Saturday, August 15

समाज

पूर्वेली लोक शैलीको  ‘हावै सिरिरी’ सार्वजनिक  ( भिडियो )   
समाचार, समाज, साहित्य \कला

पूर्वेली लोक शैलीको  ‘हावै सिरिरी’ सार्वजनिक  ( भिडियो )  

नेपालअखबार, काठमाडौं ।   गायक बिशाल राईको डेब्यु गीत 'हावै सिरिरी' सार्वजनिक भएको छ। पूर्वेली लोक शैलीको आधारित यस गीतमा शब्द डी. पी खनालको रहेको छ।  यस गीतमा  संगीत संयोजन गायक, संगीतकार तथा संगीत संयोजक मनोज थापा मगरको रहेको छ। रहरलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् गायक बिशाल राई।   उमेरले ५३  वर्ष पार गरेका गायक राईको जोश कुनै  युवाको भन्दा कम छैन।  स्टुडियो भर्सनमा सार्वजनिक भिडियोमा स्वयम् गायक राई फिचर्ड छन्।  भिडियो 'मनोज थापा मगर' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  गायक राईले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।...
जलवायुको उच्च जोखिम भएका देशमध्ये नेपाल १०औं स्थानमा
समाचार, समाज, हाइलाइट-समाचार

जलवायुको उच्च जोखिम भएका देशमध्ये नेपाल १०औं स्थानमा

नेपालअखबार, काठमाडौँ । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ । ‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकाङ्क (२०००–२०१९) को अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा छ । जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले बर्सेनी मानवीय तथा आर्थिक नोक्सानी व्यहोर्दै आएको नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ आर्थिक सर्वेक्षणमा उल्लेख छ । जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था हुँदै आएका छन् । जल...
थपियो १,६४० हेक्टर जमिनमा सिँचाइ सुविधा
प्रशासन, समाचार, समाज

थपियो १,६४० हेक्टर जमिनमा सिँचाइ सुविधा

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्ष १ हजार ६ सय ४० हेक्टर जमिनमा थप सिँचाइ सुविधा पुगेको छ । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार फागुनसम्ममा सो क्षेत्रफलमा सिँचाइ सुविधा पुगेर हालसम्म १५ लाख ५७ हजार १ सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो । संघीय आयोजनाहरूबाट २०८० असार मसान्तसम्म कुल १५ लाख ५५ हजार ५ सय ८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म सतह तर्फ ६२० हेक्टर, लिफ्टतर्फ २७० हेक्टर भूमिगततर्फ ७०० हेक्टर र जलाशयतर्फ ५० हेक्टर गरी थप १ हजार ६ सय ४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । यस समेत गरी हालसम्म १५ लाख ५७ हजार १ सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा पुगेका क्षेत्रमध्ये ६५.७ प्रतिशतमा सतह सिँचाइ पुगेको छ भने ३४.१ प्रतिशतमा भूमिगत सिँचाइ सुविधा पुगेको सर्वेक्षणमा उल्लेख छ । २०७९ फागुनसम्म कुल सिँचाइयोग्य जमिन ...
विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति
शिक्षा, समाचार, समाज

विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति

नेपालअखबार,काठमाडाैं । विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताउनु भएकाे छ । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नुभएका डा. माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरकृया गर्दै उक्त कुरा बताउनु भएकाे हाे । स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्ने कुरामा जोड दिँदै डा. माङले भूराजनिती र विकसीत भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले गर्दा त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको पनि जिकीर गर्नुभयाे । कार्यक्रममा उपस्थित तीस जना विद्यार्थीहरूलाई लक्षित गर्दै डा. वाङ होउ माङले अन्वेषण गरी नयाँ कुराहरू पत्ता लगाउँदाको सुखद् क्षणहरूको चर्चा गर्दै विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन दिनुभय...
भारतको राजकोटमा आगलागी हुँदा २८ जनाको मृत्यु
विदेश, समाचार, समाज

भारतको राजकोटमा आगलागी हुँदा २८ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको हो । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । ‘आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ । शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ । सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो । अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ । गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ । तर आधिकारिकरुपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन । त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइ...
टिमुर खेतीलाई व्यवसायीकरण गर्न माग
कृषि, समाचार, समाज

टिमुर खेतीलाई व्यवसायीकरण गर्न माग

नेपालअखबार,बुटवल । टिमुरको व्यवसायिक खेती गरी आर्थिक लाभ लिन सकिने भन्दै सरोकारवालाले यसमा लगानी गर्न सरकारसँग माग गरेका छन् । दाङको लमहीमा भएको पहिलो टिमुर सम्मेलनमा सहभागीहरुले लुम्बिनी प्रदेशका ६ वटा पहाडी जिल्लामा टिमुर उत्पादन हुने गरेको भए पनि यसको व्यवसायीकरण हुन नसकेको औंल्याए । लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा भएको टिमुर सम्मेलनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई व्यवसायीकरण गरेर जनताको जीवनस्तर बदल्न सकिने बताए । टिमुर भान्सामा प्रयोग हुने एक खालको मसला मात्र नभई औषधियुक्त जडीबुटी भएकाले यसलाई वैज्ञानीकरण र व्यवसायीकरण गर्न सके विदेश निर्यात गर्न समेत सकिने उनले बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रममा टिमुर खेती प्रवर्द्धनलाई प्राथमिकता दिन उनले सुझाए । प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री ...
नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) कास्की जिल्लाको नेतृत्वमा रसाइली
राजनीति, समाचार, समाज

नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) कास्की जिल्लाको नेतृत्वमा रसाइली

नेपालअखबार, पाेखरा ।  नेकपा (एकीकृत समाजवादी) निकट जनसँगठन नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को कास्की जिल्लामा सुक बहादुर रसाईलीको नेतृत्वमा ११ सदस्य कमिटि गठन भएको छ l भेलाको अध्यक्षता पार्टी जिल्ला कमिटि अध्यक्ष खड्क बहादुर हमाल, प्रमुख अतिथि स्थाई कमिटी सदस्य तथा पूर्व मन्त्री तुल बहादुर गुरुङ, विशेष अतिथि पोलिट व्युरो सदस्य दिलु पन्त, विशेष अतिथि नेपाल रिटर्नी एशोसिएशनका केन्द्रीय अध्यक्ष, जिल्ला पार्टी उपाध्यक्ष पूर्ण लामा लगाएतको नेताहरुको उपस्थितिमा कास्की जिल्ला पार्टी कार्यालयको हलमा सम्पन्न भएको छ l स्वदेश फर्किएका नेपालीहरुलाई गोल्बंध गर्दै पार्टी संगठनमा जोड्ने कार्य रिटर्नी एशोसिएशनले गरेकोमा खड्क बहादुर हमालले रिटर्नी टिमलाई शुभकामना दिएका छन् l प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तुल बहादुर गुरुङले अहिलेको वर्तमान नेपाली अवस्थालाई रिटर्नी टिमले अंगालेकोमा खुशी सहित शुभकाम...
ढोरपाटनमा १० महिनामै साढे चार करोड राजस्व सङ्कलन
पर्यटन, समाचार, समाज

ढोरपाटनमा १० महिनामै साढे चार करोड राजस्व सङ्कलन

नेपालअखबार,  ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमेत वृद्धि हुन थालेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ४८ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । खास गरी ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन् । विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिँदै आएको छ । अघिल्लो आवमा तीन करोड ४८ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएकामा यो आवको अन्त्यमा दोब्बर सङ्कलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ । ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ । पहिलो याम (असोज–मङ्सिर) र दोस्रो सिजन (फागुन–वैशाख) हो । यस वर्ष दुई याममा ३० वन्यजन्तुको सिकार भएको छ । चालु आवमा सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै चार करोड २६ लाख रुपैयाँ र...
गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन
समाचार, समाज, स्वास्थ्य

गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन

नेपालअखबार, काठमाडौँ । यदि तपाईंको घाँटी लगातार सुख्खा भइरहेको छ, तपाईंलाई रिंगटा लागिरहेको छ, तपाईंको आँखा रातो भएको छ वा गर्मीमा पानीको कमीले तपाईंको पिसाब पहेँलो हुँदैछ भने यो तपाईंको स्वास्थ्यको लागि चेतावनी संकेत हुन सक्छ। शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईंको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यी प्रभावहरूलाई  डिहाइड्रेसन भनिन्छ अर्थात् शरीरमा पानीको कमी । डिहाइड्रेसनका कारण अवस्था गम्भीर पनि हुनसक्ने डाक्टरहरु बताउँछन् । गर्मीमा लगातार पसिना आउँदा शरीरमा पानीको मात्रा मात्र कम हुँदैन, शरीरमा नुनको मात्रा पनि कम हुन्छ । कार्यालयमा काम गर्नेहरु एसीमा बस्दा पसिना आउँदैन भनेर सोच्नु हुन्छ होला । तर सधैँ एसीमा बस्दा तिर्खा कम हुन्छ। स्वास्थ्य विज्ञहरू भन्छन् कि यसले तपाईंको शरीरमा प्रतिकूल र दीर्घकालीन प्रभाव पार्न सक्छ। देशका धेरै ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि छ ...
बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
मनोरञ्जन, समाचार, समाज

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक

नेपालअखबार, काठमाडौँ । कलाकार बिराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा एक पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो । निकै मार्मिक र मनमोहक शब्द मिश्रित पोइट्रीले मानिसको जीवन संघर्षलाई चित्रित गरेको छ । थिएटर नाटकमा अब्बल बास्कोटाले यस पोइट्रीलाई राम्रो न्याय गरेको देखिन्छ । विभिन्न टेलिश्रृंखला तथा दुई दर्जन बढी म्युजिक भिडिओमा आफ्नो कला प्रस्तुत गरिसकेका उनको ‘कालो प्रकाश’ पहिलो म्युजिकल पोइट्री हो । 'नेपालमै पहिलोपटक हामीले फरक तरिकाले गरेका छौ । मैले अभिनयमा बेस्ट दिन कोसिस गरेको छु र दर्शकले मन पराउनेमा विश्वस्त छु ।' कलाकार बास्कोटाले भने । पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गरेका छन् भने उनकै आवाजमा भरिएको छ । बिषम आचार्यको संगीतमा निर्माण भएक...