Saturday, July 11

हाइलाइट-समाचार

परिचयपत्र नपाएको मुक्त हलियाको गुनासो
समाचार, समाज, हाइलाइट-समाचार

परिचयपत्र नपाएको मुक्त हलियाको गुनासो

नेपालअखबार,डाेटी। जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन् । केही पहुँच भएकाले परिचयपत्र पाए पनि अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन गरिनुपर्ने माग गरेका छन् । हलिया पुनःस्थापनाका प्याकेज अगाडी सारिनुपर्ने, परिचयपत्र वितरण गरिनुपर्ने र त्यसका आधारमा सेवा सुविधा दिईनुपर्नेमा उनीहरुको जोड छ । हलिया परिचयपत्र नपाउँदा सरकारी सेवा सुबिधाबाट बञ्चित हुनु परेको उनीहरुको गुनासो छ । साविकको लडागडा गाविस, हाल दिपायल सिलगढी नगरपालिका वडा नं ८ की मुक्त हलिया लाली दमाईले गाविस छँदा नै केही मानिसले आफ्नो हलिया परिचयपत्र बनाउने भन्दै नागरिकतालगायत कागजात मागेर लगेको भए पनि हालसम्म परिचयपत्र नदिएको गुनासो गरे । उनले भने, “हलिया परिचयपत्र बनाईदिन्छौँ भनेर कागजपत्र मागेर लगे अहिलेसम्म कसैले पनि परिचय पत्र दिएनन्...
‘हावाबाट पनि सर्न सक्छ कोरोना’
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

‘हावाबाट पनि सर्न सक्छ कोरोना’

नेपाल अखबार, एजेन्सि। अमेरिकाको केन्द्रीय रोग नियन्त्रण केन्द्र (सीडीसी)ले कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिन सक्ने र केही घण्टासम्म हावामा नै रहन सक्ने बताएको छ । सीडीसीले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरस हावामा केही घण्टासम्म रहन सक्ने उल्लेख गरिएको छ । यद्यपि कोरोना सर्ने मुख्य स्रोत भने खोक्दा, हाच्छ्यूँ गर्दा र गफ गर्दा निस्किने ठूला छिटा नै रहेको सीडीसीले बताएको छ ।संक्रमित व्यतिसँग नजिक भएका मानिसलाई संक्रमणको जोखिम बढी हुन्छ । राम्रोसँग हावा पास नहुने बन्द कोठामा बाहिरको तुलनामा संक्रमणको जोखिम बढी हुन्छ । गत महिना सीडीसीले निर्देशिकाको नयाँ प्रारुप तयार पारेको थियो । जसमा हावाको माध्यमबाट पनि कोरोना फैलिन सक्ने भन्दै चेतावनी दिइएको थियो । तर, पछि त्यसमा त्रुटि देखिएको भन्दै हटाइएको थियो । त्यति नै बेला विश्व स्वास्थ्य संगठनले निश्चित सीमाभित्र हावाको माध्यमबाट पनि को...
डा.केसीको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भिर भएन: राष्ट्रिय मानवअधिकार आयोग
समाचार, हाइलाइट-समाचार

डा.केसीको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भिर भएन: राष्ट्रिय मानवअधिकार आयोग

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले भदौ २९ गतेदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार आयोगका प्रवक्ता वेद भट्टराईले एक विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा डा. केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु र त्यसको कार्यान्वयनको स्थिति सार्वजनिक गर्न समेत सरकारलाई निर्देशन दिइएको छ । आयोगले डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासो नदिएको आरोप लगाउँदै केसीसँग विगतमा गरिएका सम्झौताको पालना गर्न र उनको स्वास्थ्य तथा उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह समेत गरेको छ । यसअघि आयोगको बाग्मती प्रदेश कार्यालयको टोलीले त्रिवि शिक्षण अस्पताल पुगेर डा.केसीको अवस्थाबारे अनुगमन समेत गरेको थियो । ...
गोविन्द केसीको अवस्था अत्यन्तै जटिल, चिकित्सक संघद्वारा आन्दोलनको घोषणा
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

