Tuesday, August 11

समाज

स्याउको राजधानी मार्फामा बढ्दै पर्यटक
पर्यटन, समाचार, समाज

स्याउको राजधानी मार्फामा बढ्दै पर्यटक

नेपालअखबार,म्याग्दी ।  घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए। “दुुई/तीन वर्षअघिसम्म छिटपुुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो”, उनले भने, “बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ ।” चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबैभन्दा धेरै पर्यटकहरु झुम्मिएका भेटिन्छन् । जेरी चलचित्र छायाङ्कन भएपछि गल्लीको नाम भक्तिगल्लीबाट जेरी भएको छ । स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेर टाँसेका...
बुढापाकालाई गाउँ रित्तिने चिन्ता
समाचार, समाज

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

नेपालअखबार,बागलुङ  । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरू सुनसान बन्दै गएका हुन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन्। शिक्षा, स्वास्थ्य, यातायात, विद्युतलगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका–५ बिहुँका डिलाराम पुनले बताए। एक दशक अगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पुर्‍याउने मान्छे नपाइने अवस्था आउको उनको भनाइ छ। बसाइँसराइ बढेपछि गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिएको उनले सुनाए। ‘यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, सक्नेहरू सबै सहर छिरे, गाउँमा गरिब वर्ग मात्रै छन्, युवाहरू विदेश छन्, हामी बुढाब...
व्यावसायिक सिँगडा खेतीबाट गाउँमै मनग्य आम्दानी
अर्थ, कृषि, समाचार, समाज

व्यावसायिक सिँगडा खेतीबाट गाउँमै मनग्य आम्दानी

नेपालअखबार,राँझा (बाँके) । जानकी गाउँपालिका-२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडा खेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै मनग्य आम्दानी गर्न सफल भएका छन् । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै चार लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर वर्षौंदेखि सिँगडाखेती गर्दै आएका छन् । ‘अहिले सिँगडाको याम हो, यामभर ६० क्विन्टलभन्दा बढी सिँगडा बिक्री गर्छु, क्विन्टलको रु छ हजारका दरले बिक्री भइरहेको छ’, उनले भने, ‘व्यापारी गाउँमै सिँगडा खरिद गर्न आउँछन्, बिक्री गर्न समस्या छैन ।’ एकपटक बीउ लगाएपछि यामभरमा तीन पटकसम्म सिँगडा टिप्न मिल्छ । सिँगडा खरिद गर्न नेपालगञ्जबाट खुद्रा व्यापारी गाउँमा नै आउने गरेका छन् । माग बढी आएका बेलामा चार–पाँच जना ज्यालादारी मजदुर लगाएर सिँ...
हिउँद लागेसँगै बढ्यो आगलागीका घटना
समाचार, समाज

हिउँद लागेसँगै बढ्यो आगलागीका घटना

नेपालअखबार,काठमाडौँ । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन्। कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ। प्राधिकरणले उपलब्ध गराएको मंसिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो। प्राधिकरणका अनुसार मंसिर १ गते ११ वटा विपद्का घटना भएका थिए। त्यसमध्ये आठ वटा आगलागीका मात्रै घटना थिए भने जनावरको आक्रमणबाट एक जना र लेक लागेर एक जनाको मृत्यु भएको थियो। मंसिर २ गते विपद्का १२ वटा घटनालाई प्राधिकरणले समावेश गरेको छ। त्यसदिन पनि विभिन्न आठ स्थानमा आगलागी भएका थिए। झापाको दमकमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो। यस्तै, मुस्ताङमा लेक लागेर एक जना र सुनसरीमा अर्नाले हानेर एक जना घाइते भएका थि । मंसिर ३ गते दुई वटा घटनामात्रै भएका प्राधिकरणले जनाएक...
बेवारिसे नवजात शिशुको सहनी परिवारले लियो जिम्मा
समाचार, समाज

बेवारिसे नवजात शिशुको सहनी परिवारले लियो जिम्मा

नेपालअखबार,रौतहट । रौतहटको सदरमुकाम गौरस्थित खेतमा बेवारिसे अवस्थामा फेला परेकी नवजात शिशुलाई एक परिवारले रितपूर्वक जिम्मा लिएको छ। गत कार्तिक १५ गते रातिदेखि प्रादेशिक अस्पताल गौरमा पालनपोषण गरी राखिएको बालिकालाई सोमवार यमुनामाइ गाउँपालिका–१ जेठरहिया निवासी  रघुनाथ सहनी र उनको श्रीमती अनिता सहनीले जिम्मा लिएका हुन्। जिल्ला अदालत रौतहटबाट सम्पूर्ण प्रक्रिया पूरा गरी बालिकालाई सहनी परिवारले जिम्मा लिएको अस्पताल विकास समितिका अध्यक्ष अनवरले बताए। गत कार्तिक १४ गते राति जन्मिएको उक्त नवजात शिशुलाई कसैले गौर नगरपालिका सबगढा गाउँ छेउको खेतमा फालेर गएको थियो। गत कार्तिक १५ गते बिहान बच्चा रोइरहेको आवाज सुनेर स्थानीयले शिशु लाई उठाएर प्रादेशिक अस्पताल गौरमा पुर्‍याएको थियो। केही घण्टा खेतमा रहेकी शिशुको हातको औँलाहरूमा कमिलाले टोकेर घाउ खत बनाएको थियो। प्रादेशिक अस्पतालमा उपचारपछि सुरक...
अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह
समाचार, समाज

अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह

नेपालअखबार,काठमाडौँ । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चार माध्यमलाई निवेदन दिन आग्रह गरेको छ । काउन्सिलको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रम अनुसार मोफसलमा रहेका पत्रकार तथा सञ्चार माध्यमहरूलाई विभिन्न सुविधा उपलब्ध गराइँदै आएकोले ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिन आग्रह गरिएको हो । छनौटमा परेका आवेदकले ल्यापटप खरिद ४० प्रतिशत, क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान पाउनेछन् । एक पत्रकार वा सञ्चार गृहबाट एकमात्र सुविधाको लागि आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दुर्गमका स्थानीय सञ्चार माध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने बताइएको छ । निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने सूचनामा उल...
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
शिक्षा, समाचार, समाज

सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा

नेपालअखबार,काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष ओमप्रसाद दाहालले सीटीईभीटी तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले सो घोषणा गरेका हुन् । उपाध्यक्ष दाहालले आजदेखि तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै सबैले सीटीईभीटीका श्रीवृद्धिमा लाग्न आग्रह गरे । उनले सुशासनलाई मूल मन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्ने बताए । उनले सरोकारवाला पक्षसँग बसेर सीटीईभीटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरू खोजी त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने आवश्यकता औँल्याए । देशभरका आम युवाहरूमा प्राविधिक शिक्षाको पहुँच पुर्याउन सातवटै प्रदेशमा प्राविधिक शिक्षाप्रति अवेरनेस क्याम्पियन गर्नुपर्ने बताए । उनले सीटीईभीटीप्रति जायज माग छन् भने त्यसलाई वार्ता र संवादबाट समाधान गर्ने आश्वासन दिए । ...
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
समाचार, समाज

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव

नेपालअखबार, कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि हन्टिङ)लाई महोत्सवका रुपमा गरिने भएको छ। अन्नपूर्ण गाउँपालिका प्रबर्द्धक रहेको हनी हन्टिङ महोत्सव यही मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ। पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको लान्द्रुकको महभिरमा एक सय वर्षअघिदेखी परम्परागत रुपमा मह काढ्दै आइए पनि पछिल्लो समय पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव गर्दै आएको महोत्सव आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए। लान्द्रुकस्थित मोदी खोलाको किनारस्थित कोटेसाङ भिरमा मौरीका घार रहेका छन्। भिरमा जोखिम मोलेर भिरौटेले काढेर ल्याएको प्राकृतिक मह स्वास्थ्यप्रद्र्धक समेत मानिन्छ। 'हनी हन्टिङको ऐतिहासिक र सांस्कृतिक महत्वको बारेमा जानकारी गराउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नेछौँ । महभिरमा गएर मह काढ्ने...
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
विदेश, समाचार, समाज, स्वास्थ्य

हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट

नेपालअखबार,काठमाडौँ । कुनै पनि गम्भीर रोगबाट सुरक्षित रहनका लागि शरीरका लक्षणहरूमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी हुन्छ । सानै उमेरमा मानिसमा दीर्घकालीन रोगको जोखिम बढ्दै गएको अवस्थामा त पहिलेदेखि नै आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ । समयमै रोग पत्ता लगाउन चिकित्सकको सल्लाह नियमित लिइरहनुपर्छ । पहिले पनि कुनै रोग लागिसकेको व्यक्तिहरूले त अझ बढी सावधानी अपनाउनुपर्छ । आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहनुहुन्छ र रोगबाट टाढा रहन चाहन चाहनुहुन्छ भने तपाईँले केही प्रकारको परीक्षण गर्नु आवश्यक छ । तपाई स्वस्थ नै हुनु हुन्छ भने पनि केही परीक्षण चाँहि गराउनुपर्छ । नियमित रूपमा गराउनुस् आफ्नो स्वास्थ्य जाँच पछिल्लो समय अधिकांशले आफ्नो जीवनशैली र खानपानमा गडबडी गरिरहेका छन् । यो बानीका कारण सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढेको चिकित्सकहरू बताउँछन् । २० वर्ष मुनिका मानिसह...
बजार पठाउने बेला हुन लागेका सुन्तला झर्न थाले बोटबाट
कृषि, समाचार, समाज

बजार पठाउने बेला हुन लागेका सुन्तला झर्न थाले बोटबाट

नेपालअखबार,म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्। सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेका छन्। बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए। कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको हो। 'बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्,' बेनी–४ वडासदस्य समेत रहेका खत्रीले भने, 'बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ।' गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना संकलन गरेर परीक्षणका लागि लगेका छन्। प्रयोगशालाको प्रतिवेदन...