तीन महिनामा मरे तीन पाटेबाघ
नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ।
जिल्लामा गएको फागुनदेखि यही जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन्। निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभन्दा बाहिर रहेका जनावरको निकुञ्जले संरक्षणमा ध्यान नदिने र डिभिजन वन कार्यालयले आफ्नो इलाकामा रहेका वन्यजन्तुको गणना नगर्ने गरेका कारण यो क्षेत्र अहिले पाटेबाघका लागि असुरक्षित बन्दै गएको छ। यसअघि दुई भाले पाटेबाघ मृत फेला परेका थिए भने अहिले फेरि पोथी पाटेबाघ मृत फेला परेको हो।
विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासको विनयी खोला बगरमा पाटेबाघ देखेपछि स्थानीयले शव डिजिभन वन कार्यालय दुम्किबासलाई खबर गरेको थियो। खोला किनारमा चार र पाँच दिनदेखि स्थानीयले पाटेबाघ देखे पनि मानवीय क्षति हुन...










