Saturday, May 9

समाज

काठमाडौंमा सिभिल मलमा एक पुरूषले आफैंमाथि लगाए आगो
समाचार, समाज

काठमाडौंमा सिभिल मलमा एक पुरूषले आफैंमाथि लगाए आगो

नेपालअखबार, काठमाडाैं । काठमाडौंमा एक जना पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। बिहीबार पौने १२ बजे काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। अन्दाजी ३० वर्षीय विशान लामिछानेले आफैंमाथि आगो लगाएका हुन्। उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको एसपी मैनालीले बताए। उनको उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार रहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान प्रहरी वृत्त जनसेवाबाट भइरहेको छ।...
पोखरा महोत्सवमा बद्रीले नचाए पोखरेली धुर्मुस र माग्नेबुढाले हसाए
मनोरञ्जन, समाचार, समाज

पोखरा महोत्सवमा बद्रीले नचाए पोखरेली धुर्मुस र माग्नेबुढाले हसाए

नेपालअखबार,पोखरा  । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा बहुचर्चित लोकदोहोरी गायक बद्री पंगेनीले दर्शकहरुलाई नचाए भने हास्यब्यङ्ग्य मार्फत पोखरेली माग्ने बुढा र धुर्मुसले दर्शकहरुलाई हसाएका छन । बद्री पंगेनीले आफ्नो एकल प्रस्तुतीबाट स्टेजमा गाउन सुरु गर्दै दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी हास्यब्यङग्य मार्फत पोखरेली धुर्मुस र माग्ने बुढाको प्रहसन मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए । महोत्सवमा बद्री पंगेनी संगै जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती मार्फत युवाहरुलाई भरपुर मनोरन्जन लिएका थिए । युनाइटेड क्लवले आयोजना गरेको एघारौं संस्करणको पोखरा महोत्सवको आठौं दिन दर्शकहरुको उल्लेख्य सहभ...
वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पताल पुगे उपराष्ट्रपति पुन
समाचार, समाज

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पताल पुगे उपराष्ट्रपति पुन

नेपालअखबार, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् । उपराष्ट्रपति पुन आज बिहानै अस्पताल पुगेर वर्षमानको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् । भेटका क्रममा चिकित्सकहरूले नेता पुनको अवस्था क्रमिकरुपमा सुधार हुँदै गएको जानकारी गराएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । नेता पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए । उनलाई पुरानै समस्या देखिएको छ । उनी जन्डिस रोगबाट पीडित छन् ।...
यती एयर विमान दुर्घटना : काठमाडौं ल्याइएका शवको परीक्षण गरिंदै
प्रशासन, समाचार, समाज

यती एयर विमान दुर्घटना : काठमाडौं ल्याइएका शवको परीक्षण गरिंदै

नेपालअखबार, काठमाडौं । यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौं ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ । मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको सो अस्पतालले जनाएको छ । कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिनेछ । चालकदलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको बाँकी एक व्यक्ति अझै बेपत्ता रहेकाले खोजीकार्य जारी रहेको यती एयरलाइ...
महिनाको ३ सय र ५ सय रुपैयाँमा ५० र ८० एमबिपिएस स्पीडको इन्टरनेट सुविधा
अर्थ, प्रविधि, समाचार, समाज

महिनाको ३ सय र ५ सय रुपैयाँमा ५० र ८० एमबिपिएस स्पीडको इन्टरनेट सुविधा

नेपालअखबार, पोखरा । पोखरा, दमौली र लेखनाथ बासीले अब सस्तोमा इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन् । मंगलबार एक कार्यक्रमका बीच वाईफाई नेपालले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो । काठमाडौंमा सफलता पूर्वक सुरुवात भई संचालनमा रहेको यस इन्टरनेट सेवा प्रदायक संस्थाले महिनाको ५ सय रुपैयाँमा नै ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने वाईफाई नेपालका सिइओ शत्रुधन पञ्जियारले बताए । उनका अनुसार वाईफाई नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको इन्टरनेटको सुविधा दिइएको छ । ५० एमबिपिएस स्पीडको इन्टरनेटको सेवा महिनाको मात्र ३ सय ३३ रुपैयाँमा सेवाग्राहीले प्रयोग गर्न पाउनेछन् । ‘घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा इन्टरनेट सेवा विस्तार गर्न लागेका हौं । पोखरा, दमौली र लेखनाथमा एकैसाथ सेवा विस्तार गर्न लागेको खबर सुनाउँदा खुशी लागेको छ । आशा छ काठमाडौंमा जस्तै स...
 पोखरा म्याराथन सफल बनाउन महानगरले अपनत्व लिन्छ मेयर आचार्य
खेलकुद, पर्यटन, प्रदेश ४, समाचार, समाज

