Thursday, May 7

समाज

आगो ताप्ने क्रममा जलेर पाल्पामा वृद्धको मृत्यु
समाचार, समाज

आगो ताप्ने क्रममा जलेर पाल्पामा वृद्धको मृत्यु

नेपालअखबार, पाल्पा। पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने ७५ वर्षीय खिमबहादुर विक रहेका छन् । रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
ओछ्यानमा सुतेकै अवस्थामा महिलाको हत्या
अपराध, समाचार, समाज

ओछ्यानमा सुतेकै अवस्थामा महिलाको हत्या

नेपालअखबार, जनकपुरधाम । धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
जुम्लाको तापक्रम माइनसमा, देशरभर चिसो बढ्दै
समाचार, समाज

जुम्लाको तापक्रम माइनसमा, देशरभर चिसो बढ्दै

नेपालअखबार, काठमाडाैं । देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो । काठमाडौँकै न्यूनतम तापक्रम घटेर ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन। सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।मंगलबार पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।  तराईका केही  भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन ...
सप्तरीमा हात्तीले ५ वटा घर भत्कायो
समाचार, समाज

सप्तरीमा हात्तीले ५ वटा घर भत्कायो

नेपालअखबार, सप्तरी। सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए । कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब रु चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए । एउटा जङ्गली हात्ती वडा नं १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पुर्याउँदा लाखौँको क्षति भएको स्थानीयवासीले बताएका छन् । हात्तीगाउँमा पसेपछि गाउँलेहरू रातभरि डर त्रासमा जाग्राम बसेका छन् । यस भे...
सकियो ७ औं पर्वतीय महोत्सव
समाचार, समाज

सकियो ७ औं पर्वतीय महोत्सव

नेपालअखबार, पोखरा ।अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको हो । दोस्रो दिन महोत्सवमा ‘वुमन मुभ माउन्टेन’, ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौतीलगायत विषयबारे बहस भएका थिए । महोत्सवको अन्तिम दिन एभरेस्ट बेसक्याम्प व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो सेसनमा दर्शक तथा सरोकारवाला निकायको सुझावपछि बेस पर्वतारोहण संघका अध्यक्ष निमा निरु शेर्पाले क्याम्पको समस्या दिर्घकालीन रुपमा समाधान गर्नका लागि अध्ययन भएको जानकारी समेत दिए । ‘अहिले हामीलाई सगरमाथा बेसक्याम्प सार्न कार्यक्रम गरेको आरोप लागिरहेको छ । त्यस्तो होइन, हामी त्यसैलाई कसरी व्यवस्थापन गर्ने विषयमै केन्द्रित छौं,’ उनले भने । अन्तरक्रिया कार्यक्रममा मिलन ...
पुषको दोस्रो साता छोम्रोङमा ‘सेन्चुरी ल्होसार मेला’
समाचार, समाज

पुषको दोस्रो साता छोम्रोङमा ‘सेन्चुरी ल्होसार मेला’

नेपालअखबार,  कास्की । अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले २१ औं सेन्चुरी ल्होसार मेला आयोजना गर्ने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पौष १० गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । उनले साँस्कृतिक जगर्नेसहित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको १० गतेदेखि मेला राखेका छौ । यसले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास लिएका छौं ।’ उनका अनुसार सो मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, थ्री अन थ्री बास्केटबल प्रतियोगिता, ठेलो हान्ने, रस्साकस्सी, घैटो फुटाउने, म्युजिकल चियर लगायतका प्रतियोगिता समावेश गरिएको छ । उनले पुरुष भलिबल तथा बास्केटबल विजेता ट...
सुनौलो सहकारीको साधारणसभा तथा अधिवेशन
समाचार, समाज

सुनौलो सहकारीको साधारणसभा तथा अधिवेशन

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीले १५औं वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । साधारणसभा तथा अधिवेशनको पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष भट्टराईले पर्यटकीय सुन्दर नगरी लेकसाईडमा रहेको सहकारीले उत्पादनमा जोड दिदैँ संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष टिकाराम सापकोटाले संस्थाका गतिविधिसँगै पर्यटनका सम्भावना, समस्या र राज्यको भुमिका लगायतमा प्रकाश पार्नुभएको थियो । संस्थाका अध्यक्ष सापकोटाको सभापतित्व एवम् सचिव सोमबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भोजकुमार श्रेष्ठ, सल्लाहकारहरु डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बच्चु...
पोखरामा सातौं पर्वतीय महोत्सव सुरु
पर्यटन, समाचार, समाज

पोखरामा सातौं पर्वतीय महोत्सव सुरु

नेपालअखबार, पाेखरा । पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् । उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्य योजना  आवश्यक रहेको उनको भनाइ छ । ‘विश्व सामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल भ्रमण वर्ष प्रभावित भएको सन्दर्भमा नेपालको समग्र पर्यटन विकासका लागि नयाँ पर्यटन रणनीति तथा एकीकृत कार्ययोजना आवश्यक देखिन्छ ।’ पर्यटन विकासमा रणनीति आवश्यक रहेको भनाइ राखेका पुनले विशेषगरी पर्व...
मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु
समाचार, समाज

मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु

नेपालअखबार, पाेखरा । पोखराको मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका -१८ सराङकोटकी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। उनका अनुसार बिरामी भएर भर्ना गरेकी छोरालाई भेट्न जाँदा शुक्रबार दिउँसो अस्पतालको तीन तलाबाट खसेर मृत्यु भएको हो। ‘उहाँको छोरी बिरामी भएर अस्पतालमा भर्ना गरिएको रहेछ,' उनले भने, 'छोरीलाई भेट्न जाँदा खसेर मृत्यु भएको हो।' कसरी खसेर मृत्यु भएको भन्नबारे थप अनुसन्धान भइरहेको उनले बताए।...
ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन आजदेखि ट्राफिक व्यवस्थापन
समाचार, समाज

ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन आजदेखि ट्राफिक व्यवस्थापन

नेपालअखबार, काठमाडाैं । सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्कोस्थित ‘फ्लाईओभर’ निर्माणका लागि तयारी अघि बढाइएको छ । अहिलेसम्म डिजाइनको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन सुरु गरिएको छ । भौतिक काम एक सातादेखि १० दिनभित्रमा सुरु गर्ने तयारी गरिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) सौरभ बज्राचार्यले बताए । उनका अनुसार केन्द्रले  मिल्नेसम्मको काम बाहिर गरी यहाँ ल्याएर जडान गर्ने योजना बनाएको छ । बिमलगायत संरचना अन्यत्र बनाएर यहाँ ल्याएर जडान गरिने छ । यो खण्डमा सवारी साधनको चाप धेरै रहेकाले पहिले सवारी साधनलाई अवरोध हुने काम सेकेपछि अन्य काम गर्ने योजना बनाइएको छ । प्रवक्ता बज्राचार्यले भने– “पहिले अरू ठाउँमा बनाउन मिल्ने कुरा बनाइसकेपछि मात्रै खन्ने काम हुनेछ ।” महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्माणलाई लक्ष्य ...