Wednesday, July 8

हाइलाइट-समाचार

आत्मनिर्भर बनाउन युवालाई गाउँमै तालिम
अर्थ, प्रदेश ४, समाज, हाइलाइट-समाचार

आत्मनिर्भर बनाउन युवालाई गाउँमै तालिम

मोहसिन अलि मियाँगोरखा । गण्डकी गाउँपालिका ६ भुम्लिचोकका दिनेश चेपाङ उमेरले २१ बर्ष लागे । गाउँभरीका युवा विदेशीने क्रम बढेसंगै केहि समययता उनलाई घर र आफन्तको पनि दवाव बढ्दै थियो । गाउँमै बसेर केहि गर्ने सोच नभएपनि हातमा सीप नभएकाले के गर्ने भन्ने अन्योलता थियो । परिवारको आर्थिक समस्याका कारण गाउँबाट बाहिर गएर सीप सिक्न असमर्थ रहेका चेपाङ बुधबार गाउँकै एक कार्यक्रममा भन्दै थिए ‘जिवनमा केहि गर्न सक्दिन कि भन्ने चिन्ता थियो, अब आशा पलाएको छ ।’ गाउँका धेरैजसो साथीभाई पैसा कमाउन भन्दै विदेशिएका छन् । तर अवसर पाए आफ्नै गाउँमा केहि गर्न सक्ने सपना बुनेका चेपाङले सम्भावनाको ढोका खुलेको बताउछन् । हाउस वाइरिङ तालिमको प्रमाणपत्र लिदै उनले भने ‘अब म गाउँमै बसेर काम गर्छु, हातमा एउटा सीप भयो, आफुले सिकेको सीपको सदुपयोग यहि गर्छु ।’ उनीसंगै गाउँका अन्य ३ जनाले समेत ४५ दिने हाउस वाइरिङको तालिम लि...
बच्चालाई मोबाइलको लतबाट छुटाउन यसो गर्नुस्
मनोरञ्जन, समाज, हाइलाइट-समाचार

बच्चालाई मोबाइलको लतबाट छुटाउन यसो गर्नुस्

अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबच्चाहरुको मोवाइल चलाउने लत कसरी छुटाउने भन्ने हुन्छ । किनकी अधिकांश बच्चाहरु अत्याधिक मात्रामा मोवाइल चलाउने मात्र होइन, खाना खादा, होमवर्क गर्दा वा निदाउन पनि मोवाइलको माग गर्दछन् । अझ कतिपय अभिमावक त आफै बच्चालाई मोबाइल दिएर भुलाउएर काम गर्ने गर्दछन् । तर चिकित्सकहरु भने दैनिक ५ घण्टाभन्दा बढी समय मोवाइलमा बिताउने बच्चाहरुमा रोगको खतरा हुने चेतावनी दिन्छन् । अझ ९ देखि १० वर्षका बच्चाले अत्याधिक मात्रामा मोवाइल चलाएमा यसले मस्तिष्कको बाहिरी पत्रमा समस्या देखा पार्ने बताउँछन् । चिकित्सकका अनुसार मोवाइलको स्क्रिनमा धेरै समय बिताउने बच्चाको आँखा, मष्तिक तथा मुटुमा समेत असर पर्ने गर्दछ । पहिलो ६ वर्षका बच्चामा मस्तिष्क तीब्र रुपमा विकसित हुने भएकाले एक पटकमा १० मिनेटभन्दा बढी स्क्रिन हेर्नु वा चलाउनु घातक हुने बताउँछन् । यसले मष्तिक निष्क्रिय बन...
प्याजको विकल्पमा मेथी र जिरा !
अर्थ, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

प्याजको विकल्पमा मेथी र जिरा !

पर्वत– प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ । प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ्चालक झलक आचार्यले जानकारी दिए । उनले भने “तरकारी तथा अचारमा प्याजको सट्टा जिरा, मेथी, दालमा लम्बु, प्रयोग गर्न सुरु गरेका छौ ।” कुखुराको मासु र प्याजको मूल्यसमेत बराबरी जस्तै भएपछि होटलमा खान आउने ग्राहकलाई समेत प्याज प्रयोग नहुने परिकार खान आग्रह गरिदै आएको छ । पर्वतको ठूलीपोखरीकी राधा सापकोटाले भने, “घरमा लगाएको प्याज असारमै सकियो । बजारमा महङ्गीले प्याज किनिसाध्ये छैन । अहिले लसुन, मेथी, जिरा पड्काउन थालिएको छ ।” कटुवाचौपारीकी शोभा ढकालले पनि प्याज राखेको परिकार नखाएको लामो समय भएको बताइन् । ...
गोरखा जेसिजको अध्यक्षमा मल्ल
समाज, हाइलाइट-समाचार

गोरखा जेसिजको अध्यक्षमा मल्ल

गोरखा । गोरखा जेसिज गोरखाको बर्ष २०२० का लागि सुवास मल्ल अध्यक्षमा चयन भएका छन् । गत शनिबार सुरु भएको जेसिजको ३९ औं अधिवेशनमा अध्यक्ष पदका लागि सहमती जुट्न नसकेपछि सोमबारसम्मका लागि अधिवेशन स्थगित गरिएको थियो । अध्यक्ष पदमा ५ जनाले उम्मेदवारी दिएपछि शनिबार राती अबेरसम्म पनि सहमती नजुट्दा अधिवेशन २ दिनका लागि स्थगित गरिएको थियो । अध्यक्ष पदमा अजित रवण खनाल, सुवास मल्ल, शैलेन्द्र भट्ट, बाल प्रसाद विके र प्रविन बस्नेतले उम्मेदवारी दिएका थिए । सहमतीमा अध्यक्ष चुन्न भन्दै भट्ट र विकेले खनाललाई र बस्नेतले मल्ललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । यता खनाल र मल्लबिच शनिबार राती अबेरसम्म पनि सहमती नजुट्दा निर्वाचन समितिले अधिवेशन स्थगित गरेको थियो । सोमबार बिहान ७ः३० बजेका लागि पुनः बोलाईएको थियो । दुवै उम्मेदवारलाई बिहान ८ः३० बजेसम्म उपस्थित हुनका लागि समयसिमा तोकिएपनि खनाल उपस्...
स्थानीय तहविरुद्ध अख्तियारमा उजुरीका चाङ
अर्थ, हाइलाइट-समाचार

स्थानीय तहविरुद्ध अख्तियारमा उजुरीका चाङ

काठमाडौं- स्थानीय तहमा अनियमितता बढेको भन्दै सर्वसाधारणले धेरै उजुरी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध उजुरीको चाङ नै छ । ती निकायका काम कारवाहीमा पारदर्शिताको कमी र सुशासनको अभाव उपर उजुरी बढेको आयोगका प्रमुख आयुक्तले नै सार्वजनिक गरेका छन् । सुशासन प्रवर्द्धन गर्ने तथा आर्थिक अपराध हुन नदिने राष्ट्रिय अभियानमा मद्दत पुर्‍याउन महालेखा परीक्षक जस्ता नियामक निकायले देखाएका बेरुजुका डरलाग्दा अनियमितता उजागर गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सबैभन्दा बढी उजुरी स्थानीय तहविरुद्धका रहेका सार्वजनिक कार्यक्रममा बताएका हुन् । आयोगमा अघिल्लो वर्ष १९ हजार उजुरी परेकामा आव २०७५/७६ मा पाँच हजार बढेर २४ हजार पुगेको छ । आयोगका अनुसार त्यसमध्ये स्थानीय तहविरुद्ध कूल उजुरीको २५ प्रतिशत छ । उनले एक हजार ६०० उ...
सुत्र सफ्ट्वेयरमा समस्या ः स्थानीय तहमा लेखाको काम प्रभावित
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

सुत्र सफ्ट्वेयरमा समस्या ः स्थानीय तहमा लेखाको काम प्रभावित

मोहसिन अलि मियाँगाेरखा । केहि दिनयता स्थानीय तहहरुले योजना तथा कार्यक्रहरुको भुक्तानी दिन सकेका छैनन् । संचित कोष ब्यवस्थापन प्रणाली (सुत्र) सफ्ट्वेयर ‘डाउन’ भएका कारण जिल्लाका ११ वटै स्थानीय तहमा लेखा सम्बन्धि काम प्रभावित भएको हो । महालेखा नियन्त्रक कार्यालयले देशभरका ७ सय ५३ स्थानीय तहमा अघिल्लो बर्षदेखि लागु गरेको सुत्र सफ्ट्वेयरमा गत शुक्रबारदेखि प्राविधिक समस्या आएपछि भुक्तानी रोकिएको हो । ‘हामीले एक बर्ष भयो सुत्र प्रयोग गरेको, अहिलेसम्म समस्या थिएन’ गोरखा नगरपालिकाका लेखा अधिकृत प्रकाश थापा मगरले भने ‘शुक्रबारदेखि सफ्ट्वेयर डाउन छ, मंसिर ११ पछिका सबै डाटा लष्ट भयो, चेक काट्न सकेका छैनौ, पूरै भुक्तानी रोकिएको छ ।’ मंसिर १२ देखि सफ्ट्वेयरमा इन्ट्री भएका सम्पूर्ण तथ्यांकमा नोक्सानी भएकाले त्यसपछिका डाटा पुनः प्रविष्ट गर्नुपर्ने भएको हो । देशभरका सबै स्थानीय तहमा संचित कोष ब...
गोरखाले कसैलाई अन्याय गर्दैन ः पर्यटन मन्त्री भट्टराई
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

