Friday, July 31

अर्थ

आज घट्यो सुन–चाँदीको भाउ
अर्थ, समाचार

आज घट्यो सुन–चाँदीको भाउ

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला दुई सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला एक हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
अर्थ, समाचार

धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

नेपालअखबार,कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको  थालिएको हो । पुल निर्माणका लागि रु तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छभने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ । आयोजना कार्यालयलका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो । पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले– धनगढी १० किलोमिटर सडकको सर्भे भएको थियो । धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन...
सुन–चाँदीको भाउ बढ्यो
अर्थ, समाचार

सुन–चाँदीको भाउ बढ्यो

नेपालअखबार,काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ। बुधबार एकैदिन प्रतितोला सात हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । जसअनुसार बुधबार १० ग्रामको सुनको मूल्य तोलामा १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ । यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।...
अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमणका लागि पुगे भारतीय मन्त्री खट्टर
अर्थ, राजनीति, समाचार

अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमणका लागि पुगे भारतीय मन्त्री खट्टर

नेपालअखबार,सोलुखुम्बु । नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन भ्रमण गरेका छन् । मंगलबार बिहान काठमाडौँ आइपुगेका मन्त्री खट्टर र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संयुक्त रूपमा आयोजनाको भ्रमण गरेका हुन् । भारतको एसजेभीएन (यसअघि सत्लज जल विद्युत निगम) ले अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यसको क्षमता ९ सय मेगावाट रहेको छ । भ्रमणका क्रममा मन्त्री खट्टर र मन्त्री खड्काले आयोजनाको प्रगतिबारे समीक्षा गरेका थिए । त्यस्तै, आयोजनासम्बन्धी अवरोधहरूको समाधान गर्ने उपायका बारेमा पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ । सो अवसरमा पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको पनि सुरुवात गरिएको थियो । भ्रमणमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत अधिकारीहरू पनि सहभागी थि...
सुनको मूल्यमा नयाँ कीर्तिमान
अर्थ, समाचार

सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ ।यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।...
नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो
अर्थ, समाचार

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नेपालअखबार,काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड थियो भने पछिल्लो नौ महिनामा रू दुई खर्ब ३३ अर्ब १७ करोड ऋण थपिएको छ । यसरी चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रू २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको कार्यालयले जनाएको छ । ‘चैत मसान्तसम्ममा सार्वजनिक ऋण कूल ग्राहस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा ४६ दशमलव ७५ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव १९ र आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ८१ प्रतिशत छ”, प्रतिवेदनमा भनिएको छ । मुलुकको हालसम्मको कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण रू १३ ख...
काठमाडौं महानगरले ९ महिनामा तिरायो २ करोड ४७ लाख जरिबाना
अर्थ, प्रशासन, समाचार

काठमाडौं महानगरले ९ महिनामा तिरायो २ करोड ४७ लाख जरिबाना

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा साढे २ करोड रुपैयाँ बराबर जरिबाना गरेको छ । महानगरपालिका राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार चैत मसान्तसम्म महानगरपालिकाले प्रशासनिक दण्ड, जरिबाना शीर्षकमा २ करोड ४७ लाख २० हजार बराबर राजस्व संकलन गरेको हो । जुन गत वर्षको तुलनामा १९ प्रतिशत बढी हो । गत आव चैत मसान्तसम्म महानगरले २ करोड ७ लाख ७२ हजार रुपैयाँ उठाएको थियो । काठमाडौं महानगरले सभा, सम्मेलन, आन्दोलन गर्दा फोहोर गर्ने राजनीतिक दल, संस्थालाई कारबाही गर्दै आएको छ । यस्तै जथाभावी पोस्टर टाँस्ने, होर्डिङ बोर्ड राख्ने, फोहोर फाल्ने, अनुमतिविना सडक खन्ने, खुला ठाउँमा आगो बाल्ने जस्ता विभिन्न शीर्षकमा कारबाही गर्दैै आएको छ ।...
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
अर्थ, समाचार

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

नेपालअखबार,मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको हाे । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य  छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा   भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए । नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरे ।...
सुनको मूल्य सामान्य घट्यो
अर्थ, समाचार

सुनको मूल्य सामान्य घट्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । जन मूल्य हालसम्मकै उच्च हो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही कायम भएको हो ।...