Monday, August 3

अर्थ

चेम्बर अफ कमर्सले गण्डकीमा ‘आइडिया बैंक’ स्थापना गर्ने
अर्थ, समाचार

चेम्बर अफ कमर्सले गण्डकीमा ‘आइडिया बैंक’ स्थापना गर्ने

नेपालअखबार, पोखरा ।  गण्डकी चेम्बर अफ कमर्सले प्रदेशमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी चेम्बर अफ कमर्स आठौं कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशिलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिए । ‘गण्डकी प्रदेश भित्र स्थापना भएका उद्योगी, व्यवसायीहरुलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यवसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य हो, सुनारले भने, ‘आइडिया बैंक’ स्थापना भएसँगै नया उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पूँजी लिएर आएका उद्यमीहरुलाई विशेष सहयोग पुग्छ ।’ देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सृजना गर्न चेम्बरले तीन तहको सरकारसँग सहकार्य गर्न आइडिया बैंकले सहयोग गर्ने बताए । ‘पछिल्लो समय देशमा बेरोजगार प्रमुख समस्या बनेको छ, तीनै तहको सरकारसँग समन्वय गर्दै दातृनिकायसँग साझेदारी गर्दै ...
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम
अर्थ, समाचार

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

नेपालअखबार,  काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ तोकिएको छ । जुन हालसम्मकै नेपाली सुन बजारको इतिहासमा सबै भन्दा उच्च मूल्य भएको महासंघले जनाएको छ । यस्तै आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ र चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ । यस अघि सुनको उच्चतम् मूल्य तीन दिन अघि १० माघमा कायम भएको थियो । सो दिन यस अघि २०७८ फागुन २५ गते कायम भएको सुनको उच्चतम् मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँको बिन्दू पार गर्दै एक लाख ६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । उच्चतम् रेकर्ड बिन्दुबाट बुधबार तोलामा एक सय रुपैयाँले सस्तो भएको सुनको मूल्य बिहीबार पुनः उकालो लागेको हो । बिक्री मूल्य उ...
पोखरा महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन १० करोडको कारोबार
अर्थ, समाचार, समाज

पोखरा महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन १० करोडको कारोबार

नेपालअखबार, पोखरा। पुषको २७ देखी पोखराको अमरसिंह चौरमा सञ्चालन भएको पोखरा महोत्सव सम्पन्न भएको छ । १४ दिन सम्म सञ्चालन भएको पोखरा महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङले युनाइटेड क्लब पोखराले सामाजिक कामका लागीनै महोत्सवको आयोजना गरेर अगाडि वढिरहदा अन्य संघ संस्थाहरुले पनि यस्ता कामलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी लाई सहसिक पर्यटकीय गन्तब्य बनाउनतर्फ लागिरहेको र त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेद वहादुर गुरुङले युनाइटेड क्लव आफ्नो उद्देश्यमा अगाडि वढ्दै उद्देश्यलाई पुरा गर्नतर्फ लागिरहेको र त्यसमा आफ्नो संधै साथ र सहयोग रहने वताए । महोत्सवका मुख्य प्र...
‘वर्डफ्लु’ पीडित किसानले अझै राहत पाएनन्
अर्थ, कृषि, समाचार

‘वर्डफ्लु’ पीडित किसानले अझै राहत पाएनन्

नेपालअखबार, चितवन । गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामीरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो । खोरका विभिन्न उमेरका एक लाख १४ हजार छ सय ८८ कुखुरा, एक लाख ३० हजार गोटा अण्डा, १३ हजार पाँच सय किलो दाना, ५२ हजार क्रेटसँगै औषधिलगायतका सामग्रीलाई सरकारी निकायबाट नष्ट गरिएको थियो । सरकारले विगतमा झै राहत दिने आशामा अर्यालले केही महिना खोर खाली गरेर कुखुराका चल्ला राखेका थिए । उनको हिसाबमा सरकारले राहतवापत रु आठ करोड हाराहारी दिनुपर्ने हुन्छ । त्यहीअनुसार खोरमा उनले एक लाख २२ हजार कुखुरा राखे । केही ऋण बैंकले थप्यो । केही सरसापट चलाउँदै अघि बढे । अझैसम्म पनि राहत रकम नआएपछि बैंक र तिर्नुपर्ने ठाउँको दबाब थेग्न नसक्ने भएको छ । कुखुरा बचाउनका लागि हारगुहार गरेर ल्याइएका दाना, औषधिलगायतको रकम तिर्न उनले सकेका छैनन् ...
केरलाको एक मन्दिरको सम्पती २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुन
अर्थ, धर्म/संस्कृति, समाचार

केरलाको एक मन्दिरको सम्पती २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुन

नेपालअखबार, एजेन्सि। भारतको केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७०० करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको बताएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार मन्दिर प्रशासनले आरटीआईको जवाफमा उक्त जानकारी दिएको हो। मन्दिरमा मूल्यवान ढुंगा, सिक्का र करिब २० हजार सुनको लकेट सहित २६३ दशमलव ६३७ किलो सुन रहेको मन्दिरका अधिकारीले बताएका छन्। यसअघि मन्दिर व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै मन्दिरको सम्पत्ति विवरण दिन अस्वीकार गरेको थियो। द हिन्दू वेबसाइटका अनुसार एक अपीलपछि आरटीआईलाई मन्दिरले जवाफ दिएको हो। जवाफ अनुसार मन्दिरमा ६ हजार ६०५ किलो चाँदी, १९ हजार ९८१ सुनको लकेट र ५ हजार ३५९ चाँदीका लकेटहरू रहेको बताइएको थियो। यस मन्दिरको प्रमुख देवता भगवान गुरुवायुरप्पन हुन्, जसलाई बालगोपालन (भगवान क...
ललितपुरको भैंसेपाटीमा आगलागी हुँदा एक जनाको मृत्यु
अर्थ, समाचार, समाज

