Monday, August 3

अर्थ

पेट्रोल र डिजलको मूल्य बढ्यो, ग्यासको घट्यो
अर्थ, समाचार

पेट्रोल र डिजलको मूल्य बढ्यो, ग्यासको घट्यो

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ । हेर्नुहोस् आयल निगमको सूचना...
बढ्यो सुनचाँदीको मूल्य ?
अर्थ, समाचार

बढ्यो सुनचाँदीको मूल्य ?

नेपालअखबार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ थियो । हिजो सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको थियो ।यस्तै, २५ रुपैयाँले बढेको चाँदीको कारोबार आज तोलामा १४ सय ७५ रुपैयाँमा भइरहेको छ । हिजो सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ थियो ।...
भारतमा सरसफाइको काम गर्ने ११ महिला बने करोडपति
अर्थ, विदेश, समाचार, समाज

भारतमा सरसफाइको काम गर्ने ११ महिला बने करोडपति

नेपालअखबार,काठमाडाैं । ११ जुनमा सरसफाइसम्बन्धी काम गर्ने महिलाको समूहले चिठ्ठा खरिद गरेका थिए । गत साता उनीहरुको भाग्य खुल्यो । उनीहरु करोडपति बने । सात जना महिला मिलेर चिट्ठा खरिद गरेका थिए । भारतको केरला राज्यका ती महिलाहरुले १० करोड रुपैयाँ जितेका हुन् । चिठ्ठा जित्ने महिलाहरू हरेक घरबाट कुहिने फोहोर संकलन गर्ने काम गर्छन् । काम गरेबापत उनीहरुले प्रत्येक दिन २५० भारतीय रुपैयाँ कमाउँछन् । त्यो आर्जनले दैनिकी धान्नै धौधौ बनेको अवस्थामा त्यसकै आर्जनबाट खरिद गरेको चिठ्ठाले करोडपति बनेपछि उनीहरुले त्यस काम आफूहरूको लागि निकै भाग्यमानी साबित भएकाले कामलाई अझै निरन्तरता दिने बताएका छन् । न्युन आर्जनका कारण एकल रुपमा चिठ्ठाको टिकट खरिद गर्न नसक्ने भएपछि महिलाहरुले समूहमा मिलेर लगानी गर्थे । भारतको अन्य राज्यमा चिठ्ठा अवैध भए पनि केरलामा भने सरकारलेनै चिठ्ठा सञ्चालन गर्छ । निजी क्षेत्रलाई ...
हुलास स्टिलको उत्पादन २५ प्रतिशतले उत्पादन घट्यो
अर्थ, समाचार

हुलास स्टिलको उत्पादन २५ प्रतिशतले उत्पादन घट्यो

नेपालअखबार, बारा । ७ दशक पुरानो इतिहास बोकेको नेपालको पहिलो जस्तापाता उत्पादन गर्ने हुलास स्टिलको उत्पादन २५ प्रतिशतले घटेको छ । हुलास स्टिलका सञ्चालक हिमान्सु गोल्छाले लगातारको आर्थिक मन्दीका कारण गत आर्थिक वर्षमा २५ प्रतिशतले उत्पादन घटेको जानकारी दिए । बैंकको व्याजदर बढ्दा अहिले धेरै नै समस्या भएको छ ।  नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयले ऋण लगानी गर्दा अलि खुकुलो नीति लिनुपर्छ,अहिले साना–ठुला सबैखालका उद्योगहरु एकदमै समस्यामा छन्’ गोल्छाले भने,  ‘अर्थतन्त्र चलायमान हुनका लागि बैंकको पैसा चाहिन्छ, सरल रुपमा बैंकहरुले ऋण दिईयो भने अर्थतन्त्र चलायमान हुन्छ । यसका लागि सरकारले लिएको कडा नीतिमा अलिकति खुकुलो बनाईदिनुपर्यो भन्ने हाम्रो माग हो, यसो गर्दा उद्योगलाई राहत मिल्छ ।’ उद्योगले आइतवारदेखि जस्तापाता उत्पादन गर्ने वातावरण मैत्री नयाँ प्लान्ट समेत सञ्चालनमा ल्याएको जनाएको छ ।...
एलपी ग्यासको आयातमा कमी
अर्थ, समाचार, समाज

