Sunday, September 21

हाइलाइट-समाचार

नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या गरे डा. अलाउद्दीन अन्सारी फलाही
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या गरे डा. अलाउद्दीन अन्सारी फलाही

नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या डा. अलाउद्दीन अन्सारी फलाही गर्नु भयाे । डा. अन्सारी फलाही  भन्नु हुन्छ  नेपालीमा  कुरआनको अनुवाद गर्नको लागि प्रेण अध्ययनको क्रममा पाकिस्तान रहदा साथीभाइले के नेपाली भाषामा पनि कसैले कुरआन अुवादन गरेको छ ? भन्ने प्रश्नको उत्तर दिदै गर्दा डा. अन्सारी फलाहीले कुरआन लेख्ने  तैयारी गर्नु भएको  थियाे । नेपाली समुदायलाई अबिक भाषामा लेखिएको कुरआनको अर्थ र त्यसका  श्लोकहरुको परिभाषा जान्न  मनमा उत्सुकता रहेको छ भने  नेपाली सरल भाषामा अनुवाद कुरआन प्रकाशि भइ सकेको छ । डा. अलाउद्दीन अन्सारी फलाहीको स्थायी घर हरिनगर गाउँ पालीका वडा न ७, घुस्की सुनसरी कोशी प्रदेश रहेता पनि विगत केहि वर्ष यता देखि काठमाडौं बालुवाटारमा आस्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ । उहाँले गाउँको सानो मक्तबमा दूइ वर्ष अध्ययन गर्नु भयो । मद्रसतुल इस्लाह रामनगर भुटाहा सुनसरीमा कक्षा ...
हजयात्राको क्रममा देखा पर्ने विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने छु : अध्यक्ष अहमद
समाचार, समाज, हाइलाइट-समाचार

हजयात्राको क्रममा देखा पर्ने विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने छु : अध्यक्ष अहमद

नेपालअखबार, काठमाडौं । हजयात्रीहरूको काठमाडौँ बसाई जति सक्दो सहज बनाउन विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने  छु। विगतका कमी कमजोरीलाई सुधार्ने मेरो पहिलो प्राथमिकता रहने छ।नेपाल सरकार ,गृह मन्त्रालयद्वारा नेपाल हज समितिको अध्यक्ष नेपाल काङ्ग्रेसको नेता संविधान सभा सदस्य मुख्तारअहमदसंग नेपालअखबारले कुराकानि गरेको थियो ।  अध्यक्ष अहमद भन्नु हुन्छ  “  पार्टीले मेरो राजनीतिक लगानीका हिसाब हेरेनै मलाई हज समितिको अध्यक्षको पदमा नियुक्तिका लागि सिफारिस गरेको हो । विधार्थी राजनिति हुँदै सडक आन्दोलनमा हुमिएको थिए । प्रजान्त्रप्राप्तिका लागि जेलनेल खाएको स्मरण गर्नु भयो” । विगतका नियुक्ति लिने अध्यक्षहरूका विरुद्धमा सामाजिक सञ्जाल साथै समुदायमा चर्चा परिचर्चा हुने गर्थ्यो। तर नियुक्ति भएको दिनदेखि आजसम्म सामाजिक सञ्जाल, मिडिया र मुस्लिम समुदायले म प्रति आशा भरोसाका साथ विगतका समिति...
प्रतिपक्षी दलहरूको‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ संविधान विरोधी रहेकोले विरोध गर्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रतिपक्षी दलहरूको‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ संविधान विरोधी रहेकोले विरोध गर्ने

नेपालअखबार,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा बुधबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेक दलहरूको बैठकले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ संविधानविरोधी रहेकोले यसको विरोध गर्ने निष्कर्ष निकालेको छ। निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ ल्याउँदै यही साउन २२ गतेभित्र सुझाव दिन राजनीतिक दलहरू र सर्वसाधारणहरूलाई आग्रह गरेको थियो। सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले आह्वान गरेको बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जनमतलगायत दलका नेताहरू सहभागी थिए। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निर्वाचन आयोगले बनाएको कार्यविधि संविधानविरीत रहेको निष्कर्षमा आफूहरू पुगेको बताए। ‘निर्वाचन आयोगले बनाएको कार्यविधि संविधान र राजनीतिक दलसम्...
नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य नगर्न आम सञ्चारलाई अनुरोध  : युवानेता डा.अन्सारी
समाचार, समाज, हाइलाइट-समाचार

नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य नगर्न आम सञ्चारलाई अनुरोध : युवानेता डा.अन्सारी

नेपालअखबार,काठमाडौं । नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य नगर्न आम सञ्चार गृहलाई अनुरोध  डा. अबुल हुसेन अन्सारीले गर्नु भएकाे छ ।  युवा नेता डाक्टर अबुल हुसेन अन्सारी समाज सेवी साथै महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य हुन । नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य विभिन्न समयमा हुदै आएको छ । मुस्लिम समुदायको शान्ति सुरक्षामा खलल पु¥याउने खाल्का समाचार प्रकाशन गर्ने कार्यको विरोध गर्नु भएको छ । न्यूज सोसाइटी प्राइभेट लिमिटेडद्धारा सञ्चालित फर्दाफास डटकमको अङ्ग्रेजी संस्करण इपर्दाफासले  यहि मिति सन् २०२५ जुलाई १७ मा Cross-Border Conversion Racket Busted: Nepal's Role Under Scanner in Chhangur Baba Terror-Funding Probe शिर्षकका राखि प्रकाशित गरेको थियो । . https://english.pardafas.com/cross-border-conversion-racket-busted-nepals-ro...
बंगलादेशलाई लोकतन्त्रको संक्रमणमा नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने : सञ्चारमन्त्री  गुरुङ
राजनीति, समाचार, हाइलाइट-समाचार

बंगलादेशलाई लोकतन्त्रको संक्रमणमा नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने : सञ्चारमन्त्री गुरुङ

नेपालअखबार,काठमाडौँ। आज काठमाडौंस्थित बंगलादेशी राजदूतावासमा ‘जुलाई जनआन्दोलन दिवस’को अवसरमा आयोजित कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बंगलादेशलाई लोकतन्त्रको संक्रमणमा नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने बताउनु भयाे । सञ्चारमन्त्री गुरुङले आफ्नो विज्ञप्तिमा जुलाई जनआन्दोलनलाई ‘लोकतन्त्रका लागि बंगलादेशका जनताको सामूहिक इच्छा’ र नयाँ पुस्ताले सिर्जना गरेको गतिको संज्ञा दिनु भयाे ।सञ्चारमन्त्री गुरुङले व्यापार, लगानी, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र जनताबीचको सम्पर्क लगायतका विभिन्न क्षेत्रमा भएको सहकार्यको स्मरण गर्दै यो अन्तरसम्बन्धित विश्वमा दुई मित्र राष्ट्रबीच नयाँ सहकार्यलाई थप प्रगाढ बनाउन पर्नेमा जोड दिनु भएकाे छ ।कार्यक्रममा सार्क महासचिवका विशेष अतिथिका रुपमा मोहम्मद गुलाम सरवरको उपस्थिति रहेको थियो । सार्कका महासचिवले जुला...
हमासले भन्यो– प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार त्याग्दैनौं
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

हमासले भन्यो– प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार त्याग्दैनौं

नेपालअखबार,काठमाडौं । हमासले हतियार बिसाउन पुन: अस्वीकार गरेको छ । प्यालेस्टाइन सम्प्रभू देश नबनेसम्म हतियार नबिसाउने हमासको स्पष्टोक्ति छ । गाजा क्षेत्रमा इजरायल र हमासबीचको युद्ध रोक्ने प्रयास भइरहेका बेला हमासले आफ्नो युद्धविराम नरोक्ने जवाफ दिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्ताव राखेका थिए । त्यसमा इजरायलले युद्धविरामका लागि हमासले हतियार त्याग्नुपर्ने सर्त राखेको थियो । इजरायलले युद्धविरामका लागि सशस्त्र प्यालेस्टिनी समूह हमासले हतियार त्याग्नुपर्ने प्रमुख सर्त राख्दै आएको छ । इजरायल र हमास आआफ्नो अडानमा कायम रहेकाले युद्धविरामका लागि पछिल्लो समय भइरहेको वार्ता पनि रोकिएको छ ।केही दिन अगाडि अरब दशहरुले हमासले हतियार बिसाउने र गाजाको नियन्त्रण छोड्न अनुरोध गरेका थिए । त्यो भन्दा पहिले फ्रान्स, क्यानडा, बेलायतसमेत केही पश्चिमा देशहरुले प्याल...
निःशुल्क ओपीडी सेवा प्रदान गर्दै, काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले प्रारम्भिक चरणमा
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

