Wednesday, May 6

समाज

प्रदेशका योजनाले फेरिएको रुपा
समाचार, समाज

प्रदेशका योजनाले फेरिएको रुपा

नेपालअखबार, पोखरा । बर्खामा हिलो र हिउँदमा धुलो हुने मोटरबाटो हेरेर रुपा गाउँपालिका–३ टाकन्जाका भरत छिमालले आफ्नो आधा जीवन बिताए । बाटोकै कारण पोखरा आउँजाउँ गर्न कठिन थियो । हम्मेसी गाडी चल्दैनथ्यो । कास्की जिल्लामै भए पनि मोटरबाटोकै कारण विकट मानिने टाकन्जामा ‘रुपा रिङरोड’को योजना पुग्यो । रिङरोड निर्माणपछि रुपाको रुप फेरियो । गण्डकी प्रदेश सरकारले ल्याएको ‘एक निर्वाचन क्षेत्र, एक नमुना सडक’ अन्तरगत रुपा रिङरोड बनेको हो । प्रदेश सांसदले योजना छनोट गर्ने व्यवस्था अन्तर्गत कास्की १९१० बाट ०७४ मा निर्वाचित दीपक कोइरालाले रुपा रिङरोड छानेका हुन् । आर्थिक वर्ष ०७६÷७७ बाट बहुवर्षीय कार्यक्रममा बजेट छुट्टिएकोमा हालसम्म रिङरोडका लागि १६ करोड ६२ लाख रुपैयाँ खर्च भइसकेको छ । घरअघिकै मोटरबाटो कालोपत्रे भए पछि रुपाका स्थानीय खुसी छन् । टाकन्जाका स्थानीय छिमालले जीवनमै नसोचेको कुरा पूरा भएको बताए । ‘...
पर्यटकीय गन्तव्य बन्दै गाजाको दह
समाचार, समाज

पर्यटकीय गन्तव्य बन्दै गाजाको दह

नेपालअखबार, बलेवा ।  हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्यूटावर’का रूपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ । बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो गाजाको दह । गाजाको दहमा शनिबारदेखि वैकुण्ठ चतुर्दशी मेला लागेको छ । गाजाको दहलाई चिनाउने यो एउटा नियमित परम्परा हो । जैमिनीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गाजाको दहमा हरेक वर्षझैँ यस वर्ष पनि वैकुण्ठ चतुर्दशीको अवसरमा तोरण तार्ने योजना युवाहरूले बनाएका छन् । सरोकारवालाको नजर कम पुगेको गाजाको दहमा युवाहरूले हरेक वर्ष गर्ने यो प्रयासले प्रचार–प्रसार र प्रवद्र्धनमा सहयोग गर्छ । मेलाका अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ऐतिहासिक परम्परा र संस्कृतिको संरक्षण गर्न युवाहरूले गाजाको दह ...
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
अपराध, समाचार, समाज

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

नेपालअखबार दाङ। दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन्। चिकित्सकले शुक्रबार बिहान ८ बजेको समय दिएको थियो। बिहान फेरि अस्पताल नै जानुपर्ने भएकाले उनीहरू घर फर्किएनन्। उनीहरू घोराही-१५ स्थित निरूको फुपुको घरमा गएका थिए। बिहीबार बेलुकी खाना खाएपछि उनीहरू सुत्न गएका थिए। श्रीमती निरुले राति नवीनको हातखुट्टा मालिस गरिदिने भनेर तेल पनि लगेका थिए। तर बिहान उनीहरू दुबै जना मृत फेला परेका हुन्। निरू एउटा कोठामा मृत फेला परेको र अर्को को...
आज हरिबोधिनी एकादशी, नारायण मन्दिरमा घुइँचो
धर्म/संस्कृति, समाचार, समाज

आज हरिबोधिनी एकादशी, नारायण मन्दिरमा घुइँचो

नेपालअखबार । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कात्तिक महिना...
नारायणगढ–मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ
समाचार, समाज

