Monday, August 3

अर्थ

एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व
अर्थ, समाचार

एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व

नेपालअखबार, काठमाडौँ ।  चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक  कार्यालयका  अनुसार  जेठ  मसान्त  पूरा  हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले सुरुमा १४ खर्ब तीन  अर्ब  १४  करोड  रुपैयाँ  राजस्व  सङ्कलनको  लक्ष्य राखेको थियो । जेठसम्म सङ्कलित राजस्व सुरु लक्ष्यको ५९.६४ प्रतिशत मात्र हुन आउँछ । घट्दो  आयात  तथा  आर्थिक  गतिविधिका  कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सरकार राजस्व  सङ्कलनको  सङ्कुचनको  अवस्थामा  छ । जसका कारण अहिलेसम्म सरकारले दुई पटक सङ्कलनको लक्ष्य संशोधन गरिसकेको छ । आर्थिक गतिविधिमा उल्लेख्य सुधार नहुँदा पछिल्लो संशोधन पनि पूरा गर्न मुस्किल हुने विश्लेषण हुन थालेको छ । जेठसम्मको कु...
बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधनको नवीकरणमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने
अर्थ, प्रशासन, समाचार

बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधनको नवीकरणमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने

नेपालअखबार, काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालित यातायात कार्यालयहरुमा दर्ता भई २० वर्ष पुराना भएका सवारी साधनको नवीकरण जरिवाना छुट दिने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै प्रदेश अर्थमन्त्री बहादुरसिंह लामाले  २० वर्ष पुरा भएका र सञ्चालनमा आउन नसकेका सवारी साधन २०८० फागुन मसान्तसम्म नवीकरण गरे सोमा लाग्ने जरिवानामा ९० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् ।...
नेपाल बैंकले राख्यो रौतहटको चिनि मिल लिलामीमा
अर्थ, समाचार

नेपाल बैंकले राख्यो रौतहटको चिनि मिल लिलामीमा

नेपालअखबार, काठमाडौं । रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने भएको छ । नेपाल बैंकले बिहीबार सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो । गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाइएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो । कम्पनीले ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो, सो उद्योग बन्द भएको  तीन वर्ष चार महिनापछि लिलामीमा परेको हो । कम्पनीले ०७६ फागुनमा आर्थिक वर्ष ०७५र७६ सम्म दुई अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद घाटा पुगेको जनाएको थियो । सो बैंकले ४ साउनसम्म इच्छुकले कम्पनी प्राप्तिका लागि आवेदन दिन सक्ने जनाएको छ । कम्पनीमा जेजस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३...
आयल निगमले पाइपलाइन र भण्डारण गृह बनाइँदै
अर्थ, पत्रपत्रिका, समाचार

आयल निगमले पाइपलाइन र भण्डारण गृह बनाइँदै

नेपालअखबार, काठमाडौँ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माण भए एक महिनाको माग धान्ने गरी इन्धन भण्डारण पुग्ने जानकारी दिनुभयो । निगमको नौ अर्ब लागत चितवनको लोथरमा एक लाख किलोलिटर क्षमताको इन्धन भण्डारण गृह निर्माण गरिने उनले जानकारी दिए । आगामी पाँच वर्षमा निर्...
भ्याटले प्याजको आयात नहुँदा बजारमा हाहाकार
अर्थ, पत्रपत्रिका, समाचार, समाज

भ्याटले प्याजको आयात नहुँदा बजारमा हाहाकार

नेपालअखबार, काठमाडाैं। भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०र८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । भन्सार विभागको अनुसार चालू आवको १० महीनामै ५ अर्ब ७९ करोडको प्याज आयात भएको छ । उक्त अवधिमा १५ करोड ५७ लाख १४ हजार ६३१ किलो प्याज आयात भएको हो । गत आवको सोही अवधिमा ५ अर्ब ४० करोड रुपैयांको १४ करोड ५२ लाख ११ हजार ९७४ किलो प्याज आयात भएको थियो । अहिले भ्याटका कारण प्याज आयात गर्ने वातावरण नभएको व्यवासायीको गुनासो छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।...
हुँदै नभएको वडा तोकेर बजेट विनियोजन
अर्थ, समाचार, हाइलाइट-समाचार

हुँदै नभएको वडा तोकेर बजेट विनियोजन

नेपालअखबार, चितवन। माडी नगरपालिकामा नौ वडा मात्रै छन्। विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँ विकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो। गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो। सुरुवाती समयमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले नौ वडा कायम गरेको थियो। संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा वडा नं १० लाई बजेट विनियोजन गरेको छ। माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको नगर प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए। 'माडीमा वडा नं १० नै छैन। १० लाख बजेट वडा नं १० का लागि भनेर छुट्टयाइएको छ,' उनले भने।  कार्यक्रम नै तोकेर बजेट विनियोजन पठाइएको उनले बताए। नगरपालिकालाई दिइएको बजेट भएको भए आवश्यकताअनुसार खर्च गर्न सकिने भए पनि तोकेर नै पठाइएपछि के गर्ने भन्ने अन्...
साैर्य एयरलाइन्सकाे अफर आई .एम.ईबाट टिकट खरिद गर्दा सित्तैमा चन्द्रगिरी घुम्न पाइने
अर्थ, समाचार, समाज