 पोखरा म्याराथन सफल बनाउन महानगरले अपनत्व लिन्छ मेयर आचार्य

नेपाल अखबार  पोखरा ।   पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं संस्करणको पोखरा म्याराथन सफल बनाउने सन्दर्भमा आयोजित अन्तक्रिया कार्यक्रममा मेयर आचार्यले उक्त कुरा बताएका हुन् । उनले भने “पोखरा म्याराथन पोखरा महानगरको आफ्नै कार्यक्रम हो । यसलाई सफल बनाउन पोखरा महानगरले सहकार्य सँगै आवश्यक कार्यहरु पुरा गर्नेछ ।” पोखरा म्याराथनले १६ औं सस्करण पुरा गरिसकेकोले पनि यसको आफ्नै गरिमा रहेको बताउँदै मेयर आचार्यले धेरै भन्दा धेरै पोखरेलीहरुलाई सहभागि गराउन सबै वडाहरुले तदारुकताका साथ अधि बढाउन पनि आफूले निर्देशन दिने बताउँदै पोखरा म्याराथनका रुटहरुको समेत मर्मत गराउनेतर्फ आफ्नो पहल हुने बताए । महानगर संग भगिनी सम्वन्ध रहेका मुलुकका खेलाडीहरुला...
 ईश्वर नेतृत्वको संयुक्त प्यानल वैदेशिक रोजगार व्यवसायीसँग अन्तरकृयामा  
राजनीति, समाचार, समाज

 ईश्वर नेतृत्वको संयुक्त प्यानल वैदेशिक रोजगार व्यवसायीसँग अन्तरकृयामा  

नेपाल अखबार । काठमाडौं  नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अन्तर्गत हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै ईश्वर नेतृत्वको  संयुक्त प्यानलले  व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ । ललितपुरको हिमालय होटलमा उक्त प्यानलले व्यवसायीहरूसँग अन्तरकृया कार्यक्रम गरको हो ।  व्यवसायी संघले ललितपुरका व्यवसायीका समस्या सुनी संघमा निर्वाचित भएपछि गर्न सक्ने सुधारका विषयमा प्रतिवद्धता समेत जनाएको छ । डा. जिसीको प्यानलले निर्वाचित भएको तीन महिनाभित्र संघको भवन निर्माण गर्न शुरु गर्ने, संख्या सयको प्रावधान खारेज, कामदारको महिनाको तलब बराबर हुने गरी सेवा शुल्क परिमार्जन, सबै प्रकारको सिण्डिकेटहरुको अन्त्य गरी वैदेशिक रोजगार कसुरलाई फौजदारी कानून अन्तर्गत नभई देवानी तथा वाणिज्य कानून अन्तर्गत फछर्यौट गराउनुपर्ने, संघको मध्यस्थतामा उजुरी प्रतिनिधिमार्फत फछर्यौटको व्यवस्था, पूर्व स्वीकृतिसम्बन्धी दफा १५ देखि १९ ...
आजकाे मौसम देशैभर हुस्सु र कुहिरो लाग्ने
समाचार, समाज

आजकाे मौसम देशैभर हुस्सु र कुहिरो लाग्ने

नेपालअखबार, काठमाडाैं । हाल काठमाडौं उपत्यकासहित देशैभर हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागमामा आंशिकदेखि सामान्य बदली रहने र तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ। आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। मौसमविदका अनुसार आज बिहान लागेको बादल अबेर खुल्ने तर कडा घाम नलाग्ने सम्भावना छ। ‘हाल लागिरहेको कुहिरो क...
गर्भवती खोज्दै वडावडामै पुग्छ यो गाउँपालिका
समाचार, समाज

गर्भवती खोज्दै वडावडामै पुग्छ यो गाउँपालिका

नेपालअखबार, रूकुम । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले वडावडामै पुगेर गर्भवतीको स्वास्थ्य जाँच गर्ने गरेको छ। उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्येक वडामा पुगेर गर्भ जाँच तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेको हो। पालिकाले गर्भवतीलाई सेवा दिने उद्देश्यले प्रत्यक वडामा तीन/तीन महिनामा शिविरको आयोजनागर्ने गरेको गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढाले जानकारी दिए। उनका अनुसार उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गर्भवती जाँच कार्यक्रमले पालिकाका विकट क्षेत्रका गर्भवतीलाई राहत मिलेको छ। पालिकाले दुई महिनायता गाउँपालिकाको १४ वटै वडामा पुगेर एक सय २१ गर्भवतीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। भिडिओ एक्सरे, स्वास्थ्य जाँच र परामर्श सेवा दिइएको उपाध्यक्ष बुढाले जानकारी दिए। 'केहीको अवस्था सामान्य नै छ,' उपाध्यक्ष बुढाले भने, 'उल्टो अवस्थामा रहेको, सालनाल तल झ...
पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ
पर्यटन, समाचार, समाज

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

नेपालअखबार,  रूकुम। पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो । लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो । लोकमार्गले नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा आएको छ । सडकले गाउँलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै स्थानीयवासीलाई सहजतासमेत प्रदान गरेको छ । पूर्वीरुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँमा अहिले दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तीन वर्ष अगाडि लोकमार्ग कालोपत्र भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको ...