Monday, August 17

समाज

दुध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान
कृषि, समाचार, समाज

दुध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

नेपालअखबार, चितवन । दुध बिक्री घटेपछि चितवनका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दुधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरूले सो मात्रामा दुध बिक्री गर्न नपाएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दुध नउठ्दा किसानले समस्या झेल्नु परेको हो । उनले दुध नउठ्दा समस्या भएको बताए । साउन यताको भुक्तानी रु ५२ करोड पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ । दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने चितवनबाट जिल्ला बाहिर दैनिक एक लाख ५० हजार लिटर दुध जाने गरेको छ । जसमध्ये ६० हजार लिटर दुध बिक्री हुन नसकेको हो । सरकारले किसानको पैसा दिने सहमति गरे...
अमेरिका-बेलायत पुग्छ धराने खुकुरी
समाचार, समाज

अमेरिका-बेलायत पुग्छ धराने खुकुरी

नेपालअखबार, सुनसरी ।  एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ । मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन,अन्तराष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंङगापुरलगायत धेरै वटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौं रुपैयाँ नेपाल भित्र्याइ रहेका छन् । धरानमा व्यावसायिक रुपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरैजना छन् । त्यसैमध्येका एक हुनुहुन्छ, घमान सिंह विश्वकर्मा । वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदे...
मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण
पर्यटन, समाचार, समाज

मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

नेपालअखबार, ताप्लेजुङ। फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ। पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुंगाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो। समितिद्वारा विनियोजित २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारी दिए। जम्मा दुई हजार ५० मिटरको प्राविधिक लागत अनुमान गरिएको उक्त योजनामा १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको छ । उपभोक्ता समितिद्वारा स्थानीयस्तरबाट श्रमदान जुटाएर १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको अध्यक्ष लेछर्बोले जानकारी दिए। उक्त पदमार्ग हुँदै फुरुम्बो, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका स्थानीय पाथीभरा मन्दिर जाने गरेको उपभोक्ता समितिका सचिव इन्द्र लेछर्बोले बताए। एक मिटर २० सेन्...
विवाहको निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य
प्रशासन, समाचार, समाज

विवाहको निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

नेपालअखबार, रूकुमपश्चिम। रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ  बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ। वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ। आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको जानकारी दिए। उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए। विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने/नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उनले बताए। वडामा यस वर्ष १० जोडीले...
हिमपातले कर्णाली राजमार्गको नाग्म–गमगढी सडक अवरुद्ध
समाचार, समाज

हिमपातले कर्णाली राजमार्गको नाग्म–गमगढी सडक अवरुद्ध

नेपालअखबार, मुगु । लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म– गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले पन्छाएर यातायात सञ्चालन गरेको थियो । शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि सडक पुनः अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारी साधन बाटोमै रोकिएका छन् । झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए । मौसममा सुधार आउना साथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने उनको भनाइ छ । कार्यालयले एक सूचना जारी गरी हिउँ निरन्तर परिरहेकाले यस खण्ड भएर यात्रा गर्ने सबैलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाउन अनुरोध...
आगलागीमा परेर एक जनाको मृत्यु
समाचार, समाज

आगलागीमा परेर एक जनाको मृत्यु

नेपालअखबार, सुनसरी। सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। स्थानीय विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ। कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन्। कटुवालले आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता) सम्बन्धी औषधि सेवन गर्दै आएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान
पर्यटन, समाचार, समाज

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान

नेपालअखबार, मुस्ताङ। पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो। एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए। लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको उनले बताए। ‘स्थानीयवासीले आवतजावतका लागि प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न सङ्केत चिह्न, सूचनापाटी राख्ने काम गरिएको छ,’ उनले भने, ‘केही ठाउँमा व्यवस्थित पदमार्ग बनाउन आवश्यक देखिएकाले योजना प्रस्ताव गरेर बजेट माग गरेका छौं।’ पुरानो पदमार्ग बेनी–जोमसोम र जोमसोम–कागबेनी–मुक्तिनाथ सडकका कारण विस्थापित भएक...
बन्द भएको ३० वर्षपछि तरेगणामै हाटबजार सञ्चालन, किसान खुसी
कृषि, समाचार, समाज

बन्द भएको ३० वर्षपछि तरेगणामै हाटबजार सञ्चालन, किसान खुसी

नेपालअखबार, सिराहा । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउका थिए । लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन् । गत माघ २८ गतेबाट नगरपालिकाले आइतबार र बिहीबार गरी हप्ताको दुई दिन गाउँमै कृषि हाटबजार सञ्चालन गरेपछि महतोजस्तै यहाँका अन्य व्यावसायिक किसान यतिबेला खुसी भएका छन् । ‘हामीलाई लहान बजारसम्म तरकारी बोकेर धाउन सास्ती थियो । कहिले अटोरिक्सा नपाउने त कहिले के समस्या’, किसान महतोले भने, ‘यो हाटबजार सञ्चालनसँगै हाम्रो उत्पादन यही बिक्रीवितरण गर्न पाएका छौँ । हामी एकदमै उत्साहित भएका छौं ।’ यतिखेरै तरकारी किन्ने ग्राहक आइपुग्छन् । तीन कि...
आज देशैभर मौसम बदलीभइ धेरै ठाउँमा वर्षा र हिमपात
समाचार, समाज

आज देशैभर मौसम बदलीभइ धेरै ठाउँमा वर्षा र हिमपात

नेपालअखबार, काठमाडौं । आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको छ । दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ । पश्चिम नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा भने शनिबारदेखि नै वर्षा र हिमपात भइरहेको छ ...
शालिन पोखरेल मृत्यु प्रकरण घटनाको गहन अनुसन्धान गर्न कांग्रेसको माग
समाचार, समाज

शालिन पोखरेल मृत्यु प्रकरण घटनाको गहन अनुसन्धान गर्न कांग्रेसको माग

नेपालअखबार, काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै  छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग पार्टीले जोडदार माग गरेको हो । केहि दिनअघि सोही स्कुलको होस्टेलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणहरूप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैँमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यस पछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति अत्यन्तै गम्भीर छ ।’ यो दुःखद क्ष...