निःशुल्क ओपीडी सेवा प्रदान गर्दै, काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले प्रारम्भिक चरणमा

नेपालअखबार,काठमाडौँ ।  काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबार देखि पुनः सञ्चालनमा आएको छ । निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका पूर्व अध्यक्ष बसुरुद्धिन अन्सारी नेतृत्वको टोलीले घट्टेकुलोमा रहेको भवनबाट अस्पताल पुन सञ्चालनमा ल्याएका हुन् । १०० शैय्याको स्विकृति लिएर सेवा प्रारम्भ गरेको भनिएको यस अस्पतालले केही वर्ष भित्रै ३०० शैय्यामा स्तरोन्नती गरी एमबीबीएस तथा एमडी कोर्ष सञ्चालन गर्ने लक्ष्य लिएको छ । काठमाडौँ नेशनल मेडिकल कलेज आठ वर्ष अघि नै एमबीबीएस अध्यापनको लागि सम्वन्धन पाएको थियाे । कलेजका अध्यक्ष बसुरुद्धिन अन्सारीले भने  ‘त्यसबेला केही प्राविधिक समस्याहरु भए, पाइसकेको सम्वन्धन रोकियो र चलिसकेको अस्पताल बन्द भयो । त्यसपछि चिकित्सा शिक्षा आयोग बन्यो त्यसले उपत्यकाका लागि दश वर्षे बार लगाइदियो । त्यसैले हामी बीचमा हरायौँ । अब हामी नयाँ अनुभव, टिम जोश जागरसहित आए...
नेपाल प्रहरीको अनलाइन सेवा एनटीसी र एनसेलबाट निःशुल्क
प्रशासन, समाचार, हाइलाइट-समाचार

नेपाल प्रहरीको अनलाइन सेवा एनटीसी र एनसेलबाट निःशुल्क

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य व्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने  नेपाल प्रहरीले जानकारी दिएको छ । नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।...
५ रुपैयामा खाना दिने 4GR फुड प्रोजेक्टको तेस्रो वार्षिकोत्सव, समाजसेवामा चौथो वर्षमा प्रवेश
समाचार, समाज, हाइलाइट-समाचार

५ रुपैयामा खाना दिने 4GR फुड प्रोजेक्टको तेस्रो वार्षिकोत्सव, समाजसेवामा चौथो वर्षमा प्रवेश

नेपालअखबार,काठमाडौं । "घरको खाना सबैको चाहना" पूरा गर्ने उदेश्यका साथ विरञ्जका युवाहरुले स्वयमसेवकका रुपमा निस्वार्थ सेवालाई आत्म साथ गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै सक्रिय हुदै आएको युवा अभियानता शाह नजाव अहमद अन्सारीले जान्कारी दिएका छन् । विकेन्द्रित भएका युवाहलई एकृकित गर्न सके कति प्रय समाजमा रहेको सामाजिक समस्य सहज रुपमा हल गर्ने युवा अभियानता शाह नजाव बताएका छन्। आधिकारिक रूपमा २०७६ असोज ७ गते  4GR (For Good Reason)संस्था स्थापना भएको थियो । यस संस्थाले स्थापना काल देखि नै विभिद सामाजिक कार्य गर्दै आएको थियो । सामाजिक सेवाका रुपमा ५ रुपैयामा खाना दिने अभियान सुरु गरेको तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गर्दै गरेको अवसरमा अभियानता शाह नवाजले सबै स्वयम सेवा तथा सहगोगिहरुलाई धन्यवाद सहित अभियानमा सधै जुटन आग्रह गरेका छन् । यस संस्थाले साताको प्रत्येक आइतबार र सोमबा...
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, १२४ को मृत्यु
राजनीति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, १२४ को मृत्यु

काठमाडौं । गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् । इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन्। केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन्। गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार त्यहाँ ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँ भन्दा बढी पर्ने अवस्था छ । नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्छ। इजरायलले विदेशी पत्रकारहरूलाई प्रवेश निषेध गरेका कारण त्यहाँबाट स्थानीय सञ्चारकर्मीहरूले रिपोर्टिङ गरिरहेका छन् । बालबालिका लगायतका मानिसहरू नुन चाटेर र पानी पिएर पेट भर्नुपर्ने बाध्यतामा छन्। एक पत्रकारका अनुसार २१ महिनामा उनको तौल ३० किलोले घटेको छ, उनी थकान र रिंगटासँग जुधिरहेका छन्। कुपोषणले ज...