Thursday, July 9

हाइलाइट-समाचार

आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने सम्भावना
समाचार, समाज, हाइलाइट-समाचार

आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने सम्भावना

नेपालअखबार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने बताएको छ । अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको छ । प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ । भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ । बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ । अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुव...
बंगलादेशका सेना प्रमुख  उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

बंगलादेशका सेना प्रमुख उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा

नेपालअखबार, काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख उज–जमानले पत्रकास सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने बताएका हुन् । अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग सम्वाद गरेको बताए । तर हसिनाको दल अवामी लिगको भने उनले नाम लिएनन् । साँझसम्म एउटा निकासमा पुग्ने आश रहेको भक्न्दै उनले भने, ‘अवस्थामा सुधार आयो भने कफ्र्यू आवश्यक हुन्न ।’ उनले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरे । अब सुरक्षाकर्मीहरुलाई गोल...
एकीकृत समाजवादीले टुंग्यायो ३४४ सदस्यीय केन्द्रीय कमिटी
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीले टुंग्यायो ३४४ सदस्यीय केन्द्रीय कमिटी

नेपालअखबार,काठमाडौं ।  महाधिवेशनको एक महिनापछि एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुंगो लगाएको छ। आज बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले कमिटीलाई पूर्णता दिएको हो। आज पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले पूर्णता दिएको हो। यसअघि असार १६ देखि २० गतेसम्म बसेको बैठकले ९९ सदस्यीय कमिटी निर्वाचित गरेको थियो। पदाधिकारीतर्फ अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल निर्वाचित गरेको थियो। यसअघि सचिवालयले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि आकार बढेको हो।...
चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने भन्दै चेतावनी दिए : सांसद खान
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने भन्दै चेतावनी दिए : सांसद खान

नेपालअखबार, काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति निन्दा गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । खानले असार २८ मा त्रिशूली नदीमा खसेको दुई वटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाउँदा चीनले आपत्ति जनाएको भन्दै जनमत पार्टीले निन्दा व्यक्त गर्ने बताए । उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिए । उनले भने,‘एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदूतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुःखमा नुनचुक छर्ने निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ । यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप कुनैप...
ढाका उद्यममा प्यारीमायाको प्रेम
समाचार, समाज, हाइलाइट-समाचार

ढाका उद्यममा प्यारीमायाको प्रेम

नेपालअखबार, भद्रपुर (झापा) । पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ । प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति-४ मन्दिरचोकमा ढाकाको उद्यम गर्नुहुन्छ । एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उनले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आएकी छन् । हालसम्ममा उनले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसकेकी छन् । उनी भन्छिन्, ‘तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्, कसैले पनि खाली हात बस्नुपरेको छैन ।’ बजारको माग धेरै रहेक...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १ः०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाइने छ। पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ। सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताए।...
नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् । अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको बताए । क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको बताउँदै उनले भने, “यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि सुरु गरेको कम्युनिष्ट आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ ।” विसं १९९७ मा दाजु सहिद गङ्गालाल, अरू सहिद र २००७ सालको क्र...
संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्। ‘संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीच समन्वय र सहकार्यको खाँचो छ,’ उनले भने। आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले राष्ट्रको विकास र जनताको समृद्धिका लागि देशमा सुशासन कायम गरी उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए । सो अवसरमा सितेरियो कराते खेलाडी पुरेन्द्रविक्रम लाखे र ललितपुरका राजकुमार श्रेष्ठ  नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए।...
गाउँभरि महिलाको सामूहिक रोपाइँ
समाचार, समाज, हाइलाइट-समाचार

गाउँभरि महिलाको सामूहिक रोपाइँ

नेपालअखबार,बाँके । जिल्लाको खजुरा गाउँपालिका–१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् । रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै व्यस्त देखिन्छन् । “घरमा लोग्ने मान्छे छैनन्, भान्सादेखि घरबाहिरको खेती किसानी सबै हाम्रै जिम्मामा छ”, धान रोप्दै गरेकी राधापुरकी ममता विकले भनिन्, “एक्लै खेत रोपेर नसकिने, गाउँमा खेताला पनि नपाइने भएपछि गाउँका दिदीबहिनी मिलेर सामूहिक रोपाइँ सुरु गरेका हौँ ।” महिला दिदीबहिनीले आफ्नो मात्र नभइ मूल्य तोकेर गाउँमा सबैको धान रोपाइँको काम गर्न थालेपछि अहिले खेताला खोज्नुपर्ने झण्झट हराएको उनले बताइन् । यसरी सामूहिक रोपाइँ गर्दा काम खोज्ने र कामदार खोज्ने दुवै पक्षलाई सहज भएको उनको बुझाइ छ । समूहका सदस्यभित्र प्रत...
सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा
समाचार, समाज, हाइलाइट-समाचार

सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा

नेपालअखबार, पर्वत । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ। तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो। गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन्। जमिन भासिएपछि स्थानीयले प्लाष्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रम नरोएिकको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए। उनका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन्। वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिमा परेका जानकारी दिए।   केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई त...