गोरखाले कसैलाई अन्याय गर्दैन ः पर्यटन मन्त्री भट्टराई

मोहसिन अलि मियाँगोरखा । इतिहासमा गोरखाले कसैलाई अन्याय नगरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताएका छन् । ‘न्याय नपाए गोरखा जानू’ भन्ने उखान सम्झदै उनले भने ‘गोरखा इतिहास हो, गोरखाले कहिल्यै अरुलाई अन्याय गर्दैन, बरु अरुलाई न्याय दिलाउछ ।’ पूर्खाले जोगाएको नेपाली भूमिमा छिमेकीले आँखा लगाएको मन्त्रीले भट्टराईले बताए । भीमसेन थापाको स्मृतिमा गोरखा नगरपालिकाले निर्माण गरेको पार्क उद्घाटन तथा शालिक अनावरण गर्दै मन्त्री भट्टराईले भारतका कारण सिमा क्षेत्रमा बर्षेनी समस्या हुने गरेको बताएका हुन् । ‘हाम्रा पूर्खाले ब्रिटिसलाई जितेर जोगाएको भूमिमा अहिले छिमेकीको आँखा परेको छ’ उनले भने ‘कहिले कालापानी दुख्छ त कहिले लिपुलेक, अब कुटनीतिक रुपमा सिमा विवाद मिलाउनुपर्छ ।’ देशका लागि भीमसेन थापाले गरेको योगदानका बारे आफुले स्कुले जिवनका कितावमा पढेको स्मरण गर्दै मन्...
पर्यटन मन्त्री भट्टराईले गरे भीमसेन थापाको शालिक अनावरण ( ५ फोटो सहित)
प्रदेश ४, समाज, हाइलाइट-समाचार

पर्यटन मन्त्री भट्टराईले गरे भीमसेन थापाको शालिक अनावरण ( ५ फोटो सहित)

गाेरखा : भीमसेन थापाको सम्झनामा गोरखा नगरपालिकाले निर्माण गरिएको पार्क र शालिकको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन एवं अनावरण गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर ४ पिपलथोकमा निर्माण गरिएको भीमसेन पार्क र उनको शालिकको मन्त्री भट्टराईले शनिबार एक कार्यक्रमका बिच अनावरण गरेका हुन् । गोरखा नगरपालिकाको २२ लाख ८४ हजार रूपैयाँ लगानीमा शालिक निर्माणमा भएको हो । पार्क भित्र झण्डै ५ फिट अग्लो शालिक निर्माण गरिएको छ । करिब साडे ३ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको नगरप्रमुख राजनराज पन्तले बताए ।...
२० निर्माण कम्पनी कालोसूचीमा (सूचिसहित)
अर्थ, समाज, हाइलाइट-समाचार

२० निर्माण कम्पनी कालोसूचीमा (सूचिसहित)

काठमाडौं- २० निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको हो । ठेक्का सम्झौताको सर्तबमोजिम काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ । कालोसूचीमा परेका निर्माण तथा परामर्शदाता कम्पनीलाई सीमित अवधिका लागि प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ। कारबाहीमा पर्नेमा प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी व्यक्ति फर्म, संस्था र कम्पनी छन्। चालु आर्थिक वर्षमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ अनुसार आचरणविपरीत काम गर्ने २० वटा निर्माण/सप्लायर कम्पनी कालोसूचीमा परेको कार्यालयका प्रवक्ता यज्ञराज कोइरालाले जानकारी दिए। प्रवक्ता कोइरालाले पछिल्लो समय काम नगर्ने ठेकेदारमाथि सरकार कठोर रुपमा उत्रिएसँगै कालोसूचीमा पर्नेको संख्या बढेको...
स्याउ फल्यो, तनाव थपियो
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

स्याउ फल्यो, तनाव थपियो

मोहसिन अलि मियाँ गोरखा । केहि बर्षअघि छेकमगाउँमा सबैले स्याउका बिरुवा लगाए । स्याउका बिरुवा नहुर्किञ्जेल कहिले फल्ला भन्ने चिन्ता भयो तर फलेपछि कहाँ लैजाने भन्ने थप पिरलो अहिले स्थानीयलाई छ । चुमनुब्री गाउँपालिका ७ स्थित छेकमगाउँमा अहिले घरैपिच्छे जसो स्याउका रुख छन् । स्याउ सबैका घरमा लटरम्मै फलेका पनि छन् । तर खै बजार, कहाँ कसलाई बेच्ने ? सबैको एउटै प्रश्न यहि छ । ‘स्याउले आम्दानी राम्रो दिन्छ भनेर बिरुवा लगाइयो, पोहोरदेखि स्याउ फल्न थालेको छ’ स्थानीय ढोल्कर लामाले भने ‘फलेर के गर्नु, न बेच्ने ठाउँ छ, न खाएर सक्किन्छ ।’ छेकमगाउँमा अहिले घरैपिच्छे जसो भएका रुखमा हाँगै भाचिने जसरी स्याउ फलेपनि विक्रिका लागि बजार नहुँदा स्थानीय चिन्तित बनेका छन् । ‘दुःख गरेर स्याउका बोट हुर्काइयो, स्याउ बिक्री हुँदैन, के गर्नु ?’ लामाले थपे ‘बजार भए त ब्यवसायिक रुपमै गर्ने सोच हो तर फलेपछि पन्छाउने कस...