Monday, August 3

अर्थ

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै
अर्थ, प्रशासन, समाचार

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

नेपालअखबार, काठमाडौं  । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । घटीमा रू पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रू पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका ...
१० अर्ब आन्तरिक ऋण उठाइँदै
अर्थ, समाचार

१० अर्ब आन्तरिक ऋण उठाइँदै

नेपालअखबार, काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १० भदौ आइतबार विकास ऋणपत्र बोलकबोल मार्फत ६ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल २८ साउनमा र निष्कासन ११ भदौमा हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्र धितो राखी क...
सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरमै रोकियो
अर्थ, समाचार

सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरमै रोकियो

नेपालअखबार, रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण  विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डमा अत्यधिक हिलो भएका  कारण गत वर्ष र चालुआवको साउन महिनामा आयात गरिएका चार सयभन्दा बढी नयाँ कार, जीप, भ्यान टिमुरेमै रोकिएका छन् । यसबाट रु एक अर्बभन्दा बढी भन्सार शुल्क असुल गर्न बाँकी रहेको उनले बताए  । सडकको नाजुक अवस्थाका कारण रसुवागढी क्षेत्रमा अहिले एमबी, बिवाइडी, किङलङ र नेटा कम्पनीले आयात गरेका सवारीसाधन रोकिएका जनाइएको छ । सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात...
पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब
अर्थ, प्रशासन, समाचार

पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब

नेपालअखबार, काठमाडौं । चालू आर्थिक वर्ष २०८०/a८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ । व्यापार घाटा भए तापनि यो अघिल्ला वर्षभन्दा ७६ करोड ६० लाख ५० हजारले कम हो । गत साउनमा आयातबाट मात्र कुल ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ राजस्व उठेको छ । भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा वस्तु तथा सेवा आयातमा कमी आएकाले व्यापार घाटा पनि कमी आएको हो । विभागले गत वर्षभन्दा १ दशमलव ५६ प्रतिशतले कम आयात भएको जनाएको छ । गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु आयात भएको थियो । गत साउनमा नेपालबाट अन्य देशमा हुने निर्यात ८ दशमलव ६५ प्रत...
सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन
अर्थ, कृषि, समाचार, समाज

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

नेपालअखबार, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाए । गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो । मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँ पुग्नुभएका उहाँले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाए । वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँपालिकाका कृष्ण राईलाई राहदानी बुझाएका मिलनलाई मेनपावर कम्पनीले रु तीन लाख ५० हजार धरौटी रकम लाग्ने सुनायो । नेपाल सरकारसँगको सम्झौताअनुसार ज्यामी काममा मलेसिया जान का लागि फ्रि भिजा, फ्रि टिकेट भनिए पनि मेन...
नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो
अर्थ, समाचार

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

नेपालअखबार, काठमाडाैं। नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ। टेलिकमले सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जानकारी दिएको छ। टेलिकमले सिरियल नम्बर  ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड  खरिद बिक्री नगर्न वितरक र  ग्राहकलाई अनुरोध गरेको छ। ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न ‍नेपाल ‍टेलिकमले अनुरोध गरेको छ। नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले दुई साताअघि काठमाडौंबाट भैरहवा लैजाने क्रममा कार्ड हराएको बताए। हराएका कार्डमा पैसा नहुने भएकाले कसैले पनि ती कार्ड नकिन्न उनले अनुरोध गरे। ‘ढुवानीको क्रममा रहेका कार्ड टेलिकमको सम्बन्धित कार्यालयम...
५५ खर्बको अर्थतन्त्रमा ७० खर्बको कर्जा
अर्थ, समाचार

५५ खर्बको अर्थतन्त्रमा ७० खर्बको कर्जा

नेपालअखबार, काठमाडौं । पछिल्लो २० वर्षमा बैंकिङ क्षेत्रबाट औसतमा १९ दशमलव ४ प्रतिशतले कर्जा विस्तार भएको छ । तर, कर्जाको विस्तार भएअनुरूप वास्तविक क्षेत्रको विस्तार हुन नसकेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जा र कुल गार्हस्थ्य उत्पादनबीचको औसत अनुपात बढ्नुका अतिरिक्त ठुला आकारका कर्जाको संख्या पनि बढेको छ । दुई दशकमा वास्तविक क्षेत्र विस्तार नभई वित्तीय क्षेत्रको मात्र विस्तार हुँदा वित्तीय सम्पत्तिको गुणस्तर कमजोर हुन गई वित्तीय स्थायित्वमा मात्र नभएर यसले अन्ततः वास्तविक क्षेत्र तथा सरकारी वित्तमा समेत दीर्घकालीन रूपमा प्रतिकूल प्रभाव पार्न सक्ने जोखिम रहने निष्कर्ष पनि नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । यही कारणले गर्दा कर्जाको वृद्धिभन्दा कर्जाको उत्पादनशील उपयोग बढाउने, साना तथा मझौला उत्पादनशील कर्जामा जोड द...
गोलभेँडाको न्यूनतम मूल्य नै १६० पुग्यो
अर्थ, कृषि, समाचार, समाज

गोलभेँडाको न्यूनतम मूल्य नै १६० पुग्यो

नेपालअखबार, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेँडा सानो ९४, घिउ सिमी लोकल ३०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ४५, लौका ४०, हरियो फर्सी ६०, स्कूस ६० कायम भई कारोबार भइरहेको छ । त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ६०, तितो करेला ३०, ब्रोकाउली १००, कागती १३० रुपैयाँ, भिण्डी ३५, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काँक्रो ४०,तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।...
सेगवेका इलेक्ट्रिक स्कुटर अब ०% ब्याजदरमा उपलब्ध
अर्थ, समाचार

सेगवेका इलेक्ट्रिक स्कुटर अब ०% ब्याजदरमा उपलब्ध

नेपालअखबार, काठमाडौँ । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आईहबले, सेगवे इलेक्ट्रिक स्कुटरहरुको लागि ०% ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ । दिगो यातायात विकल्पहरूप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको ०% फाइनान्सिङ सेवाले नेपालभरका ग्राहकलाई ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य राखेको छ । यो विशेष अफर सेगवेका सबै मोडेलहरू एन१००, ई१००, ई११०एल, र ई१२५ मा उपलब्ध रहेको छ । ०% फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ ।  जसले १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्दछ ।...
राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने
अर्थ, समाचार

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

नेपालअखबार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सार्वजनिक बोलकबोलमार्फत केन्द्रीय बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्था गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बिहीबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । विकास ऋणपत्र साउन १९ गते शुक्रबार जारी हुनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुबै प्रणालीबाट बिक्री हुने विकास ऋणपत्रको कूल रकम मध्ये ८५ प्रतिशत अर्थात् ८.५ अर्ब रुपैयाँ प्रतिस्पर्धा र १५ प्रतिशत (१.५ अर्ब रुपैयाँ) विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ । विकास ऋणपत्रको ब्याज भने अर्धवार्षिक अर्थात् ६÷६ महिनामा प्रदान गरिने बैंकले जनाएको छ ।...