Sunday, August 23

अर्थ

उखुको समर्थन मूल्य निर्धारण
अर्थ, कृषि, समाचार

उखुको समर्थन मूल्य निर्धारण

नेपालअखबार,काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ पुर्‍याइएको हो । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल  ७० रुपैयाँ अनुदान दिएको थियो । यो रकमसमेत उद्योगीहरुमार्फत नै किसानलाई दिने गरिएको छ ।...
स्याङ्जाका विद्यार्थी पढ्दै, कुखुरापालन गर्दै
अर्थ, कृषि, शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

स्याङ्जाका विद्यार्थी पढ्दै, कुखुरापालन गर्दै

नेपालअखबार,वालिङ (स्याङ्जा) ।  ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् । प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन् । विद्यालय परिसरमा  गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ । पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ । ‘विद्यालय परिसरमा विद्यार्थीको प्रत्यक्ष रेखदेखमा कुखुरापालन गरिएको छ’, उनले भने, ‘विद्यालय सञ्चालन भएका दिनमा विद्यार्थीले रेखदेख गर्ने भए पनि बिदाका दिनमा भने छुट्टै कर्मचारीको...
व्यावसायिक सिँगडा खेतीबाट गाउँमै मनग्य आम्दानी
अर्थ, कृषि, समाचार, समाज

व्यावसायिक सिँगडा खेतीबाट गाउँमै मनग्य आम्दानी

नेपालअखबार,राँझा (बाँके) । जानकी गाउँपालिका-२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडा खेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै मनग्य आम्दानी गर्न सफल भएका छन् । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै चार लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर वर्षौंदेखि सिँगडाखेती गर्दै आएका छन् । ‘अहिले सिँगडाको याम हो, यामभर ६० क्विन्टलभन्दा बढी सिँगडा बिक्री गर्छु, क्विन्टलको रु छ हजारका दरले बिक्री भइरहेको छ’, उनले भने, ‘व्यापारी गाउँमै सिँगडा खरिद गर्न आउँछन्, बिक्री गर्न समस्या छैन ।’ एकपटक बीउ लगाएपछि यामभरमा तीन पटकसम्म सिँगडा टिप्न मिल्छ । सिँगडा खरिद गर्न नेपालगञ्जबाट खुद्रा व्यापारी गाउँमा नै आउने गरेका छन् । माग बढी आएका बेलामा चार–पाँच जना ज्यालादारी मजदुर लगाएर सिँ...
सुन तोलामा २ हजार ६ सय घट्यो
अर्थ, समाचार

सुन तोलामा २ हजार ६ सय घट्यो

नेपालअखबार,काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार  ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।...
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो । सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो ।  मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर आजदेखि कार्यान्वयनमा गएको हो ।...
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
केराखेतीबाट वार्षिक १० लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

नेपालअखबार,कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन्। डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक रु १० लाख बढी आम्दानी गरिरहेका छन् । राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन् । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट रु २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए । अहिले केराखेतीबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए। “केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु”, रानाले भने, “वार्षिक रु २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ ।”  केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका सा...
८३ करोड बढी रुपैयाँमा बिक्री भयो भित्तामा टाँसिएको केरा
अर्थ, विश्व, समाचार

८३ करोड बढी रुपैयाँमा बिक्री भयो भित्तामा टाँसिएको केरा

नेपालअखबार , काठमाडौं । अमेरिकामा एउटा केरा ६२ लाख डलर (८३ करोड रुपैयाँ भन्दा बढी) मा बिक्री भएको छ। क्रिप्टोकरेन्सीका व्यवसायी जस्टिन सनले लिलामीमा राखिएको एउटा केरा ६२ लाख डलरको बोली लगाएर किनेका हुन्। यो केरालाई इटालियन कलाकार एवं व्यंग्यकार मौरिजियो क्याटेलानले ‘कमेडियन’ नाम दिएर कलाकृतिको रूपमा प्रस्तुत गरेका थिए। न्यूयोर्कमा रहेको चर्चित अक्सन हाउस सदबिजमा यसको लिलामी भएको हो। केरालाई एक भित्तामा टेपले टाँसिएको थियो। उक्त केरा किन्ने व्यक्ति क्रिप्टोकरेन्सी ट्रोनका संस्थापक सन हुन्। उनले यसको भुक्तानी पनि क्रिप्टोमार्फत गरेका हुन्। ‘यो कलाले भविष्यमा थप विचार र छलफललाई प्रेरित गर्ने र इतिहासको हिस्सा बन्नेमा म विश्वस्त छु,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। यस्तै उनले किनेको यो केरालाई खाने पनि ट्विटमा उल्लेख गरेका छन्। ‘आउने दिनमा अद्वितीय कलात्मक अनुभवको र...
झापाबाट एघार करोडको चिया निर्यात
अर्थ, कृषि, समाचार

झापाबाट एघार करोडको चिया निर्यात

नेपालअखबार,झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ”, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने । इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा रु १३ करोड लगानी भएको उनले बताए । संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगार...
अलैंचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
अर्थ, कृषि, समाचार, समाज

अलैंचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

नेपालअखबार, फुङ्लिङ(ताप्लेजुङ) । कालो सुनको उपमा पाएको अलैंचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैंचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैंची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैंची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैंची प्रतिमन एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैंची प्रतिमन एक लाख एक हजारमा कारोबार भइरहेको छ । ताप्लेजुङमा साउनदेखि अलैंची टिपाइ सुरु हुन्छ । लेकाली क्षेत्रहरुमा अहिले पनि टिपाइ भइरहेको छ । मङ्सिर अन्तिम साता सम्...