Wednesday, July 8

हाइलाइट-समाचार

महोत्तरीको मटिहानी-४का सिंगो ‘मुसहर बस्ती’ नै शौचालयविहीन
समाचार, समाज, हाइलाइट-समाचार

महोत्तरीको मटिहानी-४का सिंगो ‘मुसहर बस्ती’ नै शौचालयविहीन

नेपालअखबार,जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् । स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन । यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन् । यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरूष तथा बालबालिका सबै गरेर तीन सय ७० जनाको जनसङ्ख्या रहेको छ । यहाँ बसोबास गर्ने सबै जना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन् । बस्तीकै ५० वर्षीय शङ्कर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबु, बाजे पालादेखि नै सपपरिवार खुलामै शौच गर्दै आएको ब...
एमालेका युवा नेता बि.क एकीकृत समाजवादीमा समाहित
राजनीति, समाचार, हाइलाइट-समाचार

एमालेका युवा नेता बि.क एकीकृत समाजवादीमा समाहित

नेपालअखबार,काठमाडौँ। नेकपा (एमाले) कालिकोटका युवा नेता मनोज वि.क नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ। सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता बेदराम भुसाल, उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव चन्द्र्रबहादुर शाही, पार्टीका कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, कालिकोट खाँडाचक्र नपाका मेयर कमल बहादुर शाहीलगायतका नेताहरूले नेता विकलाई पार्टीमा स्वागत गर्नुभएको हो।...
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
समाचार, समाज, हाइलाइट-समाचार

‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’

नेपालअखबार,बागलुङ। बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ। सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन्। वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन्। वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन्। दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल रित्तिएर उराठलाग्दा छन्। झाडी पलाएर बाटो ढाकिएका छन्। घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ। घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन्। जिल्लाको गलकोट, जैमिनी, काठेखोला र बरेङका अधिकांश गाउँमा बाँदर आतंक बढी छ। बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका–५ का कुलबहादुर थापाले बताए। गाउँमा जनसंख्या कम हुँदै जा...
कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम गर्नुभएन : माधव नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम गर्नुभएन : माधव नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको बताएका छन् । ४१ औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा विकृति विसङ्गतिहरू देखा परेको बताएका हुन् । ‘मुलुक चलाउनुपर्ने जिम्मेवारी पाएका कम्युनिस्ट पार्टीका भनिएका मानिसहरू छन् । तर जनता सन्तुष्ट हुन सकेका छैनन्’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ ।’ गुर्भाचोभ र यत्सिन पनि कम्युनिस्ट भए पनि उनीहरूले कम्युनिस्टहरू सिध्याएको उदाहरण दिँदै उनले कम्युनिस्टका नाममा गैर कम्युनिस्ट काम भइरहेको बताए ।  ‘कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम गर्नुभएन । कम्युनिस्टको नाममा कम्युनिस्टको मर्यादा राख्नुपर्छ’, नेपालले भने, ‘त्याग तपस्या, बलिदानको कीर्तिमान क...
भरियाले धानेको छ खुम्बु क्षेत्रको ढुवानी
समाचार, समाज, हाइलाइट-समाचार

भरियाले धानेको छ खुम्बु क्षेत्रको ढुवानी

नेपालअखबार,सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्यूँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन् । यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ । तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ । उमेरले २६ वर्षमात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो । निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि संघर्षसँग साक्षत्कार गर्नुपर्‍यो । सानै उमेरमा आमा गुमाएका उनको घरमा अहिले बुबा, श्रीमती र दुई साना छोरा छन् । बालबच्चाको शिक्षादीक्षा र सिङ्गो परिवारको पालनपोषण गर्ने जिम्मेवारी कुलुङकै काँधमा छ । परिवारको गुजारा चलाउन र बालबच्चाको श...
पूर्वीचितवनका सिमसारमा  ५५ प्रजातिका चरा भेटिए
समाचार, समाज, हाइलाइट-समाचार

पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

नेपालअखबार,चितवन। पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो । गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए। गत वर्ष ५३ प्रजातिका चरा देखिएका थिए। यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुङ्गरे खोला, पटना ताललगायत पूर्वीचितवनको सिमसारमा गरिएको थियो । ब...
मोटरसाइकल किन्न दम्पतीले बेचे ९ दिनको छोरो
समाचार, समाज, हाइलाइट-समाचार

मोटरसाइकल किन्न दम्पतीले बेचे ९ दिनको छोरो

नेपालअखबार ,नयाँ दिल्ली । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा एउटा अनौठो घटना प्रकाशमा आएको छ । एक दम्पतीले मोटरसाइकल किन्नका लागि आफ्नो ९ दिनको छोरो बेचेको पाइएको हो । उनीहरूले ६० हजार भारुमा छोरो बेचेको प्रहरीले जनाएको छ । सो दम्पतीले भने छोरा बेचेको आरोप अस्वीकार गरेको छ । उनीहरूले गरिबीका कारण बच्चालाई पालनपोषण गर्न नसक्ने भएपछि निःसन्तान दम्पतीलाई आफ्नो छोरा दान दिएको बताएका छन् । गोप्य सूचनाका आधारमा कारबाही गर्दै प्रहरी र बाल कल्याण समितिको संयुक्त टिमले शनिबार शिशुको उद्धार गरेको छ । प्रहरीले भने बच्चा किनबेच भएको गोप्य सूचना अनुसार कारबाही अघि बढाइएको दाबी गरेको छ । प्रहरीले दुवै परिवारलाई बोलाएर यसबारे अनुसन्धान थालेको छ ।...
९ रूपैयाँको नुन किन्न २५ सय खर्च
समाचार, समाज, हाइलाइट-समाचार

९ रूपैयाँको नुन किन्न २५ सय खर्च

नेपालअखबार । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ। अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन्। ‍नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ। नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताए। केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने  नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च भएको उनले बताए। उनले भने, 'गाउँभन्दा पालिका केन्द्र टाढा छ। अनुदानमा रु नौ पर्ने नुन लिन जान रु पच्चीस सय खर्च लाग्छ।' एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा २५ सय लाग्ने गरेको रतन रावतले बताए। साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा ...
स्याङ्जाका विद्यार्थी पढ्दै, कुखुरापालन गर्दै
अर्थ, कृषि, शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

स्याङ्जाका विद्यार्थी पढ्दै, कुखुरापालन गर्दै

नेपालअखबार,वालिङ (स्याङ्जा) ।  ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् । प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन् । विद्यालय परिसरमा  गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ । पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ । ‘विद्यालय परिसरमा विद्यार्थीको प्रत्यक्ष रेखदेखमा कुखुरापालन गरिएको छ’, उनले भने, ‘विद्यालय सञ्चालन भएका दिनमा विद्यार्थीले रेखदेख गर्ने भए पनि बिदाका दिनमा भने छुट्टै कर्मचारीको...
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन
प्रशासन, विदेश, समाचार, समाज, हाइलाइट-समाचार

वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन

नेपालअखबार,काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ । त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ । त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ । छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । विश्वकै खराब वायु गुणस्तर भएका सहरहरू...