ढल निर्माणका क्रममा वनस्थली क्षेत्रमा नयाँ ठूला खानेपानी पाइपलाइनमा क्षति
नेपालअखबार, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको खानेपानी वितरणका लागि विच्छ्याइएका प्रणालीका नयाँ ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका साना पाइपलाइनमा क्षति पुग्ने गरी कुनै पनि काम नगर्न÷नगराउन आग्रह गरेको छ । बिहीबार काठमाडौं चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत वनस्थली क्षेत्रमा ढल निर्माणको कार्य भइरहँदा निर्देशनालयबाट बिच्छ्याइएका नयाँ ठूला पाइपलाइनमा क्षति पुगेको जनाइएको छ ।
चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणका क्रममा खानेपानीका ठूला पाइपहरु रहेको चेम्बर देखिएको जानकारी गराएलगत्तै निर्देशनालयका आयोजना प्रवन्धक सहितको टोली र सडक विभागको टोलीले हिजै ढल निर्माण कार्यको निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा खानेपानीका पाइपलाइनमा क्षति नपुग्ने गरी काम गर्न निर्देशन दिएर टोलीहरु फर्के लगत्तै निर्माण व्यवसाय...










