Friday, July 10

हाइलाइट-समाचार

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द
प्रशासन, समाचार, हाइलाइट-समाचार

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द

नेपालअखबार,काठमाडौँ । सडक विभागले गत बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द  गरिएको बताएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ । “आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।...
पछिल्लो एक महिनामा बाढीपहिरोबाट १०१ जनाको मृत्यु
समाचार, समाज, हाइलाइट-समाचार

पछिल्लो एक महिनामा बाढीपहिरोबाट १०१ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् ।गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने “जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु, एक सय आठ जना घाइते र छ जना बेपत्ता भएका छन् ।” यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक जना, कोशी प्रदेशमा १९, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा छ, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनागरी जम्मा एक सय एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्य...
नवलपुरमा व्यावसायिक स्याउ खेती सुरू
कृषि, समाचार, समाज, हाइलाइट-समाचार

नवलपुरमा व्यावसायिक स्याउ खेती सुरू

नेपालअखबार, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो । एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियस सम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा स्याउ रोपेको छ । यहाँ रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ । प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिए । ‘यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छ’, उनले भने, ‘बिरुवा रोपेको दुई वर्षपछिनै फल दिन थालेको छ ।’ एएफसीआरसीले करिब तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ । एउटा बोटमा ३० वटासम्म स्या...
एकीकृत समाजवादीमा ९३ केन्द्रीय सदस्य घोषणा
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीमा ९३ केन्द्रीय सदस्य घोषणा

नेपालअखबार, काठमाडौं । एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । प्रज्ञा भवनमा चलिरहेको दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन शुक्रबार अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । हलमा उपस्थितहरूले विरोध गरे । खनालले दिउँसो ३ बजेसम्म प्रज्ञा भवन छाड्नुपर्ने बाध्यता रहेको सुनाए । मतदान गर्ने हो भने अर्को ठाउँ खोज्नुपर्ने र कति समय लाग्ने हो भन्न नसकिने बताए । त्यसपछि महाधिवेशन हलले उनको प्रस्ताव पास गरेको छ । तत्काललाई पहिलेका पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा राखिएको छ । बाँकी केन्द्रीय सदस्य यो कमिटीले चयन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले जानकारी गराए ।...
बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

नेपालअखबार,गलेश्वर । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो । राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राख्ने प्रशासनको तयारी छ । सडकको अवस्था हेरेर यात्रा गर्न सहजीकरण गरिने प्रजिअ ढकालको भनाइ छ । मङ्गलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षति पुगेको थियो भने ३ जना यात्रुलाई सकुसल उद्धार गरिएको थियो । सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्न...
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् । जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो । अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।...
नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशनमा १२ वटै समूहले निष्कर्ष प्रस्तुत
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशनमा १२ वटै समूहले निष्कर्ष प्रस्तुत

नेपालअखबार , काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशनमा १२ वटै समूहले निष्कर्ष प्रस्तुत गरेका छन् । महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सङ्गठनात्मक दस्ताबेजमाथिको छलफलको १२ वटै समूहले निष्कर्ष सुनाएका हुन् । समूहका टोली नेताले नेतृत्व सर्वसम्मत रूपमा टुंग्याउन सुझाव दिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘१२ वटै समूहबाट सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव आएको छ,’ उनले भने ।टोली नेताको निष्कर्षपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिएर बुधबार नै दस्ताबेज पारित गर्ने तयारी रहेको उनले बताए । महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया बिहीबारदेखि सुरु हुने भएको छ । माधव पौडेल प्रमुख रहेको निर्वाचन कमिटीले कार्यतालिका सार्वजनिक बिहीबार मात्रै गर्ने तयारी गरेको हो ।प्रतिनिधिहरूले नेतृत्वमा  माधव नेपाल र महासचिवमा घनश्याम भुसालकै निरन्तरता चाहेका छन् ।  स...
घामले पग्लियो अब्राहम लिंकनको मूर्ति
विश्व, समाचार, हाइलाइट-समाचार

घामले पग्लियो अब्राहम लिंकनको मूर्ति

नेपालअखबार, वाशिङटन डीसी । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको मैनको मूर्ति पग्लिएको छ । सप्ताहन्तमा राजधानी वाशिङ्टन डीसीमा तापक्रम बढेपछि गर्मीले लिंकन मेमोरियलमा राखिएको अब्राहम लिंकनको ६ फिटको मैन मूर्ति पग्लिएको हो । सुरुमा मूर्तिको टाउको पग्लिएको थियो । त्यसपछि बिस्तारै मैन पग्लिएर मूर्तिको स्वरूप बिगिँ्रदै गयो । सो मेमोरियल अमेरिकाको गृह युद्धकालको एउटा शरणार्थी क्याम्प भएको ठाउँमा थियो । सो ठाउँमा अहिले एउटा प्राथमिक विद्यालय पनि छ । विद्यालय बाहिर मैन स्मारक छ । त्यो मैनको मूर्ति मात्रै थिएन, मैनबत्ती पनि थियो । गर्मीले अब्राहम लिंकनको मूर्ति पग्लिएको यो पहिलो पटक भने होइन । यसअघि पनि यस्तो घटना भइसकेको छ । मैनको मूर्तिबाट पग्लिएको टाउको यही हप्ता पुनः जोडिने बताइएको छ । सप्ताहन्तमा डीसी–मेट्रो क्षेत्रमा हिट अलर्ट जारी गरिएको थियो ।...
पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक
समाचार, समाज, हाइलाइट-समाचार

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

नेपालअखबार, पोखरा। कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’ मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो। सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा उल्लेख छ। यातायात व्यवस्था कार्यालय (सवारी)  पोखराका प्रमुख डिल्लीराम रिजालले कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताए। ‘अनधिकृत रुपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौं।’ गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैध...
एकीकृत समाजवादीको महाधिवेशन : प्रतिनिधिलाई पार्टीले भात खुवाउने, बास आफैँ खोज्नुपर्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको महाधिवेशन : प्रतिनिधिलाई पार्टीले भात खुवाउने, बास आफैँ खोज्नुपर्ने

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को असार १६ देखि २० सम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महाधिवेशन अवधिभर बिहान बेलुका खाना खुवाउने भएको छ । प्रतिनिधिहरूलाई महाधिवेशन स्थलमै खाना खुवाउन क्याटरिङलाई व्यवस्थापनको जिम्मा दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिनिधिहरूले महाधिवेशन अवधिभर काठमाडौँमा रहँदा बस्ने बासको व्यवस्था सम्बन्धित जिल्ला कमिटीको रोहबरमा प्रतिनिधि आफैँले गर्नुपर्नेछ । प्रतिनिधिहरूलाई १६ गते बेलुकाबाट ९ छाक भात खुवाउने व्यवस्था पार्टीले मिलाएको छ भने दैनिक चिया र खाजाको व्यवस्था पनि गर्ने भएको छ । महाधिवेशनमा १ हजार ७७८ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ भने अन्य १२ उपसमितिहरू गठन गरे...