Saturday, July 11

हाइलाइट-समाचार

शिक्षामन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

शिक्षामन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेलका मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको बताए । उनका अनुसार पोखरेल शनिबार ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उनले भने, ‘अहिले उहाँ उपचारमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७५५ पुगेको छ भने निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ। आजमात्रै देशभर २०७१ जना संक्रमित थपिएका छन् ।...
डा. केसीको अनसनले तोडे
समाचार, हाइलाइट-समाचार

डा. केसीको अनसनले तोडे

नेपाल अखबार, काठमाडाैं। गएराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले २८ दिनदेखि जारी आमरण अनसन तोडेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच उनले अनसन तोडेका हुन्। सरकार र केसीका प्रतिनिधिहरुबीच शनिबार मध्य राति ८ बुँदे सहमति भएको थियो। सो कार्यक्रममा सरकारसँग भएको सम्झौता पढेर सुनाइएको थियो। बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए।सोलिडायरिटी अफ डा गोबिन्द केसीका प्रितम सुवेदीका अनुसार अनसन तोडेलगत्तै केसीको आवश्यक उपचार सुरु भएको छ।...
डा. केसीको अनसनले तोडे
समाचार, हाइलाइट-समाचार

डा. केसीको अनसनले तोडे

नेपाल अखबार, काठमाडाैं। गएराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले २८ दिनदेखि जारी आमरण अनसन तोडेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच उनले अनसन तोडेका हुन्। सरकार र केसीका प्रतिनिधिहरुबीच शनिबार मध्य राति ८ बुँदे सहमति भएको थियो। सो कार्यक्रममा सरकारसँग भएको सम्झौता पढेर सुनाइएको थियो। बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए।सोलिडायरिटी अफ डा गोबिन्द केसीका प्रितम सुवेदीका अनुसार अनसन तोडेलगत्तै केसीको आवश्यक उपचार सुरु भएको छ।...
Depression doesn’t have a specific face
साहित्य \कला, स्वास्थ्य, हाइलाइट-समाचार

Depression doesn’t have a specific face

When we have a disease, our body often shows some kind of visible signs and symptoms that are matched with etiology of the disease. Usually, we visit a doctor, do what doctor prescribes us, take medicines if required, and then get back to normal health. But is it same and easier when we have mental illness, like depression? Depression is a common mental disorder which is characterized by persistent sadness and a lack of interest or pleasure in previously rewarding or enjoyable activities. Depression is different from usual mood fluctuations and short-lived emotional responses to challenges in everyday life. Especially, when long-lasting and with moderate or severe intensity,depression may become a serious health condition. It can cause the affected person to suffer greatly and function poo...
वालिङमा १७ करोड सामाजिक सुरक्षा भत्ता वितरण
प्रशासन, समाचार, हाइलाइट-समाचार

वालिङमा १७ करोड सामाजिक सुरक्षा भत्ता वितरण

नेपाल अखबार, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा गत आर्थिक वर्ष २०७६/०७७ मा रु १७ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत सत्र करोड २१ लाख ४४ हजार ४०० रुपैयाँ वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको सूची तयार गरेर नगरस्थित विभिन्न बैंकसँग सम्झौता गरी भत्ता वितरण गर्दै आएको ज्ञवालीले बताउनुभयो । “नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ”, ज्ञवालीले भन्नुभयो, “गत आवको पहिलो चौमासिकमा पाँच करोड ७१ लाख ८३ हजार रुपैयाँ दोस्रोमा पाँच करोड ७२ लाख २ हजार रुपैयाँ र तेस्रो तथा अन्तिम चौमासिकमा पाँच करोड ७७ लाख ५८ ह...
नेपालमा हालसम्म काेराेना संक्रमित हुनेको संख्या १ लाख नाघ्याे
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा हालसम्म काेराेना संक्रमित हुनेको संख्या १ लाख नाघ्याे

नेपाल अखबार, काठमाडाैं । देशभर हालसम्म संक्रमितको संख्या १ लाख पार गरेको छ। शुक्रबार थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। बिहीबारसम्म कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको थियो। गएको २४ घण्टामा १३ हजार दुई सय ७९ जनामा गरिएको परीक्षणमा दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। नियमित प्रेस ब्रिफ्रिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएअनुसार आज काठामाडौं उपत्यकामा मात्रै १४ सय नौ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ११ सय १६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना रहेका छन्।...
गरिब राष्ट्रलाई खोप वितरण गर्ने उद्देश्यका साथ चीन कोभ्याक्स योजनामा आवद्ध
विश्व, समाचार, हाइलाइट-समाचार

गरिब राष्ट्रलाई खोप वितरण गर्ने उद्देश्यका साथ चीन कोभ्याक्स योजनामा आवद्ध

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धको खोप निष्पक्ष रुपमा साझेदारी गर्न चीन डब्लूएचओले नेतृत्व गरिरहेको कोभ्याक्स योजनामा आवद्ध हुने भएको छ। चीनका विदेशमन्त्री वाङ यीले बिहीबार गाभी नामको भ्याक्सिन गठबन्धसँग सम्झौता गरेको जनाएको छ। गाभीले डब्लूएचओसँग मिलेर कोभ्याक्स योजनाको सह–नेतृत्व गरिरहेको बताइएको छ। यस योजनाअनुसार विश्वका सबै मानिसले कोरोनाविरुद्धको खोपमा पहुँच पाउनेछन्। चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भनेकी छिन्,‘चीनले विकास गरेको खोप विश्वभरका देशलाई प्रदान गरिनेछ। सार्वजनिक हितको लागि हामी प्रतिज्ञा गर्दछौं। विकासोन्मुख देश यो योजनाको प्राथमिकतामा पर्नेछ।’ ‘चीनका धेरै खोपहरू प्रमुख चरणमा प्रवेश गरिसकेपनि हामीले कोभ्याक्समा सामेल हुने निर्णय गर्यौ’ उनी भन्छिन्,‘विशेष गरी विकासोन्मुख देशहरुलाई खोपको उचित वितरण सुनिश्चित गर्न हामीले यो ठोस कदम चालिरहेक...
भुइँमै सुत्छन् कैदीबन्दी
प्रशासन, समाचार, हाइलाइट-समाचार

भुइँमै सुत्छन् कैदीबन्दी

नेपाल अखबार, तनहुँ । तनहुँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ । तर, कारागारभित्र खाट नहुँदा कैदीबन्दी भुइँमा सुत्दै आएका छन् । नयाँ भवन निर्माण भए पनि खाटको व्यवस्था नहुँदा कैदीबन्दी सिमेन्टको चिसो भुइँमाथि सुत्न बाध्य छन् । क्षमताभन्दा धेरै हुँदा उनीहरु कोचिएर सुत्नुपरेको मात्रै छैन, खाट नहुँदा भुइँमा सुत्नुपरेको हो । खाटको लागि बजेट नहुँदा कैदीबन्दी भुइँमा सुताउनुपरेको कारागार प्रशासनले जनाएको छ । “रकमको व्यवस्था नहुँदा खाट बनाउन सकिएको छैन, खाटमा कहिले सुत्न पाइन्छ भनेर प्रश्न गरिरहन्छन्”, कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले भने । कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा राखिएका पुरुष कैदीबन्दी भुइँमा सुतेका हुन् । सुत्नका लागि गर्मी महिनामा म्याट...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ। मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ। त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेका छन्। पछिल्लो २४ घण्टामा थप १८ हजार ४७३ पीसीआर परीक्षण भएसँगै ११ लाख ३१ हजार ९५८ अहिलेसम्म भएको परीक्षणको संख्या पुगेको छ। त्यस्तै आज थप २ हजार ६७५ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।...
मापदण्डविपरीत निर्माण भएको सडकमा पटक–पटक दुर्घटना
दुर्घटना, समाचार, हाइलाइट-समाचार

मापदण्डविपरीत निर्माण भएको सडकमा पटक–पटक दुर्घटना

नेपाल अखबार, जाजरकोट। मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ । जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा व्यवसायीले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए । “अघिल्लो वर्ष मात्र खनिएको सो सडकमा जिप चल्नै नसक्ने भएपछि गाउँपालिकाले समेत केही रकम विनियोजन गरी सडकलाई केही सजिलो बनाएको थियो”, गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले भने, “पटक–पटक सडकको गुणस्तरको कुरा हामीलगायत यहाँका सर्वसाधारणले गर्दागर्दै दुई पटक दुर्घटना भयो ? जनप्रतिनिधिभन्दा ठेकेदार बलिए भएको यो देश छ । सडक बनाउँदा हामीसँग कुनै समन्वय गरिएन ।” भर्खरै मात्र जुनिचाँदे गाउँपालिकाको केही भागमा सडक सञ्जाल...