नारायणगढ–मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

नेपालअखबार, चितवन। घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए । “सडकखण्डमा पर्ने पुल आसपासका घरको रु ५० हजारदेखि रु सात लाखसम्म क्षतिपूर्ति दिनुपर्ने छ”, उनले भने”, रु एक करोड २५ लाख माग गरेका छौँ ।” उनले गतवर्ष क्षतिपूर्तिको रकम विनियोजन नहुँदा समयमै पुल निर्माण सम्पन्न गर्न नसकिएको बताए । “यस वर्ष जसरी पनि ...
कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरू
समाचार, समाज

कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरू

नेपालअखबा, कर्णाली। कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरू भएको छ। गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरूद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो। भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो। अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो। पहिरो खस्न कम भएपछि अवरूद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए। पहिरो स्थायी रूपले रोकथामका लागि विपद् व्यवस्थापन समितिमा छलफल भइरहेको तत्काललाई डोजर लगाएर कर्णाली करिडोरको ट्र्याक खोल्ने काममात्रै हुने अध्यक्ष केसीले जानकारी दिए। 'पहिरो निरन्तर बगिरहने समस्याका रहेको छ', उनले भने, 'पहिरो रोक्ने दीर्घकालीन उपाय...
प्रसूति सेवा हुनु त यस्तो!
समाचार, समाज, स्वास्थ्य

प्रसूति सेवा हुनु त यस्तो!

नेपालअखबार, चितवन। आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले श्रीमती र आफन्तका लागि प्रसूति सेवा लिन भरतपुर अस्पताल रोज्ने गर्दछन्। सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ, धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन्। बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ। प्रसूति गृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ। प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल पर्ने गर्दछ। अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन्। तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ र...
सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो
समाचार, समाज

सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो

नेपालअखबार, खाेटाङ। खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ । २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०/२० सेन्टिमिटर भासिएको थियो । यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सुपरभाइजर प्रदीप राईले बताए । सडक भासिने क्रम रोकिएको छैन । “वर्ष दिनअघि पनि सडक सामान्य चलेको थियो । हिउँदमा रोडा हालेर पेलेर मर्मत गरिएको थियो,” राईले भने, “यसपल्ट करिब एक मिटर भासिएको छ । भूकम्पले सडक चर्किएको थियो । झरी पर्न थालेपछि दव्न थालेको हो ।” भासिएको सडकको डिलत...
नारायणीमा डुंगा पल्टियो, तीनको मृत्यु
समाचार, समाज

नारायणीमा डुंगा पल्टियो, तीनको मृत्यु

नेपालअखबार, नवलपरासी। पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो । थप दुई जना घाइते भएका छन् । डुंगा पल्टिदा सुस्ता गाउँपालिका –४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुंगा दुर्घटनामा परेको हो ।...
चाडपर्व मनाउँदा लागेको ऋण तिर्न सुन खोज्न हिँडे बोटेहरू
समाचार, समाज

चाडपर्व मनाउँदा लागेको ऋण तिर्न सुन खोज्न हिँडे बोटेहरू

नेपालअखबार, तनहुँ। तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यति बेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन्। दसैं र तिहार मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन्। दसैंतिहार मनाउँदा करिब ३० हजार रूपैयाँ ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले जानकारी दिए। आर्थिक अवस्था कमजोर रहेका यहाँका बोटे समुदायका अधिकांशले दसैंतिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडा लगायत सामान साहुसँग ऋण लिएर किन्ने गरेको उनले बताए। नदी किनारमा बालुवा चालेर फेला परेको सुन बिक्री गरेर आएको पैसाले ऋण तिरिने उनले जानकारी दिए। 'दुई ठूला चाडपर्व मान्दा लागेको ऋण बालुवामा सुन खोजेर बिक्री गरेर साहुलाई तिर्ने पुरानो चलन हो,' उनले भने। क्रसर उद्योगहरूले किनारमा थुप्रिएका बालुवा उठाइदिँद...