साैर्य एयरलाइन्सकाे अफर आई .एम.ईबाट टिकट खरिद गर्दा सित्तैमा चन्द्रगिरी घुम्न पाइने

नेपालअखबार, काठमाडाैं । साैर्य एयरलाइन्सकाे टिकट आई . एम.ईबाट खरिद गर्दा सित्तैमा चन्द्रगिरी घुम्न पाइने छ । काठमाडाैं पाेखराकाे हवाइ टिकट आई . एम.ई खरिद गर्ने सम्पूर्ण ग्राहकलाई  चन्द्रगिरि घुम्न केबल कारकाे टिकट सित्तैमा दिने भएकाे छ ।  नेपालअखबारसंग कुराकानी गर्दै  साैर्य एयरलाइन्सका अध्यक्ष दिपक पाेख्रेलले जानकारी दिनु भएकाे छ ।अध्यक्ष पाेख्रेलका अनुसार अव साैर्य एयरलाइन्सकाे टिकट आई . एम.ईबाट खरिद गर्ने सम्पूर्ण सेवाग्राहीले चन्द्रगिरी घुम्नका लागि केवलकारकाे टिकट प्राप्त गर्ने  छन् । साैर्य एयरलाइन्सले आन्तरिक  पर्यटक प्रवद्रधन गर्नका लागि आई . एम.ईसंग सम्झाैता गरेकाे अध्यक्ष पाेख्रेलले बताए । अब साैर्य एयरलाइन्सकाे टिकट आई . एम.ईबाट नै लिएर  एयरलाइन्सले दिएकाे अफरबाट फाइदा लिन अध्यक्ष पाेख्रेलले  सम्पूर्ण ग्राहकलाई अनुराेध गरेका छन् ।     साैर्य एयरलाइन्स   नै ग्राहककाे र...
जुत्ता र चप्पलमा कच्चापदार्थको महसुल १५ प्रतिशत
अर्थ, समाचार

जुत्ता र चप्पलमा कच्चापदार्थको महसुल १५ प्रतिशत

नेपालअखबार, काठमाडौं । अर्थमन्त्री डा‍.प्रकाशशरण महतले तयारी जुत्तामा ४० प्रतिशत तर पार्टसमा कम दर भएको कारण सबै जुत्ता पार्टसको रुपमा पैठारी हुने प्रवृत्ति देखिएकोले तयारी जुत्ता र पार्टसको महसुल दरको अन्तर कम गरिएको बताएका छन् । आगामी वर्षको बजेटमा उठेका प्रश्नको संसद्‍मा जवाफ दिने क्रममा अर्थमन्त्री डा.महतले वास्तविक जुत्ता तथा चप्पल उद्योगका लागि आवश्यक कच्चा पदार्थमा ३० प्रतिशत महसुल लाग्ने व्यवस्था रहेकोमा सो लाई घटाई १५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको पनि बताए । कच्चा पदार्थको आयात महसुल घटाउँदा स्वदेशी जुत्ता चप्पल उत्पादक उद्योगले विदेशी जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न सक्ने र गुणस्तरीय जुत्ता चप्पल उत्पादन गर्न सक्ने अर्थमन्त्रीको विश्वास छ ।...
अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो
अर्थ, प्रशासन, समाचार

अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो

नेपालअखबार, काठमाडौं । सरकारले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने बजेट घोषणाको कार्यान्वयन अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणका लागि प्रक्रिया थालिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । बजेटको घोषणाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरुको विवरण अध्यावधिक गर्न सूचना जारी गरिएको रजिष्ट्रार महेश बरालले बताए । उनका अनुसार शुक्रबार विभागले दर्ता भइसकेको कम्पनीहरुको विवरण अनलाइन प्रक्रियामार्फत अध्यावधिक गर्न भनेको छ । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लागत, सेयर होल्डर सदस्य, उनीहरुको विवरण, कम्पनीको इमेल, सम्पर्क नम्बर लगायतका विवरणहरु पेश गर्न कम्पनी रजिष्ट्रारले भनेको छ । ‘सरकारले बजेटबाट गरेको घोषणा कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेका छौं,’ उनले भने, ‘मागे जसरी कम्पनीहरुले आफ्नो विवरण...
बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री महतले शुक्रबार दिने
अर्थ, राजनीति, समाचार

बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री महतले शुक्रबार दिने

नेपालअखबार, काठमाडौं।अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने भएका छन्। राष्ट्रिय सभाको बैठक शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बोलाइको छ। उक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची तय भएको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौत्तमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन्।...