Wednesday, October 29

दुर्घटना

गुल्मीमा टिपर दुर्घटनामा हुँदा  एक जनाको मृत्यु
दुर्घटना, समाचार

गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु

नेपालअखबार ,बुटवल ।  गुल्मीको सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । रिडीबाट पूर्तिघाट तर्फ जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिका – २ को पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटना हुँदा टिपर चालक पाल्पाको रैनादेवि छहरा गाउँपालिका – १  निवासी २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परि सल्यानको वनगाउँ–७ बस्ने २३ वर्षका मोहन जैसी  घाइते भएका छन् ।...
भारतमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

भारतमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो । मुख्यमन्त्री देवेन्द्र फडणविसले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छज् । उनका अनुसार मृतकमा नौसेनाका तीन जवान पनि छन् । उद्धारकर्ताले १०१ जनालाई बचाएका छन् । मृतकका परिवारलाई राज्य सरकारले ५/५लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । इण्डियन नेवीका अनुसार उसको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुंगामा ठोक्किएको थियो । एक महिना भित्र इण्डियन नेवीको डुंगा दुर्घटना भएको यो द‍ोस्रोपटक हो । अघिल्लो पटकको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।...
ट्रकले ठक्कर दिएको कारमा भेटियो १३० किलो गाँजा
दुर्घटना, समाचार

ट्रकले ठक्कर दिएको कारमा भेटियो १३० किलो गाँजा

नेपालअखबार,सिरहा। पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले १३० किलो गाँजा फेला पारेको छ। सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो। प्रहरीले खोजतलासका  कारमा गाँजा फेला पारेको हो। कारका चालक फरार छन् भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ।...
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
दुर्घटना, समाचार

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

नेपालअखबार,सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको छ । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।...
रौतहटमा गाडी दुर्घटनामा परी ८ जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

रौतहटमा गाडी दुर्घटनामा परी ८ जनाको मृत्यु

नेपालअखबार,रौतहट। रौतहटमा गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति १ बजेतिर चन्द्रपुर नगरपालिका-४स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले जानकारी दिए। दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी राजकुमार राईको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। अनुसन्धानको क्रममा बा १६ च ३१६२ नं.को गाडी अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको थियो। सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोल बस्ने ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय र्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी चमार, ६० वर्षीय रामकुमारी देवी महरा र ३० वर्षीय सकुन्तला देवि महराको मृत्यु भएको हो त्यस्तै ५० वर्षीय गाडी चालक श्रीकुमार यादवको पनि मृत्यु भएको ह...
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
दुर्घटना, समाचार

बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर शान्तिटोल गेट नजिकै बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र नुवाकोटकै तादी गाउँपालिका–१ का ५८ वर्षीया सुन्तरी ओझा छन् । उनीहरू शनिबार बिहान बसको ढोकाबाट खसेका थिए । ढोकाबाट खसेपछि गम्भीर घाइते भएका उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बसका सह–चालक पनि बसबाट खसेर घाइते भएका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चालक भने फरार छन् ।फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना
दुर्घटना, समाचार

वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना

नेपालअखबार,मकवानपुर । मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१  नम्बरको यात्रु बाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै पर्ने पूर्व पश्चिम सडक खण्डको रातोपाटे भन्ने स्थानमा दुर्घटना हुँदा  बसमा सवार रहेका १८  मध्ये चालक सहित १७ जना घाइते भएका हुन् । मकवानपुर प्रहरीका अनुसार बाराको पर्सैनि गाउँपालिका वडा नम्बर ३ का ९ वर्षकी  जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ ।घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।...
त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार
दुर्घटना, समाचार, समाज

त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार

नेपालअखबार,धादिङ। पृथ्वी राजमार्गअन्तर्गत् धादिङमा एउटा ट्रक त्रिशूली नदीमा खसेको छ। नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार रोराङ गाउँपालिका–१० खयरघारीमा बिहान ५:५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ। दुर्घटना स्थलबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। नवलपरासी पश्चिमका २७ वर्षीय ट्रक चालक आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो। ट्रक भने नदीमै रहेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले ट्रकमा रहेको सामान र ट्रक निकाल्ने प्रयास गरिरहेको प्रहरीले बताएको छ। ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको र उद्धार गरिएकाहरूको अवस्था सामान्य रहेको र उपचारका लागि चितवन पठाइएको प्रहरीले बताएको छ।...
दार्चुलामा जिप दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुल्यो
दुर्घटना, समाचार, समाज

दार्चुलामा जिप दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

नेपालअखबार,दार्चुला। दार्चुलामा जिप दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जानकारी दिए। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल छन्। त्यस्तै बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको मृत्यु भएको छ। चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउकोमा गम्भीर चोट छ।  ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएको डिएसपी द...
चीनमा भीडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

चीनमा भीडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् । यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय व्यक्तिले स्पोर्ट्स सेन्टरमा आफ्नो गाडी घुसाएका थिए । अधिकारीहरुले यसलाई गम्भीर हमला भनेका छन् । चिनियाँ सञ्चार माध्यमका अनुसार गाडी चलाउने व्यक्तिले भाग्ने कोसिस गरेका थिए, तर पक्राउ परेका छन् । उनले आफैंमाथि आक्रमण गरेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार आरोपित व्यक्ति सम्बन्ध विच्छेदपछि सम्पत्ति बाँडफाँटको विषयलाई लिएर असन्तुष्ट थिए । त्यसैले उनले यो घटना गराएको हुनसक्ने आशंका छ । तर उनी कोमामा रहेकाले पुलिसले सोधपुछ गर्न सकेको छैन ।...