Thursday, May 7

समाज

मन्त्री खानंले नेपालबाट साउदी अरब जाने उम्रह यात्रीलाई विदाइ गरे
धर्म/संस्कृति, समाचार, समाज

मन्त्री खानंले नेपालबाट साउदी अरब जाने उम्रह यात्रीलाई विदाइ गरे

नेपालअखबार, काठमाडाैं । मन्त्री अब्दुल खानंले नेपालबाट साउदीअरब उम्रह गर्न जान लागेका तिर्थ यात्रीलाई शुभकामना साथै सम्मान गरेका छन् । मन्त्री खानले तिर्थ यात्रीहरुलाई आज काठमाडौंको पन्च काश्मीरी तकिया मस्जिदवाट ३७ जना उम्रह यात्रीलाई विदाई गरेका छन् । सम्पूर्ण उम्रह यात्रीहरुलाई तपाईको यात्रा सफल रहोस साथै नेपाल र नेपालीको सुख, शान्ति र समृद्धिका लागि पवित्र धार्मिक स्थाल मक्कामा प्राथना गर्न मन्त्री खानले भने । संसद सेराज फारुकीले पनि सबै उम्रह यात्रीलाई बधाइ साथै शुभकामना दिए । उम्रह यात्री अनवार सिद्धिकीले ३७ जना नै बाके जिल्लावाट जान लागेको बताए । धार्मिक यात्रा २० दिनको रहने छ । यसलाई सानो हज समेत भन्ने गरिन्छ । हरेक वर्ष नेपालबाट मुस्लिम समुदायका व्यक्तिहरु तिर्थ यात्राका हज र उम्राहका लागि सायौ जाना जाने गर्छन् । हजमा यात्रामा कुर्बानी गरिन्छ भने उम्रह यात्रामा कुर्बानी गर...
श्रीमतीमाथि बञ्चरो हानेर भागेका श्रीमान मृत फेला
समाचार, समाज

श्रीमतीमाथि बञ्चरो हानेर भागेका श्रीमान मृत फेला

नेपालअखबार, नुवाकोट। नुवाकोटमा श्रीमतीमाथि बञ्चरो प्रहार गरी भागेका श्रीमान मृत अवस्थामा फेला परेका छन्। ककनी गाउँपालिका-२ चित्रेस्थित ३९ वर्षीय काले भन्ने माइला तामाङको शव मंगलबार फेला परेको हो। वडा नम्बर १ नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले जानकारी दिए। डिएसपी खड्काका अनुसार उनले आफ्नी श्रीमतीको हत्या गर्ने प्रयास गरेका थिए। सोमबार दिउँसो साढे ३ बजे तामाङले आफ्नी ३५ वर्षीया श्रीमती निरमाया तामाङसँग झगडा गरेका थिए। उनीहरूबीच घरायसी विवादका कारण झगडा भएको थियो। त्यही क्रममा बञ्चरोले निरमायाको टाउकोमा प्रहार गरी भागेका थिए। घाइते भएकी निरमायाको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। यता फरार भएका माइला तामाङको प्रहरीले खोजी गरिरहेको थियो। त्यहीक्रममा मंगलबार उनको शव फेला परेको डिएसपी खड्काले बत...
तराईमा दिनभरजसो हुस्सु/कुहिरो लाग्ने
समाचार, समाज

तराईमा दिनभरजसो हुस्सु/कुहिरो लाग्ने

नेपालअखबार,  काठमाडाैं । हाल देशको पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा छ। तराईमा हुस्सु/कुहिरो लागेको छ।  मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्काअनुसार पश्चिम तराईका हुस्सु/कुहिरो मध्याह्नपछि हट्ने सम्भावना देखिए पनि तराईका अन्य स्थानका हुस्सु/कुहिरो भने दिनभर रहने सम्भवना छ। मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा बिहान केही बेर कुहिरो लागे पनि दिउँसो आकाश खुला हुनेछ। आज बिहान ६:४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको नगरकोटीले जानकारी दिइन्। महाशाखाका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा...
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
समाचार, समाज

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

नेपालअखबार, काठमाडाैं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफलभएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यकामा विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्...
आज हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सु-कुहिरो
समाचार, समाज

आज हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सु-कुहिरो

नेपालअखबार, काठमाडाैं । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान तराईका केही भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। आज उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। महाशाखाले जारी गरेको बुलेटिनअनुसार भोलि बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। साथै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। बुधबार राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिम...
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको ११औं अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल निर्वाचित
समाचार, समाज

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको ११औं अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल निर्वाचित