एलपी ग्यासको आयातमा कमी

नेपालअखबार, काठमाडौँ । गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ । गत आवमा ६५ अर्ब ५५ करोड ९७ लाख चार हजार रुपियाँ बराबरको पाँच लाख ३५ हजार ८६५ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा ग्यासको आयात परिणाम र परिमाण दुवैमा कमी आएको विभागको तथ्याङ्क छ । एक वर्षमा बजारमा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ । नेपाल आयल निगमका अनुसार मासिक ग्यासको खपत ४२ हजार ६८१ मेट्रिक टन हुने गरेको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको जानक...
रसुवागढी नाकामा चहलपहल बढ्यो
अर्थ, समाचार

रसुवागढी नाकामा चहलपहल बढ्यो

नेपालअखबार, रसुवागढी। चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ। कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो। सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ। नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन्। तीन महिनाको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको तथ्याङ्क छ। सो अवधिमा पाँच हजार दुई सय ३६ महिलासहित १० हजार छ सय ७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएका अर्यालले बताए। कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन...
मोबाइल आयातमा उच्च गिरावट
अर्थ, समाचार

मोबाइल आयातमा उच्च गिरावट

नेपालअखबार, काठमाडौं । नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको अन्तर्रा‍ष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार  मोबाइल आयातमा १२ अर्ब रुपैयाँ बराबरले गिरावट आएको देखिएको छ । आघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब रुपैयाँ भन्दा बढीको फोन भित्रिएकामा गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको मात्रै फोन भित्रिएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा ३९ लाख ३५ हजार ३६७ थान मोबाइल नेपाल भित्रिएको भन्सारले जनाएको छ । यसका लागि नेपालबाट २६ अर्ब ५१ करोड ४७ लाख २० हजार रुपैयाँ बाहिरएको छ । मोबाइल र टेलिफोन आयातबाट सरकारले ४ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष ५५ लाख ८६ हजार ५७८ थान फोन र टेलिफोन उपकरण नेपालले आयात गरेको थियो । जसका लागि ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँ मुलुकबाट बाहिरीएको थियो । गत वर्ष सरकारले फोन...
नेपाल-भारत व्यापार : १० खर्बको आयात, १ खर्बको निर्यात
अर्थ, समाचार

नेपाल-भारत व्यापार : १० खर्बको आयात, १ खर्बको निर्यात

नेपालअखबार, काठमाडौँ । गत आर्थिक वर्षमा नेपालले भारतसँग कूल ११ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । यसमध्ये १० खर्ब २७ अर्ब रुपैयाँको आयात र १ खर्ब ६ अर्बको निर्यात भएको छ । यो नेपालको कूल वैदेशिक व्यापारको ६४ प्रतिशत प्रतिशत हो ।भन्सार विभागले जारी गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांकअनुसार नेपालको सबैभन्दा ठुलो वैदेशिक व्यापारको साझेदार भारत हो । विगतका वर्षहरूमा जस्तै नेपालको वैदेशिक व्यापारमा भारतसँगको हिस्सा ६० प्रतिशतभन्दा बढी नै कायम हुँदै आएको छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नेपालले भारतसँग मात्रै ९ खर्ब २१ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ । जबकि, गत आर्थिक वर्षमा नेपालको कूल वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ छ । यस्तै, नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब रुपैयाँको भएको छ । यसमध्ये ११ खर्ब ३३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भारतस...
मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
अर्थ, समाचार

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै छ । आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ । मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी मौद्रिक उपकरणमा लचकता अपनाउन सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ४ प्रतिशत रहेको सीआरआरलाई यथावत राख्दै घट्दो मुद्रा स्फीतिलाई मध्यनजर गर्दै नीतिगत दरलगायत ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई घटाउन सक्ने अवस्था रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । राष्ट्र बैंकले सिथिल अर्थतन्त्रलाई केही चलायमान बनाउन मौद्रिक नीतिको कार्यदिशा केही खुकुलो बनाए पनि निजी क्षेत्रमा जाने कर्जा उच्च दरमा विस्तार गर्ने पक्षमा छैन । खस्कँदो कर्जाको गुणस्तरलाई मध्यन...
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
अर्थ, समाचार

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

नेपालअखबार, हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए। उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब दुई हप्ताभित्र ल्याएको र प्रथम चरणमा एक हजार मेट्रिक टन केही दिनभित्रै आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए। उनका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करिब आठ सय मेट्रिक टन कोइला रहेको भएपनि पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको हो। महाप्रबन्धक पाण्डेले उ...