ललितपुरको भैंसेपाटीमा आगलागी हुँदा एक जनाको मृत्यु

नेपालअखबार, ललितपुर। ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएका एक जना महिलाको मृत्यु भएको हो। धनकुटा घर भई हाल उक्त टहरामा बस्दै आएकी ३९ वर्षीय नम्रता राईको मृत्यु भएको एसपी पोखरेलले बताए। उनी उक्त टहरामा एक्लै बस्दै आएकी थिइन‍्। उनका अनुसार टहरामा पूर्ण रूपमा क्षति पुगेको छ। बिजुली सर्ट भएको हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। ललितपुर पुल्चोकबाट गएको दमकल र स्थानीय प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको थियो। बिहान ९ बजे पोष्टमर्टमको लागि शव पाटन अस्पताल पुर्‍याएको छ। प्रारम्भिक अनुमान अनुस...
कृषि व्यवसायमा बदलिएको समाज
अर्थ, कृषि, समाचार, समाज

कृषि व्यवसायमा बदलिएको समाज

नेपालअखबार, रामपुर (पाल्पा) । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएकी छन्, भगवती देवकोटा । रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई चार पैसा कमाइ गर्छुभन्दा पनि समुदायबाटै अपहेलित हुनुपर्‍यो । हिजोआज भने सोही समुदायले उनको कृषिकर्मको खुलेरै प्रशंसा गरिरहेको सुनिन्छ । लामो समयसम्म यस व्यवसायमा रहेकी देवकोटाले धेरै अनुभव सङ्गालेको हुँदा छिमेकी पनि उनीसँग कृषि प्रविधि र तरकारी खेतीबारे जानकारी लिन पुग्छन् । समाजमा शिक...
सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार
अर्थ, प्रशासन, समाचार

सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ। मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो। मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारवापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार सुनकोसीले ३८ बिरामीलाई छ महिनाको रु ३० हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए। गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत् सबैसँग निवेदन मा...
महिनाको ३ सय र ५ सय रुपैयाँमा ५० र ८० एमबिपिएस स्पीडको इन्टरनेट सुविधा
अर्थ, प्रविधि, समाचार, समाज

महिनाको ३ सय र ५ सय रुपैयाँमा ५० र ८० एमबिपिएस स्पीडको इन्टरनेट सुविधा

नेपालअखबार, पोखरा । पोखरा, दमौली र लेखनाथ बासीले अब सस्तोमा इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन् । मंगलबार एक कार्यक्रमका बीच वाईफाई नेपालले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो । काठमाडौंमा सफलता पूर्वक सुरुवात भई संचालनमा रहेको यस इन्टरनेट सेवा प्रदायक संस्थाले महिनाको ५ सय रुपैयाँमा नै ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने वाईफाई नेपालका सिइओ शत्रुधन पञ्जियारले बताए । उनका अनुसार वाईफाई नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको इन्टरनेटको सुविधा दिइएको छ । ५० एमबिपिएस स्पीडको इन्टरनेटको सेवा महिनाको मात्र ३ सय ३३ रुपैयाँमा सेवाग्राहीले प्रयोग गर्न पाउनेछन् । ‘घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा इन्टरनेट सेवा विस्तार गर्न लागेका हौं । पोखरा, दमौली र लेखनाथमा एकैसाथ सेवा विस्तार गर्न लागेको खबर सुनाउँदा खुशी लागेको छ । आशा छ काठमाडौंमा जस्तै स...
ईपीएस मार्फत कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो
अर्थ, समाचार

ईपीएस मार्फत कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो

नेपालअखबार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार भाडा घटाइएको हो । अब प्रति कामदारले ८९५ अमेरिकी डलर (एक डलर बराबर १३०.८५ रुपैयाँ हुँदा १ लाख १७ हजार १०८.३३ रुपैयाँ) तिर्नुपर्ने हुन्छ । यसअघि ईपीएस मार्फत कोरिया जाने कामदारहरूले १२०० डलरभन्दा बढी पैसा तिर्दै आएका थिए । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले उक्त सम्झौता एक वर्षसम्मको लागि लागू हुने बताए । सम्झौता अनुसार ईपीएस मार्फत कोरिया गएका श्रमिकको मृत्यु भएमा शव नेपाल ल्याउँदा लाग्ने हवाई भाडामा २० प्रतिशत छुट समेत दिइने छ । यसअघि नेपाली श्रमिकहरू निकै महँगो हवाई भाडा तिर्दै कोरिया जान बाध्य थिए । हवाई भाडा निकै महँगो भएको भनेर व्यापक जनगुनासो आएपछि सरकारले हवाई भाडा घटाउने विषय पहल थालेको थियो । श्रम, रोजगा...