Monday, August 3

समाज

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान
कृषि, समाचार, समाज

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान

नेपालअखबार, महोत्तरी। महोत्तरीका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् । सामान्यतया उखुमा सक्खरको मात्रा भरिन मङ्सिर पर्खनुपर्ने भए पनि पर्व खर्च व्यवस्थापन गर्न यहाँका किसानले कात्तिक पहिलो सातादेखि उखु पेलेर सक्खर बनाउन थालेका हुन् । कात्तिक पहिलो सातामा परेको दीपावली र दोस्रो सातामा परेको छठमा सक्खरको माग उच्च हुने भएकाले यहाँका उखु किसानले आफ्नो पर्व खर्चको जोहो गर्न सक्खर बनाउन थालेका हुन् । ‘चाडपर्व मनाउन खर्चको व्यवस्थापन गर्नुपरेकाले केही छिटो मिठ्ठा (सक्खर) बनाउन थालिएको हो। यसैको आम्दानीले दीपावली धानियो, अब छठ पनि यसैबाट मनाउने हो’, भङ्गाहा–४ का किसान सुफल महतोले भने, ‘चिनी उद्योग कहिलेदेखि सञ्चालन हुने थाहा छैन, त्यसैले पर्व टार्न पहिले नै उखु पेल्न परेको हो।’ अहिलेको उखुमा रस कम र पानीको मात्रा बढी हुने उनले बताए । ‘सक्खरको मात्रा भरिन मङ्सिर लाग्नुपर्छ । तर पर्व टा...
नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न आह्वान
समाचार, समाज

नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न आह्वान

नेपालअखबार,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार एवं मानव अधिकारको सम्मान र संरक्षण गर्न सरकारसँग आह्वान गरेको छ । साथै आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न प्रदर्शनरत पक्षलाई सम्त आयोगले अनुरोध गरेको छ । नागरिकले राखेका मागहरू समयमै उचित सम्बोधन गर्न, समस्याको समाधानमा सबैको भूमिका सुनिश्चित गर्न  आयोगले भनेको हो । ‘विगतका केही अभ्यासहरू हेर्दा प्रदर्शनहरू ध्वंसात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस प्रकार्का हिंसात्मक गतिविधि नहोउन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ । आगामी दिनमा हुने प्रदर्शनहरूमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुन्छ ।  प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ । त्यस...
काठमाडौँ महानगरले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’
समाचार, समाज

काठमाडौँ महानगरले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई सहर विकासमा उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ। विभिन्न क्षेत्रमा लामो अनुभव बटुलेका नागरिकलाई अवकाशपछि पनि समाज र देशको विकासमा योगदान दिने अवसर दिन यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिए। सचिवालय सदस्य बास्तोलाले भने, ‘तपाईं ४५ वर्ष पूरा हुनुभएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अवकाशपछि बिश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ ।’ कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा महानगरसँग मिलेर काम गर्न सकिने जनाइएको छ। महानगरले 'कामपा–सिल्भर–भोलिन्टियर–कार्य...
मापदण्ड विपरीत बिक्री गरिएका औषधि बरामद
समाचार, समाज, स्वास्थ्य

मापदण्ड विपरीत बिक्री गरिएका औषधि बरामद

नेपालअखबार,काठमाडौं । प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्तमहाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।उनका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको र औषधि व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्ड विपरीत बिक्री गरिएको पाइएको छ ।...
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको यस्तो जुक्ती
समाचार, समाज

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको यस्तो जुक्ती

नेपालअखबार,म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन। भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन्। तीन जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन्। पोखराको रामबजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा फर्कनुभएको छ। तिलिजाले पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्किएका हुन्। ‘छोरा, छोरी, बुहारी सबै विदेशमा भएका स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो,’ बलबहादुरले भने, ‘बजारमा एउटै घरको ओल्लो, पल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन। गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहय...
जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड
समाचार, समाज

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड

नेपालअखबार,भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गड्यौला मल उत्पादन सुरु गरेको छ। 'महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम' अन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य लिएको छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार, कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै ६ वडाका १९ वटा महिला समूहले गड्यौला मल उत्पादन थालेका छन्। गत वर्षदेखि सुरु गरिएको यस कार्यक्रममा महिलाहरूलाई आवश्यक अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइएको उपाध्यक्ष राईले बताइन्। गाउँपालिका अध्यक्ष किरण राईले महिला समूहले उत्पादन गरेको गड्यौला मल गाउँपालिका आफैँले खरिद गर्ने र अन्य किसानहरूलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको जानकारी दिए। गाउँपालिकाको मुख्य उद्देश्य अग्र्यानिक उत्पादनम...
आजदेखि सुरु भयो नेपाल संवत् ११४६
समाचार, समाज

आजदेखि सुरु भयो नेपाल संवत् ११४६

नेपालअखबार,काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो’, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा ...
तिहारको पाँचौं दिन आज गाईको पूजा
धर्म/संस्कृति, समाचार, समाज

तिहारको पाँचौं दिन आज गाईको पूजा

नेपालअखबार,काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक  कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले ज...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम
समाचार, समाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

नेपालअखबार,कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ । वर्षात्काे मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जङ्गल सफारी गर्न निकुञ्ज खुला गरिएको हो । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीका अनुसार पर्यटक प्रवेशका लागि रुट कायम गरिएको हो । निकुञ्जको मुख्य आकर्षण मानिने शुक्लाफाँटा घाँसे मैदानका भित्री फाँटमा वर्षाको पानी अझै जमिरहेकाले सो क्षेत्रमा हालका लागि सवारी साधन आवतजावतमा गर्न कठिनाइ हुने भएकाले रुट कायम गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सहज प्रवेशका लागि रुट सञ्चालनमा ल्याएको उनले जानकारी दिए। चौधरीका अनुसार मझगाउँ–बर्कौला–शुक्लाफाँटा–सिंहपुर–रानीताल–बाबाताल हुँदै पुनःमझगाउँसम्मको रुट पर्यटकका लागि कायम गरिएको छ । बाबातालबाट पनि प्रवेश गरी मझगाउँ पुग्नसक्ने व्यवस्था गरिएको छ । “यी दुवै रुट पुरा...
बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला
कृषि, समाचार, समाज

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

नेपालअखबार,भोजपुर। बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन्। पछिल्ला वर्षमा बाँदरका संख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन्। सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ। बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्‍याउने गरेको स्थानीयहरूको भनाइ छ। भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ । 'बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ,' उनले भने, 'तर्साउन ढुंगा हान्ने, गरे पनि नियन्त्रणमा आउँदैन ।छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन।' जिल्लाक...