Monday, August 3

समाज

अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी
कृषि, समाचार, समाज

अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

नेपालअखबार,काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको अकबरे खुर्सानीमा विषादी भेटिएको छ । मकवानपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सोमबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले १५ थरीका तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये अकबरे खुर्सानीमा अत्यधिक विषादीको मात्रा रहेको फेला परेको छ । नेपालमा कार्बामेट र अर्गानोफस्फेट गरी विषादीको दुई समूह परीक्षण हुँदै आएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।...
मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो
कृषि, समाचार, समाज

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

नेपालअखबार, काठमाडौं । नेपाली किसानहरुले मखमली फूलको मालाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । साथै उनीहरुले मूल्य निर्धारण गरिदिन पनि माग गरेका छन् । भक्तपुर गुण्डुका किसान सहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको बताए । पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनको भनाइ छ। ‘१० वर्ष अगाडिसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला बिक्री हुन्छ,’ उनले भने । गुण्डुकै किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको उचित मूल्य नपाएको बताइन् । २० वर्षदेखि मखमलीको खेती गर्दै आएको बताउने थापाले भनिन्, ‘मूल्य नै नभएकाले मालामा खासै नाफा कमाउन सकिएन ।’ उनले मालाको मूल्य निर्धारण गरिदिन सरकारसँग माग पनि गरिन् । सरकारले दशैंमा खसी बोकाको भाउ निर्धार...
टेनेसीको हतियार कारखाना विस्फोटमा १६ जनाको मृत्यु
विदेश, समाचार, समाज

टेनेसीको हतियार कारखाना विस्फोटमा १६ जनाको मृत्यु

नेपालअखबार,टेनेसी । टेनेसीको एक हतियार तथा विस्फोटक पदार्थ कारखानामा शुक्रबार भएको ठुलो विस्फोटपछि बेपत्ता १६ जनाको मृत्यु भएको अनुमान गरिएको छ। हमफ्रेज काउन्टीका शेरिफ क्रिस डेभिसका अनुसार शनिबार साँझसम्म पनि बेपत्ताहरू जीवितै फेला पर्ने आशामा उद्धार टोलीहरू काम गरिरहेका थिए, तर अब उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ। अधिकारीहरूले सुरुमा १८ जनाको मृत्यु भएको हुनसक्ने आशङ्का गरेका थिए, तर विस्फोटका बेला कारखानामै रहेको मानिएका दुई व्यक्ति वास्तवमा त्यहाँ नरहेको र उनीहरू फेला परिसकेको डेभिसले बताए। नेसभिलबाट करिब ९० किलोमिटर दक्षिण-पश्चिममा रहेको बक्सनोर्ट, टेनेसीको यस कारखानामा भएको विस्फोटको कारण अझै अस्पष्ट छ। शुक्रबार लिइएको भिडियो फुटेजमा आगो बलिरहेको, जलेका गाडीहरू र विस्फोटक पदार्थहरूको विकास तथा निर्माणमा विशेषज्ञता राख्ने यस कारखानाको ध्वस्त भवनबाट धुवाँ निस्किरहेको देख्...
हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या बृद्धि
पर्यटन, समाचार, समाज

हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या बृद्धि

नेपालअखबार,हुम्ला ।  हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ ।  चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि भारतीय तीर्थयात्रीको धेरै सङ्ख्या हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन् । सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताए । एउटा होटलले रु १० लाखभन्दा बढी कमाई गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एकदुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ । साढे छ हजार विदेशी पर्यटक हुम्ला भित्रिए चीनसँग नेपालको हुम्ला हिल...
झापाको केराबारीमा बोराभित्र ५५ राउण्ड गोली बरामद
समाचार, समाज

झापाको केराबारीमा बोराभित्र ५५ राउण्ड गोली बरामद

नेपालअखबार, झापा । झापाको कमल गाउँपालिका-७, रङ्गपुरस्थित केराबारीबाट प्रहरीले एसएलआर राइफलका ५५ राउण्ड गोली बरामद गरेको छ। स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गए राति आफ्नो केराबारीमा सेतो बोराभित्र गोली फेला पारेको बारे प्रहरीलाई जानकारी गराएका थिए। पाण्डेको सूचनाका आधारमा आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा ती गोलीहरू बरामद गरेको जिल्ला प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको छ।...
नेपाली सेनालाई लाञ्छना नलगाउन भूतपूर्व सैनिकहरूको आग्रह
समाचार, समाज

