Saturday, November 1

दुर्घटना

बस र एम्बुलेन्स ठोक्किँदा तीन जना घाइते
दुर्घटना, समाचार

बस र एम्बुलेन्स ठोक्किँदा तीन जना घाइते

नेपालअखबार,पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीस्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुवाहक बस र एम्बुलेन्स ठोक्किँदा तीन जना घाइते भएका छन् । नारायणगढबाट आज बागलुङतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०३०० नम्बरको बस र म्याग्दीबाट पोखरा जाँदै गरेको जलजला गाउँपालिका पर्वतको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन् । घाइते हुनेमा एम्बुलेन्समा सवार कुश्मा नगरपालिका–१ की ४५ वर्षीया भगवती क्षेत्री, ४९ वर्षीया केशरी अधिकारी र ५२ वर्षीया गीताकुमारी क्षेत्री रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये भगवती क्षेत्रीको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य दुईको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पर्वतको जलजला गाउँपालिका–७ की ५५ वर्षीया महिला बिरामी भई पोखरा लैजाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक ख...
बाँके बस दुर्घटनामा मृतकको संख्या तीन पुग्यो
दुर्घटना, समाचार

बाँके बस दुर्घटनामा मृतकको संख्या तीन पुग्यो

नेपालअखबार, बाँके। बाँके बस दुर्घटनामा मृतकको संख्या तीन पुग्यो  । बाँकेमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ। घाइतेमध्ये दाङ घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राईको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायणले  बताए। बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपािलका–६ का २४ वर्षीय सन्तोष भुसाल र बसमा सवार तुलसीपुर–६ कै ६० वर्षीय मानबहादुर वलीको यसअघि मृत्यु भएको थियो। अन्य घाइतेमध्ये २१ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा, ४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार जारी छ। घाइतेमध्ये नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि एक जना डिस्चार्ज भएका छन्। दाङको तुलसीपुबाट नेपालगन्जतर्फ जाँदै गरेको  भे १ ख २१२८ नम्बरको बस जानकी गाउँपालिका–६ कोठारपुरमा अनियन्त्रित भई बिहान सवा ११ बजेतिर सडकखण्डमै पल्टिएक...
पोखरामा स्कुल बस तीन ट्याक्सीसँग ठोकियो
दुर्घटना, समाचार

पोखरामा स्कुल बस तीन ट्याक्सीसँग ठोकियो

नेपालअखबार, पोखरा । पोखरामा स्कुल बस ट्याक्सीमाथि खस्दा चालक घाइते भएका छन् । पोखरा १७ घारिपाटनस्थित हिमालयन आँखा अस्पताल नजिक पार्किङमा राखेको ट्याक्सीमाथि बस खसेको हो । न्यू मोडल सेकेण्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक स्याङ्जाको भीरकोट घर भई पोखरा ९ कृष्णटोल बस्ने ५४ वर्षका दलबहादुर गुरुङ घाइते भएका हुन् । उनको अवस्था सामान्य रहेको र उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । बसमा २० जना विद्यार्थीहरू सवार थिए । उनीहरूलाई कुनै शारीरिक चोटपटक नलागेको शर्माको भनाई छ । चालकले नियन्त्रण गुमाएपछि बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बसले तीनवटा ट्याक्सीमा क्षति पुगेको छ । ग १ ज २९३४ नम्बरको ट्याक्सीको अगाडि र पछाडि क्षति भएको छ भने ग१ज २२४१ नम...
तनहुँ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २७ जना पुग्यो
दुर्घटना, समाचार

तनहुँ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २७ जना पुग्यो

नेपालअखबार, तनहुँ।  तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। ‘भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना, घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा गरी कुल २७ जनाको मृत्यु भएको हो,’ उनले भने। त्यसैगरी घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो। दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो। पछि थप चार जनालाई पनि हेलिकप्टरमै राखेर शिक्षण अस्पतालमा ल्याइएको हो। दुर्घटना भएपछि नेपाल प्रह...
गाडी दुर्घटनामा घाइते सर्केगाड गाउँपालिकाका उपाध्यक्षको मृत्यु
दुर्घटना, समाचार, समाज

गाडी दुर्घटनामा घाइते सर्केगाड गाउँपालिकाका उपाध्यक्षको मृत्यु

नेपालअखबार, सुर्खेत । गाडी दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को मृत्यु भएको छ । उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । कार्की सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका थिए । भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए । घाइते सबैलाई भेरी अस्पताल लगिएको थियो । उपचारका क्रममा राती दुई बजेतिर ३९ वर्षीय कार्कीको निधन भएको प्रहरीले जनाएको छ ।उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् । कार्की नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य हुन् ।...
मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु
दुर्घटना, समाचार

मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

नेपालअखबार, चितवन। चितवनको खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ। खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु
दुर्घटना, समाचार

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु

नेपालअखबार, सिन्धुली ।सिन्धुलीको कमलामाई नगरपालिका-२ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए। मृतकको पहिचान खुलेको छैन। घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको उनले बताए।  दुर्घटनापछि बीपी राजमार्ग अवरुद्ध भएको छ।  ...
अस्ट्रेलिया : होटेलमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु
दुर्घटना, समाचार

अस्ट्रेलिया : होटेलमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु

नेपालअखबार, क्वीन्सल्याण्ड । क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ । सोमबार हिल्टन होटलको डबलट्रीमा विमानले ठोक्किएको थियो । त्यसपछि भएको आगलागीका कारण सयौँ पाहुनाहरूलाई बाहिर निकालिएको थियो। होटलका दुई पाहुनाहरूलाई स्थिर अवस्थामा अस्पताल लगिएको थियो । क्वीन्सल्याण्ड प्रहरीले हेलिकप्टरमा सवार एक जनाको मात्र घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ । हेलिकप्टर चार्टर गर्ने कम्पनीले स्थानीय सञ्चारमाध्यमलाई पाइलट ‘अनधिकृत’ उडानमा रहेको बताएको छ। केर्न्सको मुख्य एस्प्लेनेडमा रहेको होटेलमा बसेकी अमान्डा केले वर्षाको मौसममा हेलिकप्टर बत्तीबिना कम उचाइमा उडिरहेको देखेकी थिइन्। बीबीसी...
दुर्घटनाग्रस्त हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक थिए
दुर्घटना, समाचार

दुर्घटनाग्रस्त हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक थिए

नेपालअखबार, काठमाडौँ । बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।...
जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते,चालकको घटनास्थलमै मृत्यु
दुर्घटना, समाचार

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते,चालकको घटनास्थलमै मृत्यु

नेपालअखबार, जाजरकोट। जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। भेरी नगरपालिका-६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि वडा नम्बर ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। ग १ ज ७७११ नम्बरको जिप सडकदेखि ३००/४०० मिटर खस्दा भेरी-६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको मृत्यु भएको हो। जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।  घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको टिपोट आएको उनले बताए। सदरमुकामबाट प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।...