नेपालअखबार, पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको २९औं साधारण सभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कविन्द्र पोखरेल निर्वाचित भएका छन् । त्यस्तै महासंघको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, द्धित्तिय उपाध्यक्षमा ध्रुव पोखरेल, सचिवमा सञ्जय आचार्य, सहसचिवमा रामप्रसाद सुृवेदी र कोषाध्यक्षमा सूर्यमोहन आचार्य निर्वाचित भएका छन् । त्यसैगरि कार्यसमिति सदस्यमा दीपेन्द्र पोखरेल, सुजित गौतम, रमेश पौडेल, टिकाराम अधिकारी, प्रकाश प्रसाद पोखरेल, सुनिल सुवेदी, विष्णुप्रसाद पौडेल, दीपक सुवेदी, सकुन्तला पौडेल, लालवीर चौधरी, भुवन अधिकारी र डिप्लव केसी निर्वाचित भएका छन् । यस अगाडि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मानव सभ्यता संस्कारको बुद्धिलाई निखारदै लैजाने महत्वपूर्ण माध्यम पुस्तक रहेको बताए । पुस्तक सभ...
भक्तपुर दधिकोटको एक घरमा बिस्फोट
समाचार, समाज

भक्तपुर दधिकोटको एक घरमा बिस्फोट

नेपालअखबार, काठमाडाैं । भक्तपुरको एक घरमा बिस्फोट भएको छ। सोमबार बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ३ काठमाडौं ल कलेज पछाडि रहेको एक घरमा बिस्फोट भएको हो। बिहान करिब पौने ७ बजेतिर एक्कासी बिस्फोट हुँदा घरमा क्षति पुगेको छ। झापा घर भई दधिकोट बस्ने रामप्रसाद थपलियाको घरमा विस्फोट भएको हो। साढे २ तला घरको भुई तलामा रहेको भान्सामा बिस्फोट भएको हो। घरको पर्खाल भत्किएको छ। पार्किङमा राखिएको कारको सीसा र छिमेकीको घरको झ्यालका सीसा पनि फुटेका छन्।...
लाहाचोकका ज्येष्ठ महिला समाजसेवीको सम्मानित
समाचार, समाज

लाहाचोकका ज्येष्ठ महिला समाजसेवीको सम्मानित

नेपालअखबार, पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना र माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लबको समन्वयमा शनिवार लाहाचोकका आमाहरूलाई संयुक्त रूपमा सम्मान गरिएको छ । विभिन्न समयमा विभिन्न माध्यमबाट सामाजिक योगदान दिएका १८ जना आमाहरूलाई दोसल्ला, सम्मानपत्र, नगद र बाजागाजासहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला, गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पूर्व उपाध्यक्ष कृष्णकुमारी दवाडी, वडाध्यक्ष मधुसूदन अधिकारी, पूर्व वडाध्यक्ष पूर्णबहादुर शाही, लगायतले सम्मान अर्पण गरेका थिए । प्रमुख अतिथि कोइरालाले लाहाचोकका आमा र दिदीबहिनीहरूलाई एकै ठाउँमा सम्मानित गर्न पाउँदा आफूलाई एउटा यज्ञको अनुभूति भएको बताइन् । उनले आमाहरू ज्ञानका सागर भएकाले मञ्चले हरका मूर्तिको पूजा गरेर स्तुत्य कार्य गरेको धारणा राखिन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्...
तराईमा बाक्लो हुस्सु, शीतलहर कम हुँदै
समाचार, समाज

तराईमा बाक्लो हुस्सु, शीतलहर कम हुँदै

नेपालअखबार, काठमाडौं । आज पनि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिम र मध्य तराईका केही भू-भागमा बिहानैदेखि कुहिरो/हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शीतलहर भने केही कम भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य  प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भू-भाग भने सफा रहेनछ । तराईमा आज रातिसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । त्यसपछि भने विस्तारै कम हुने अनुमान महाशाखाको छ । महाशाखाका अनुसार सोमबार भने सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । आज तराई क्षेत्रमा बाक्लो हुस्सु लागेकोले सडक र हवाई यातायात गर्दा सतर्कता अपनाउन महाशाखाले अपिलसमेत गरेको छ ।...
सेतीमा नुहाउँदा बगेर युवाको मृत्यु
समाचार, समाज

सेतीमा नुहाउँदा बगेर युवाको मृत्यु

नेपालअखबार, धनगढी। सेती नदीमा बगेर डोटीका एक युवाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका ३२ वर्षीय तेज बिकको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार तेज पिपल्लाको पक्की पुल नजिकै नुहाउने क्रममा बगेका थिए। नदीमा बगेर बेपत्ता भएका उनी दुई सय मिटर तल बेहोस अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। बिकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।...