नेपाली सेनालाई लाञ्छना नलगाउन भूतपूर्व सैनिकहरूको आग्रह

नेपालअखबार,काठमाडौँ । भूतपूर्व सैनिकहरू ले नेपाली सेनालाई लाञ्छना लगाउने काम नगर्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्व उपरथी राजेन्द्र थापा, पूर्व सहायक रथी भरतबहादुर रायमाझी, पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात, अवकाश प्राप्त सेनानी वासुदेव अधिकारी लगायतले जेनजी आन्दोलनका क्रममा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको बताएका हुन्। सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात ले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रको लागि काम गरेको बताए। उनले नेपाली सेनाले राम्रो काम गर्दा पनि बदनाम सहनुपरेको गुनासो गरे। बस्न्यातले केपी ओली, प्रचण्ड लगायतका नेताहरूलाई सेनाको विरुद्धमा बोल्नुअघि राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन हेर्न र सेनालाई मूर्ख संस्था नसोच्न सुझाव दिएका छन्। त्यसै...
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ
समाचार, समाज, स्वास्थ्य

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ

नेपालअखबार,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको थियो। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पौडेलको अहिले स्वास्थ्य परीक्षण भइरहेको छ र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।’ सामान्य बान्ता भएपछि उनलाई शनिबार बिहान साढे ११ बजे अस्पताल लगिएको थियो। अस्पतालका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर छ र चिकित्सकहरूको टोली निरन्तर स्वास्थ्य निगरानीमा छ।...
झापा वन कार्यालयमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन
समाचार, समाज

झापा वन कार्यालयमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन

नेपालअखबार,झापा । डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन गरेको छ । उत्पादित बिरुवामध्ये एक लाख १० हजार ४७० बिरुवा वितरण गरिएको कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूले जानकारी दिए। वितरित बिरुवामध्ये ६६ हजार २८२ बिरुवा सामुदायिक वन उपभोक्ता समूहहरूलाई र ४४ हजार १८८ बिरुवा व्यक्तिहरू तथा सङ्घ–संस्थाहरूलाई वितरण गरिएको उनले बताए । सूचना अधिकारी लिम्बूका अनुसार, ती बिरुवाबाट सामुदायिक वन क्षेत्रमा ४१ दशमलव ४२ हेक्टर र निजी तथा संस्थागत क्षेत्रमा २७ दशमलव ६१ हेक्टर भू–भागमा वृक्षरोपण गरिएको छ । कार्यालयले लटहर, अर्जुन, तेजपात, बाँस, आउटेंगा, कुसुम, विजयसाल, कदम, मलेसियन साल, टिक, खमारी, टाँकी, वीरेन्द्रफूल, गोल्डमोहर, अमला, बकाइनो, जामुन, बडहर, जाडुल, किम्बुलगायत प्रजातिका बिरुवा उत्पादन र वितरण गरेको जनाएको छ ।हाल झापामा डिभिजन...
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

नेपालअखबार, काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको दक्षिण–पूर्वी तट नजिक ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मिन्दानाओ टापुको पूर्वी तटबाट करिब १२३ किलोमिटर टाढा ५८.१ किलोमिटर गहिराइमा गएको हो। हालसम्म क्षतिको तत्काल विवरण नआएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। तर स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी भने जारी गरेका छन्। फिलिपिन्सको भौगर्भिक तथा ज्वालामुखी संस्थानका अनुसार विनाशकारी र जीवन–खतरामा पार्ने सुनामी आउने सम्भावना रहेको भन्दै पूर्व र दक्षिणी तटीय क्षेत्रमा बस्नेहरूलाई तुरुन्तै सुरक्षित स्थानतर्फ सार्न आग्रह गरिएको छ। उक्त संस्थाले भने भूकम्पको तीव्रता ७.६ म्याग्निच्युड मापन गरेको सिएनएनले जनाएको छ। अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार फिलिपिन्सका केही भागमा १ देखि ३ मिटर ...
देउपुरमा निर्माणाधीन चिस्यान गृह नौ वर्षमा पनि बनेन
समाचार, समाज

देउपुरमा निर्माणाधीन चिस्यान गृह नौ वर्षमा पनि बनेन

नेपालअखबार,पर्वत । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ । आर्थिक वर्ष ०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो । स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह एक तला बनेपछि अलपत्र अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह निर्माण गर्ने सम्झौता भएर एकतल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना जीर्ण  छ । आफ्नै घर आँगनमा चिस्यानकेन्द्र बनेका देख्दा उत्साहित किसान त्यसले पूर्णता नपाउँदा खिन्न छन् । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको ...