Saturday, September 26

दुर्घटना

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते
दुर्घटना, समाचार

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

नेपालअखबार , काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकी राज्यश्रीको उपचारको क्रममा बुधबार बेलुकी ७ः३० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो । उनका पति स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डे घाइते छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सवार स्कुटर काठमाडौं–कुलेखानी–हेटौंडा सडकखण्डअन्तर्गत जुरिखेतको ओरालोमा अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।...
भारतीय तीर्थयात्री चढेको गाडी मकवानपुरमा दुर्घटना, १३ जना घाइते
दुर्घटना, समाचार

भारतीय तीर्थयात्री चढेको गाडी मकवानपुरमा दुर्घटना, १३ जना घाइते

नेपालअखबार, मनहरी (मकवानपुर) । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३ : ३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र०३-००१ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए । गाडी सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए । गाडीमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमार्डौं पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।    ...
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
दुर्घटना, समाचार

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

नेपालअखबार, (बझाङ) । बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नं को जीप ब्रेक फेल भएर खोरी र नौराकोबीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको उपरीक्षक शाहले जानकारी दिए । उनका अनुसार महतको उनको टाउको र कम्मरमा चोट लागेको थियोे । दुर्घटनामा परी घाइते हुने एकै गाउँ बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी रहेका छन् । त्यस्तै वर्ष २२ वर्षीय प्...
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना
दुर्घटना, समाचार

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना

नेपालअखबार, मकवानपुर । मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकातर्फ जाँदै गर्दा मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गत पर्ने बकैया–५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका हुन् । हेटौँडाबाट जुइना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीन तले भन्ने स्थानमा ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।...
मनाङ एयरको हेलिकप्टर दुर्घटना
दुर्घटना, समाचार

मनाङ एयरको हेलिकप्टर दुर्घटना

नेपालअखबार, मनाङ। मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। लुक्लाबाट ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन-एएनजे' कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका-४ लोबुचेमा दुर्घटना भएको हो। नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर ७:२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा परी  पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन्। हेलिकप्टरमा उनी एक्लै थिए। दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई उद्दार गर्न  फिस्टेल एयरको नाइनएन एजेआर कलसाइनको हेलिकप्टर गएको थियो। उनलाई काठमाडौं ल्याइ उपचारका लागि ह्याम्स अस्पताल लगिएको भुलले जानकारी दिए। दुर्घटनाको कारण भने खुलिसकेको छैन। 'मौसम ठिकै थियो। तर के कारण दुर्घटना भयो भन्ने बारे थप अनुसन्धान पछी थाहा हुन्छ' भुलले भने।...
भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते
दुर्घटना, विदेश, समाचार

भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

नेपालअखबार, काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ । सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।...
रसुवामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
दुर्घटना, समाचार

रसुवामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते भएको र उपचारका लागि अस्पताल पनि पुर्‍याउन नपरेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।...
पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु
दुर्घटना, समाचार

पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु

नेपालअखबार, पाल्पा। पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।...
खोलाले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता
दुर्घटना, समाचार, समाज

खोलाले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता

नेपालअखबार, चितवन। पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमाया अधिकारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमाया श्रीमल रहेकी छन्। पण्डितका अनुसार उनीहरू आज बिहान निगुरो टिप्न गएका थिए। बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताए। भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरूलाई नदीले बगाएको थियो।...
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
दुर्घटना, समाचार

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते

नेपालअखबार, सुर्खेत।  सल्यानमा यात्रुबाहक बस दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने वर्ष ३१ की सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ बस्ने वर्ष ४० अनिता बोहरा रहेका छन् । दुर्घटनामा १७ जना घाइते भएका छन् । शनिबार दाङ तुलसिपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिकास्थित मुलपानी वनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...