै थियो। तर बगान नजिकै रहेको मेवाखोलामा विसं २०८० असार २ गते आएको बाढीले राईको अलैँची बगान...
पशुपति क्षेत्रमा  माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
धर्म/संस्कृति, समाचार, समाज

पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध

नेपालअखबार,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्पादन, बिक्री तथा सेवनमा प्रतिबन्ध लगाएकोृ  छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर गर्दै मङ्सिर १३ देखि १५ गतेसम्मका लागि माछामासु, मदिरा तथा नशालुपदार्थहरू उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी निषेध गरिएको जानकारी दिए । कसैले निषेध गरिएको गतिविधि गरेको पाइएमा कारबाही गर्ने काठमाडौँ प्शासनले चेतावनी दिएको छ । काठमाडौँ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बालाचतुर्दशी पर्वको सुरक्षाका लागि पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षालगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राखे उद्देश्यले देहाएका चार किल्लाभित्र...
काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा
समाचार, समाज

काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा

नेपालअखबार,काठमाडौँ । काठमाडौँ विश्वको प्रदूषित सहरको सातौँ स्थानमा देखिएको छ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले देखाएको हो ।  बिहीबार अपरान्ह १२ बजेर १९ मिनेटमा विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा देखिएको हो । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १२ः १९ बजे काठमाडौँको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई छ । उक्त सूचाङकअनुसार पहिलो स्थानमा पाकिस्तानको लाहुर छ । सो समयमा यहाँको वायु प्रदूषणको मात्रा ४७७ आईक्यूआई देखिएको छ । यस्तै, दोस्रोमा भारतको दिल्ली छ । यहाँ मात्र ४३७ आईक्यूआई देखिएको छ । यस्तै, क्रमशः इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची लगायत सहरमा बढी वायु प्रदूषण देखिएको छ । वायु प्रदूषण बढेसँगै वातावरण विभागले सावधानी अपनाउन आग्रह ग...
परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान
राजनीति, समाज

परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्यान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरेका छन् । भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उनी चीन गएकी हुन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री डा राणा...
गोरखामा अन्तरजातीय विवाह गर्ने १९ जोडी सम्मानित
समाचार, समाज

गोरखामा अन्तरजातीय विवाह गर्ने १९ जोडी सम्मानित

नेपालअखबार,गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । ‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलितबीच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उनले भने, ‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’ पालिका भित्रका सबै वडामा दलित र गैह्रदलितबीच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रमबीच मंगलबार उनीहरूलाई सम्मान गरिएको उनले जानकारी दिए । ‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परि...
वैदेशीक रोजगारमा ७ वर्ष बिताएर फर्केपछि सुरू गरे च्याउखेती, कमाउँछन् महिनामै डेढ लाख
कृषि, समाचार, समाज

वैदेशीक रोजगारमा ७ वर्ष बिताएर फर्केपछि सुरू गरे च्याउखेती, कमाउँछन् महिनामै डेढ लाख

नेपालअखबार,सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै च्याउखेती गरी राम्रो आम्दानी गरिरहेका छन्। सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए। पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए। उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख सजिलै बचत हुने गरेको छ। हाल उनीहरुले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन्। च्याउ बजारमा थोकमा प्रतिकेजी १७० रूपैयाँमा र फर्ममै किन्न आउने व्यापारीलाई १५० रूपैयाँमा बिक्री गर्ने गरेको उनले बताए। 'च्याउ बिक्रीका लागि बजारको समस्या छैन। उत्पादन भएको च्याउ धरान, इटहरी, इनरूवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थ...
स्याङ्जाका विद्यार्थी पढ्दै, कुखुरापालन गर्दै
अर्थ, कृषि, शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

स्याङ्जाका विद्यार्थी पढ्दै, कुखुरापालन गर्दै

नेपालअखबार,वालिङ (स्याङ्जा) ।  ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् । प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन् । विद्यालय परिसरमा  गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ । पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ । ‘विद्यालय परिसरमा विद्यार्थीको प्रत्यक्ष रेखदेखमा कुखुरापालन गरिएको छ’, उनले भने, ‘विद्यालय सञ्चालन भएका दिनमा विद्यार्थीले रेखदेख गर्ने भए पनि बिदाका दिनमा भने छुट्टै कर्मचारीको...
गुल्मीमा धान उत्पादन बढ्यो
कृषि, समाचार, समाज

गुल्मीमा धान उत्पादन बढ्यो

नेपालअखबार,गुल्मी । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन  धान फलेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ । गत वर्ष सात हजार चार सय ३९ हेक्टरमा धानखेती गरिएकामा यो वर्ष सात हजार दुई सय ८८ हेक्टरमा त्यो सीमित रह्यो । समयमा वर्षा, उन्नत तथा हाइब्रिड बीउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको हो गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ । यस वर्ष बर्खे धान एक हजार दुई सय ८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ । जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीक...
स्याउको राजधानी मार्फामा बढ्दै पर्यटक
पर्यटन, समाचार, समाज

स्याउको राजधानी मार्फामा बढ्दै पर्यटक

नेपालअखबार,म्याग्दी ।  घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए। “दुुई/तीन वर्षअघिसम्म छिटपुुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो”, उनले भने, “बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ ।” चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबैभन्दा धेरै पर्यटकहरु झुम्मिएका भेटिन्छन् । जेरी चलचित्र छायाङ्कन भएपछि गल्लीको नाम भक्तिगल्लीबाट जेरी भएको छ । स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेर टाँसेका...
बुढापाकालाई गाउँ रित्तिने चिन्ता
समाचार, समाज

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

नेपालअखबार,बागलुङ  । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरू सुनसान बन्दै गएका हुन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन्। शिक्षा, स्वास्थ्य, यातायात, विद्युतलगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका–५ बिहुँका डिलाराम पुनले बताए। एक दशक अगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पुर्‍याउने मान्छे नपाइने अवस्था आउको उनको भनाइ छ। बसाइँसराइ बढेपछि गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिएको उनले सुनाए। ‘यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, सक्नेहरू सबै सहर छिरे, गाउँमा गरिब वर्ग मात्रै छन्, युवाहरू विदेश छन्, हामी बुढाब...