Saturday, May 9

समाज

मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा
समाचार, समाज

मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा

नेपालअखबार, कास्की । गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आज (आइतबार) उक्त पूजा आरधनासहित दिप प्रज्वलन गरिएको हो । समाजका अध्यक्ष तथा धर्मगुरु लामाले दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवंगत आत्मालाई शान्ति मिल्ने धारणा राखे । ‘आज विमान दुर्घटना भएको एक हप्ता भएको छ’, धर्मगुरु लामाले भने, ‘माघ १ गते १० देखि ११ बजेको समयमा भएको थियो । आज हामी सोही समय पारेर मोन्लम (प्रणिधान) पाठ बाचन गरेका छौं ।’ उनले एकपटक दुर्घटना भएको स्थानमा दोहोरिन सक्ने बताउदै भने, ‘धेरै विधी, ज्योतिष विज्ञान र तन्त्रले के भन्छ भने, अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्तीशान्ती पूजा गरिएन भने फेरिपनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास छ...
खुम्बुमा चिसोले पानी जम्न थाल्यो
समाचार, समाज, हाइलाइट-समाचार

खुम्बुमा चिसोले पानी जम्न थाल्यो

नेपालअखबार, सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ । खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन् । अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र रहेका १७  विद्यालयमध्ये १४ विद्यालय बन्द रहेको जनाइएको छ । यसपटक हिउँ नपरे पनि उच्च हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि खुम्बुवासीको दैनिकी कष्टकर बनेको स्थानीय तोया श...
ललितपुरको भैंसेपाटीमा आगलागी हुँदा एक जनाको मृत्यु
अर्थ, समाचार, समाज

ललितपुरको भैंसेपाटीमा आगलागी हुँदा एक जनाको मृत्यु

नेपालअखबार, ललितपुर। ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएका एक जना महिलाको मृत्यु भएको हो। धनकुटा घर भई हाल उक्त टहरामा बस्दै आएकी ३९ वर्षीय नम्रता राईको मृत्यु भएको एसपी पोखरेलले बताए। उनी उक्त टहरामा एक्लै बस्दै आएकी थिइन‍्। उनका अनुसार टहरामा पूर्ण रूपमा क्षति पुगेको छ। बिजुली सर्ट भएको हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। ललितपुर पुल्चोकबाट गएको दमकल र स्थानीय प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको थियो। बिहान ९ बजे पोष्टमर्टमको लागि शव पाटन अस्पताल पुर्‍याएको छ। प्रारम्भिक अनुमान अनुस...
कोटेश्वरमा कोइला बालेर आगो ताप्दा निसासिएर ४ जना गम्भीर
समाचार, समाज

कोटेश्वरमा कोइला बालेर आगो ताप्दा निसासिएर ४ जना गम्भीर

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरको सहयोगीनगरमा कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी भएका छन् । शुक्रबार राति ८ बजेतिर कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएको प्रहरीले जनाएको छ । बिरामी ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र उनको ३५ दिनको छोरा श्रीयाल खड्का रहेका छन् । घटना भएको थाहा हुनेबित्तिकै प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उद्धार गरि उनीहरूलाई सिभिल अस्पताल पुर्‍याएको थियो । अहिले तीन जनाको सिभिल अस्पतालकै आईसीयू कक्षमा उपचार भइरहेको छ भने छलमायालाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरिएको छ ।...
व्यवसायीलाई एकतावद्ध बनाउँदै व्यवसायको प्रवद्र्धन गर्दै टेवान
समाचार, समाज

व्यवसायीलाई एकतावद्ध बनाउँदै व्यवसायको प्रवद्र्धन गर्दै टेवान

नेपालअखबार,पोखरा । पर्यटन व्यवसायी महिल संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ ‘विजीनेश नेटवर्कीङ एण्ड फेलोसिप प्रोग्राम’ सम्पन्न गरेको छ । विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिबृद्धि गर्दै सामुहिक रुपमा व्यवसायिक सफलता हासिल गर्ने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिनुभयो । विभिन्न व्यवसायमा आवद्ध व्यवसायी एवम् व्यवसायिक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि सहित ९५ जनाको सहभागिता रहेको उहाँले बताउनुभयो । कार्यक्रममा टेवानका सल्लाहकार एवम् बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टर्राले व्यवसायिक सफलताका लागि सबै किसिमका व्यवसायीबीच समन्वय हुनु जरुरी रहेको बताउनुभयो । यस किसिमका कार्यक्रमले सामुहिक रुपमा व्यवसायिक सफलता हासिल हुने उहाँले बताउनुभयो । पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले पर्यटनसँग सम्बन्धित मात...
कृषि व्यवसायमा बदलिएको समाज
अर्थ, कृषि, समाचार, समाज

कृषि व्यवसायमा बदलिएको समाज

नेपालअखबार, रामपुर (पाल्पा) । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएकी छन्, भगवती देवकोटा । रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई चार पैसा कमाइ गर्छुभन्दा पनि समुदायबाटै अपहेलित हुनुपर्‍यो । हिजोआज भने सोही समुदायले उनको कृषिकर्मको खुलेरै प्रशंसा गरिरहेको सुनिन्छ । लामो समयसम्म यस व्यवसायमा रहेकी देवकोटाले धेरै अनुभव सङ्गालेको हुँदा छिमेकी पनि उनीसँग कृषि प्रविधि र तरकारी खेतीबारे जानकारी लिन पुग्छन् । समाजमा शिक...
आजको मौसम यस्तो छ
समाचार, समाज

आजको मौसम यस्तो छ

नेपालअखबार, काठमाडाै । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा भूभागमा सामान्य बदली, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई  स्थानमा हल्का हिमपात हुने सम्भावना छ। आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। हाल काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमबिद् बिनु महर्जनले जानकारी दिइन्।दिउँसो घाम लाग्ने भएकाले चिसो क्रमशः घटेर जाने उनले बताइन्। यद्यपि तराईका क्ष...
करोडौँ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन
समाचार, समाज

करोडौँ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन

नेपालअखबार, महेन्द्रनगर । कञ्चनपुरमा पालिकाहरुले कराडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन् । छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती नै छ ।  यहाँको बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरुले छाडा पशुका कारण बालीनाली नै नोक्सान पुर्याएको भन्दै आक्रोश व्यक्त गरिएपछि पछिल्लो समय जिल्ला समन्वय समितिमा छाडा पशु व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरिएको छ । विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौ रकम खर्च गरिसकेका छन् । कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्ष÷उपप्रमुखलाई दिइएको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जीहाउस बनाउन लागिएको बताए...
हुम्लामा हिमपात, जनजीवन कष्टकर
समाचार, समाज

हुम्लामा हिमपात, जनजीवन कष्टकर

नेपालअखबार, हुम्ला । हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ। विगत वर्षमा मंसिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो। हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ। यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो। सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ। लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्। गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ। लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्।...
खुकुरी प्रहार गरी साथीको हत्या
अपराध, समाचार, समाज

खुकुरी प्रहार गरी साथीको हत्या

नेपालअखबार, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथि पनि खुकुरी प्रहार गरेका थिए । भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए । गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ ...