टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि
नेपालअखबार, म्याग्दी। प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रंगिएको म्याग्दीको टोड्के क्षेत्रको जंगल आकर्षक गन्तव्य बनेको छ।
रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो।
टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए।
‘पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको लर्को लागेको छ,’ उनले भने, ‘टोड्केको दायाँ र बाँया रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ।’
मंगला–२ सहश्रधारादेखि नवविवाहित श्रीमतीलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन चङ्गा बनाएको अनुभव सुनाए।
‘गुराँस, चराको चिरविर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो,’ उनले भने, ‘हिमाल हेर्दै गुराँससँग रमाउँदा दिन बितेक...