गोविन्द केसीको अवस्था अत्यन्तै जटिल, चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

नेपाल अखबार, काठमाडौं । डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार एकले एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । जसअनुसार बिहीबार बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय भएको संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैैै धर्ना दिने कार्यक्रम पनि तय भएको छ । यसैगरी संघका शाखा कार्यालयहरु र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाई अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अन...
यसैवर्षको अन्तिममा कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने डब्लूएचओको विश्वास
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

यसैवर्षको अन्तिममा कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने डब्लूएचओको विश्वास

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन डब्लूएचओले यसैवर्षको अन्तिमसम्ममा कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेको छ। डब्लूएचओका महानिर्देशक टेड्रोस एडह्यानम गिब्रिएससले यसैवर्षको अन्तिमसम्ममा कोरोनाको खोप उपलब्ध हुनसक्ने सम्भावना भएको बताएको रोयटर्सले जनाएको छ। उनले भनेका छन्,‘हामीलाई कोरोनाको खोप चाहिन्छ र यसैवर्षको अन्तिमसम्ममा खोप हामीमाझ उपलब्ध हुने विश्वास छ।’ मंगलबार टेड्रोसले कोरोनाको खोप उपलब्ध भइसकेको अवस्थामा त्यसलाई समान रुपमा वितरण गर्न विश्वका नेताले ऐक्यवद्धता जनाउनुपर्ने पनि बताएका थिए।...

नेपालमा एकैदिन ३४ सय ३९ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा एकैदिन ३४ सय ३९ जनामा कोरोना पुष्टि

नेपालअखबार,पाेखरा । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४जना रहेका छन् । यससँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए । सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई निरन्तरता दिन्छ या परिमार्जन गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन । यसैगरी आज संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना रहेका छन् । यस्तै आज १४ हजार २०९ जनाको कोरोना परीक्षण भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ११२६ जना निको भएपछि निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।...

सरकारले दियो शिक्षा क्षेत्रका सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति
प्रशासन, शिक्षा, समाचार, हाइलाइट-समाचार

सरकारले दियो शिक्षा क्षेत्रका सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति

नेपाल अखबार, काठमाडाैं। सरकारले विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासम्बन्धी आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा विश्वविद्यालय तथा शिक्षण संस्थानहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । यस्तै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरुलाई पालना गरी व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालनको पनि अनुमति दिने निर्णय गरेको छ ।...
नेपालको सुन्दरता, विशिष्टता र मौलीकता
समाचार, साहित्य \कला, हाइलाइट-समाचार

नेपालको सुन्दरता, विशिष्टता र मौलीकता

पुरुषोत्तम पौडेल, हेटौडा। नेपाल संसारमा सवभन्दा सुन्दर देश हो । मलाई यस्तो लाग्छ । यस्तो मलाई मात्र लागेको होईन । धेरै नेपालीहरूलाई यस्तै लागी रहेको छ । आफ्नो देश भएर मात्र नेपाल सुन्दर लागेको पनि होईन । संसार घुमेर हेर्दा समेत त्यस्तै अनुभव हुन्छ । वाकी संसार घुमेर आऊने साथीहरूले पनि त्यही महशुस गर्नु भएको छ । साचो अर्थमा नेपाल प्रकृतिले गरेको अनुपम रचना हो । मैले पनि अनुपम प्राकृतिक सुन्दरताले भरिएको देश नेपालमा जन्मने अवसर पाए । कञ्चनपुरको छेऊ देखी कञ्चनजङ्गा सम्म आरामले घुम्ने अवसर पाए । धन्य यो प्रकृतिलाई । धन्य छ विधीको विधानलाई । सुन्दर देश नेपालको एउटा साधारण गाऊले किसानको घरमा जन्मिएर मैले देश भरीको सुन्दरता हेर्न पाए । त्यती मात्र होईन संसारका केही चुनिएका सुन्दर देशहरू घुम्ने अवसर पनि पाए । अली किशोर अवस्थामा दैनिक किनमेल गर्न र वोर्डर संग जोडिएका गाउ तिर घुम्न जादा ईण्डिया जानु...