Wednesday, October 29

दुर्घटना

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु
दुर्घटना, समाचार

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

नेपाल अखबार, चितवन। चितवनमा बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।...
मालबाहक कन्टेनर त्रिशूलीमा बेपत्ता, चालकले हाम फालेर ज्यान जोगाए
दुर्घटना, समाचार

मालबाहक कन्टेनर त्रिशूलीमा बेपत्ता, चालकले हाम फालेर ज्यान जोगाए

नेपाल अखबार, चितवन। विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेर बेपत्ता भएको हो। कन्टेनरका चालक सिन्धुपाल्चोक, बाह्रबिसेका ३५ वर्षीय राजेन्द्र बस्नेतले भने हाम्फालेर ज्यान जोगाएका छन्। उनी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। ‘उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ, अवस्था सामान्य छ,’ थापाले भने, ‘ट्रकमा रहेका कोही पनि घाइते छैनन्।’ कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको प्रहरीले जनाएको छ। बेपत्ता कन्टेनरको खोजी भइरहेको डिएसपी थापाले बताए।...
ट्रक दुर्घटनामा छोराको मृत्यु , बाबु घाइते
दुर्घटना

ट्रक दुर्घटनामा छोराको मृत्यु , बाबु घाइते

नेपाल अखबार,मकवानपुर । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन् । बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना४ख ७०४ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको र चौधरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।...
प्युठान ट्याक्टर दुर्घटनाः ज्यान गुमाउने सातजनाकै पहिचान खुल्यो
दुर्घटना

प्युठान ट्याक्टर दुर्घटनाः ज्यान गुमाउने सातजनाकै पहिचान खुल्यो

नेपाल अखबार, प्युठान। प्युठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटनामा ज्यान गुमाउने सातैजनाको पहिचान खुलेको छ । मृतक सबै रोल्पाको रहेको प्रहरीले जनाएको छ । ट्याक्टर दुर्घटनामा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का १९ वर्षीय थमन बाठामगर, १९ वर्षकै वीरेन्द्र बाठामगर, २४ वर्षीय  रिमबहादुर बस्नेत, २१ वर्षीय सागर बस्नेत, २५ वर्षीय कविराम बस्नेतले ज्यान गुमाएका छन् । यस्तै ज्यान गुमाउनेमा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का गोवर्द्धन बुढामगर र त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर छन् ।  कुवँर ट्याक्टर चालक रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । ट्याक्टरमा ८ जना सवार भएपनि रोल्पाकै विशाल थापा भने हाम फालेर ज्यान जोगाउन सफल भएको पौडेलले बताए । उनीहरू सबै भिंगृ– स्वर्गद्वारी सडक निर्माणमा खटिएका मजदुरहरु हुन् । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ जाँदै ...
दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
दुर्घटना

दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपाल अखबार, बुटवल । दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका १५ का १६ वर्षीय पदम वली रहेका छन् । दुर्घटनामा परी घाइते भएका वलीकाे उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो । कपिलवस्तुको कृष्णनगरदेखि दाङको तुलसीपुतर्फ जाँदै गरेको रा १ च ९६६२ नम्वरको जिप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका ३ मुसोटमा दुर्घटना हुँदा घाइते पाँचजना घाइते भएका थिए । जसमध्ये वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।दुर्घटनामा परी तुलसीपुर १५ का २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएका खड्काले बताए । गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको उनले बताए ।...
बर्सेनि पहिरोकै पिरलो, वर्षाले झनै जोखिम बढायो
दुर्घटना, समाचार

बर्सेनि पहिरोकै पिरलो, वर्षाले झनै जोखिम बढायो

नेपाल अखबार, बैतडी। मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा उक्त क्षेत्रका नागरिकलाई बर्सातको समयमा हरेक वर्ष चिन्ता हुने गरेको छ । विसं २०१८ देखि शुरु भएको पहिरोले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ । तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीयवासी वीरसिंह भण्डारीले बताए । ठूलो पहिरो भएकाले हरेक वर्ष खस्ने गरेकाले पहिरोले बर्सेनि सताउने गरेको स्थानीय भोजराज जोशीले बताए। “कमेरोयुक्त माटो भएकाले पहिरो नियन्त्रणमा आउन सकेको छैन”, उनले भने, “वर्षा शुरु भयो कि पहिरोकै डर हुने गर्दछ ।” पहिरो...
साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण
Uncategorized, दुर्घटना, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी प्रदेशका साम्सद कृष्ण थापाले आफ्नो निर्वाचन क्षेत्र कास्की २(१) भित्र बाढी पहिरोले प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । दुई दिनको अविरल बर्षाको कारण आएको बाढी पहिरोले विभिन्न ठाँउमा क्षती पुर्याएको छ । पोखरा १७ स्थित डुबानमा रहेको छोरेपाटन, नमुना टोल स्थित स्थानियको घरमा पसेको पानी , पोखरा १७ र २१ जोड्ने दोबिल्ला पुल नजिक गएको पहिरोले स्थानीयलाई परेको असरको बारेमा बुझ्न थापा प्रभावित क्षेत्रमा पुगेका थिए । थापाले स्थानीय बासीलाई परेको समस्यालाई छिटो भन्दा छिटो हल गर्न सरोकारवाला अनुरोध गरेका छन् ।...
ओखलढुंगामा ट्रक पल्टिँदा चालकको मृत्यु
दुर्घटना

ओखलढुंगामा ट्रक पल्टिँदा चालकको मृत्यु

नेपाल अखबार,ओखलढुंगा । ओखलढुंगामा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए। बिहीबार बिहान साढे चार बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सेतीदेवी मन्दिर नजिकै दुर्घटनामा परेको हो। प्रहरीका अनुसार ट्रकले सोलुखोला बेनी हाइड्रोको सामान बोकेको थियो। ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ।रासस...
पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
दुर्घटना

पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

नेपाल अखबार, पोखरा । पोखरामा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-५ जिरो किलोमिटरस्थित कालिका पेट्रोल पम्प अगाडि लु ५९ प ८७८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानमा बस्ने ५१ वर्षीया रुपा सिंहको मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी सिंहलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घटनामा मोटरसाइकल चालक १९ वर्षीय नारायण प्रसाद आचार्य पनि गम्भीर घाइते भएको र रिजन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी मोटरसाइकल नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।...
पोखरामा दुई मोटरसाइकल एकापसमा जुधे, दुवै मोटरसाइकल जले
दुर्घटना

पोखरामा दुई मोटरसाइकल एकापसमा जुधे, दुवै मोटरसाइकल जले

नेपाल अखबार, पोखरा । पोखरामा दुई मोटरसाइकल एकापसमा जुध्दा आगलागी भएको छ । नयाँ बजार स्थित ट्याक्सी व्यवासायी समितको कार्यालय नजिकै दुई वटा मोटरसाइकल एकापसमा जुध्नासाथ आगलागी भएको हो । आगलागीबाट दुवै मोटरसाइकल जलेर ध्वस्त भएका छन् । महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ आउदै गरेका दुई मोटरसाइकल एकापसमा जुधेर आगलागी भएको प्रत्यक्षदर्शी रविन पौडेलले बताए । प्रत्यक्षदर्शीका अनुसार दुबै मोटरसाइकलमा सवार ४ जना  भने दुर्घटना लगत्तै उठेर नजिकैको पेट्रोल पम्प तर्फ दौडिएका थिए । दुर्घटनामा  ग१४प ३८६१ र ग१६प ४४४१ नम्बरका मोटरसाइकल चालकसहित २/२ जना गरी ४ जना सामान्य घाइते भएको  जिल्ला प्रहरी कार्यालय  कास्कीका  प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनीहरुको  स्थानीय गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले जनाए ।...